सुवाश संयम
Advertisement
यो धर्ती, यो पहाड
त्यो निलो गगन
यो प्रकृति
यो सिंगो संसार
आउ युग आउ
जनक्रान्ती र जनविद्रोहको
आँधी हुरि ल्याउ ।
वैरि छ झेली
थापेको छ पासो
झुक्काउने चालले
बुनेको छ जाल
थिच्दै छ शरीर
किचोल्दै छ जीवन
तिमी आउ युग
तिमी आउ
दुश्मनका झेली
षड्यन्त्र उडाउ ।
हजारौं आसा
निमोठिएका छन्
लाखौंका सपना
तुहाइएका छन्
न्यायका बत्ती
निभाएर शाशक
भ्रष्ट ताण्डव
निकालिरहेछन्
आउ युग आउ
बाढी भएर आउ
बैरिको किल्ला बगाउ ।
कुराले मात्र
क्रान्ती हुदैन
घरमा आगो ठोकी
बस्ने ठाउँ हुन्न
लगाम फुकालेर
घोडा कुदाउनुहुन्न
रहर र इखले
जनवाद आउदैन
बुद्दी र व्यवहार विच
तादम्यता ल्याउ
मसाल बोकि
दरिला मुठ्ठी उठाउ
गाउँ गाउँबाट
जागी जुर्मुराउ
जनक्रान्ती र जनसमरको लागि
हे युग आउ।

