रवि पौडेल
Advertisement
हिमालको झल्को दिन्छ हिउँले
जङ्गलको निसाना ताक्छन रुखले
घामको राप दिन्छ सूर्यले
रापको स्वाद लिन्छन् प्राणीले ।
दृश्यमा सुन्दर बगेको झरना देखिने
महासागरको पानी पनि उत्ताउलो देखिने
कोइलीको सुमधुर स्वरसँग
मानिसको आवाज पनि फिक्का हुने ।
फाँटभरि धान झुलेका हुने
किसानको मिहिनेत छैन
लालची ठेकेदार
नाफामा भुलेका हुने ।
देखिँदैन मनको चोट नफुकाई वेदना
बुझ्दैनन् जनता नफैलाए चेतना
मानव समाजमा स्पष्ट हन्छन्
तिनै सष्टा कोही भ्रष्ट हुन्छन् ।
चिप्लो बाटो अप्ठ्यारो छ गोरेटो
लड्दै र भिड्दै पुग्नुछ लक्ष्यमा
चल्ने छन पाइला सत्यको खोजीमा
चेतना नराखौँ अरूको गोजीमा ।
बत्तीको काम हो उज्यालो दिने दिइरहन्छ
फूलले कहिल्यै वासनाको मूल्य माग्दैन
लाखौँ गरिबको नेतृत्व गरेको ब्यक्ति
सिद्धान्तसँग कहिलै सम्झौता गर्दिनँ ।