• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय एकता आजको आवश्यकता


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल

    Advertisement

    राष्ट्रमा बसोवास गर्ने सम्पूर्ण नागरिकहरू मिलेर त्यो देशको उन्नति–प्रगतिका लागि आत्मगत रूपमा एकाकार भएर आफ्ना जीवनशैलीलाई अगाडि बढाउनु राष्ट्रिय एकता हो र यो हरेक देशका लागि अपरिहार्य कुरा हो ।

    हाम्रो देशमा विभिन्न प्रकारका जातजाति, भाषा, धर्म, पेशा, व्यवसाय र वर्णका मानिसको बसोवास रहेको छ । ती सबैलाई ‘यो देश हाम्रो हो; यो देशको उन्नति–प्रगति गर्नु हामी सबैको दायित्व हो’ भन्ने दायित्वबोध हुनुपर्छ र यो देशलाई विश्व परिवेशमा पहिचान एवम् प्रतिष्ठा स्थापित गर्ने कर्तव्य हामी सबैको हो; जुन कुरा हामी मिलेर मात्र सम्भव छ भन्ने भावनाको विकास हुनु र त्यसैअनुसारको व्यबहार गर्नु राष्ट्रिय एकता हो । यो एक प्रकारको मनोवैज्ञानिक भावना, देशभक्ति, परिष्कृत विचार, समझदारी, सामूहिकता, भ्रातृत्व, सहिष्णुता र राष्ट्रप्रतिको अगाध प्रेमभाव हो ।

    राष्ट्रियता बिना देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक, सांस्कृतिकलगायत कुनै पनि कुराको विकासको सम्भावना नै हुँदैन । राष्ट्रियताको अभावमा देशमा आपसमा वैमनस्यता बढ्दै जाने, जातजातिमा अन्तरद्वन्द्व बढ्दै जाने, यी कुरा बढ्दै गएर गृहयुद्ध हुने, देश टुक्रिने र देशको विसर्जन हुने ठुलो खतरा हुन्छ । राष्ट्रिय एकता त्यो देशमा बस्ने नागरिकको भावात्मक एकता हो र देशभित्र रहेका विविधतालाई स्वीकार गर्नु हो ।

    राष्ट्रिय एकताले भावात्मक र भौगोलिक एकतालाई जनाउँछ । नेपालको भौगोलिक एकताको कुरा गर्दा पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई सम्झनैपर्ने हुन्छ । यद्यपि त्यस एकीकरणलाई व्यक्ति वा जातजातिको विरोध रहेको छ । विरोध जनाउनेहरू के भन्छन् भने त्यो नेपाल एकीकरण नभएर गोर्खा राज्यको विस्तार मात्र हो, जसले धेरै जनजातिको अधिकार खोसिएको छ ।

    त्यस बेलाको स्थितिको कुरा गर्दा नेपालमा विभिन्न भुरेटाकुरे राज्य थिए; जस्तै– पश्चिममा चौबिसे, बाइसे राज्य थिए; उत्तरतर्फ मुस्ताङदेखि पश्चिममा बौद्धधर्म प्रभावित भोटे राज्य थिए । काठमाडौँ खाल्टोमा मल्लराज्यहरू थिए , पूर्वतर्फ पनि यस्तै लिम्बुवानलगायतका अनेकौँ राज्य थिए ।

    यी राज्यहरू सधैँ आपसमा लडाइँँ गर्थे । तिनी राज्यका राजा र उसका आसेपासे सधैँ नसामा डुबेर अन्य जातजातिको अपहेलना गर्ने, आफ्नो राज्यको उन्नति–प्रगतिमा कुनै चासो नदिने आदि कारणले गर्दा ती राज्य असाध्य कमजोर भएका थिए । अर्कातिर, ब्रिटिस साम्राज्यवादले भारतका सबै राज्यहरू आफ्नो कब्जामा पारिसकेको थियो र नेपाली राज्यलाई पनि आफ्नो कब्जामा पार्न आतुर थियो ।

    यी कुरालाई बुझेर पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरुवात गरे । उनी र उनका छोराहरूले वीर नेपाली जनताको साथ लिएर ठुलो योजना र बलिदानबाट पूर्वको टिष्टानदी र पश्चिममा काँगडासम्मको नेपालभूमि एकीकरण गरे । साना राज्यले आफ्नो राज्य बचाउन ब्रिटिस, पन्जाब, बङ्गाललगायत भारतीय राजालाई गुहारी नेपाली सेना विरुद्ध ठाउँ ठाउँमा ठुलो युद्ध भएको थियो । नेपाली सेनाले तिनीहरूलाई युद्धमा हराई लखेटेका पनि थिए । पृथ्वीनारायण शाहको भाषामै भन्दा “साना दुःखले आर्जेको मुलुक होइन” । यो भनाइ असाध्यै साँचो थियो ।

    उनले भौगोलिक एकता मात्र गरेनन्, भावात्मक एकता पनि गरेको पाइन्छ । यो कुरा कसरी भन्न सकिन्छ भने जुन राज्य नेपाल राज्यमा सामेल भए, त्यहाँका सेना र जनताले एकीकरणको अभियानमा सामेल भएका थिए ।

    अर्कातिर, ती साना राज्यले आफ्नो शासनकालमा आफ्नो राज्यभित्र सुशासनका कुनै पनि काम गरेको इतिहास वा प्रमाण पाइँदैन । अहिले केही जातिवादी सोच भएका व्यक्तिले डलर डकारेको भरमा गोर्खालीले हाम्रा राज्य हड्पे भन्ने गरेका छन् । त्यसमा उनीहरूले के बिर्सिए भने त्यति बेला नेपाल एकीकरण नभएको भए अङ्ग्रेजको सामना गरी आफ्नो राज्य बचाउन सक्थे होला त ? कालीपश्चिम र मेचीपूर्वका राज्यको जुन स्थिति छ, हाम्रो पनि त्यही स्थिति हुने थियो । मानौँ, तिनी साना राज्य अहिले पनि अस्तित्वमा भएको भए सम्पूर्ण क्षेत्रमा समानुपातिक विकास गर्थे होला त ? सबै जातजातिलाई मिलाएर लैजान्थे होला त ? हामी राजा वा राजाका सन्तान हुन्थ्यौँ कि रैती वा रैतीका सन्तान ?

    अर्को कुरा आफ्ना जातको शासक हुँदैमा गौरव गर्ने सोचाइ आफैमा विभेदकारी सांचाइ हो । क्षेत्री (शाह, ठकुरी ) ले नेपालमा लगभग २५० वर्ष शासन गरे । के ती जातिका मानिसको सम्पूर्ण विकास भएको छ ? उनीहरूलाई देशविदेशमा जीवन धान्नका लागि कठिन परिश्रम गर्नुपरेको छैन र ? अहिले बहुदल हँुदा, पँुजीवादी गणतन्त्र आउँदासम्म प्रायः बाहुनहरू पालैपालो सरकारको नेतृत्व गरिरहेका छन् । के बाहुनक्षेत्रीका दिनदशा सुध्रिएका छन् ? उनीहरू शोषित, पीडित छैनन् ?

    कुनै पनि जातको व्यक्ति शासनसत्तामा पुग्नु वा नपुग्नुले त्यति ठुलो अन्तर पार्दैन, पार्छ भने त्यसको दर्शन, दृष्टिकोण एवम् देश र जनताप्रतिको समर्पित भावले ।

    आफ्नो जात वा समुदायको व्यक्ति शक्तिमा पुग्दैमा देश र जनता सुदिन आउने भए यादव समुदायका व्यक्ति प्रथम राष्ट्रपति भएका थिए, मधेशी मूलका नेताहरू मन्त्री भएकै छन् । के मधेशका वास्तविक समस्या समाधान भए त ? गच्छेदारलगायत कैयौँ चौधरी समुदायका व्यक्तिहरू सरकारमा गइरहेका छन् । के चौधरीका समस्या समाधन भए त ? यस्ता थुप्रै उदाहरण छन् ।

    अब रह्यो कार्यकारी प्रधानमन्त्रीको कुरा । के बाहुनक्षेत्रीबाहेक अन्य जाति वा समुदायको व्यक्ति प्रधानमन्त्री भए दलित, जनजातिलगायतका समस्या समाधान हुन्छन् ? देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक समस्या समाधान हुन्छन् ? आजसम्म बाहुनक्षेत्रीका केही टाठाबाठा व्यक्तिले शासन र शोषण गरे । अब शोषण गर्ने पालो हाम्रो हो भने त्यसको कुरो अर्कै हो । हैन, अब समानताका कुरा गर्ने हो भने यो राज्यसंयन्त्रबाट सम्भव छैन । त्यसका लागि जनवादी व्यवस्थाको विकल्प छैन । त्यसका लागि राष्ट्रिय एकता आजको आवश्यकता हो । तत्कालीन अवस्थामा नेपाल एकीकरणले एक हदसम्म राष्ट्रिय एकतामा मद्दत पुर्याएकै हो ।

    राष्ट्रिय एकता वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता हो । विश्वका हरेक राष्ट्रले आआफ्नो देशलाई समृद्ध र शक्तिशाली राष्ट्र बनाउन होडबाजी गरिरहेका छन् । साम्राज्यवादी देशले आफूले उत्पादन गरेका वस्तुलाई बेच्नका लागि बजार खोजिरहेका छन् । विकासोन्मुख देशबाट सस्तोमा कच्चा पदार्थ खरिद गरी वस्तु उत्पादन गरेर महङ्गोमा विक्री गरी ठुलो मात्रामा नाफा कमाउनका लागि विकासोन्मुख देशका सरकारलाई कठपुतली बनाई आफ्नो कब्जामा राख्ने एवम् आफ्नो इशारामा नचाउने र त्यहाँका जनतालाई जातीय, साम्प्रदायिक, धार्मिक, क्षेत्रीय आदि कुरामा द्वन्द्व बढाई देशमा अशान्ति र अस्थिरता उत्पन्न गराउने गर्छन् र त्यो देशलाई कुनै पनि हालतमा आत्मनिर्भर बन्न नदिने गर्छन् । ‘उत्पादन नगर, हाम्रा उत्पादनका साधनको प्रयोग गरी विलासी जीवन बिताउने गर’ भन्ने आसयका साथ काम गरिरहेका छन् ।

    हाम्रो देश अल्पविकसित देश भएकाले यहाँ पनि त्यसका समस्या छन् । यहाँ कैयौँ आइएनजिओ र एनजिओहरूले काम गरिरहेका छन् । उनीहरूको भित्री उद्देश्य जातजातिलाई भड्काउने मात्र हो । उनीहरूले सबै जातजातिलाई अधिकारका कुरा गर्न लगाउँछन् तर कर्तव्यका कुरा कहिल्यै सिकाउँदैनन् । उनीहरूले सदियौँदेखि मिलेर बसेका जातजातिलाई एकापसमा भड्काउने एवम् लडाउने र साम्राज्यवादीका स्वार्थसिद्ध गरिरहेका छन् ।

    राष्ट्रिय एकतालाई बाधा पार्ने प्रमुख तत्त्व भनेको जातिवाद हो । नेपालमा १२५ भन्दा बढी जातजाति छन् । तिनीहरूमध्ये कुनै बहुसङ्ख्यामा र कुनै अल्पसङ्ख्यामा छन् । पछिल्लो समयमा यी जातजातिलाई भड्काइएको छ । ‘तिमीहरूलाई अन्य जातले उत्पीडनमा पारेका छन्; उनीहरू सधैँ सत्तामा पुगी शासन गरेका छन्; तिमीहरूलाई सत्तामा पुग्न दिएका छैनन्; त्यसैले तिमीहरू जातीय रूपमा एक भएर अन्य जातको विरुद्धमा आन्दोलन गर; तब मात्र तिम्रो हित हुने छ’ यस्ता कुरा हामीलाई सुनाइरहेका छन् । यस्ता कुरा सुन्दा हो जस्तो पनि लाग्दछ तर जातीय रूपमा आन्दोलन गरेर कुनै जाति मुक्त भएको इतिहास नै छैन भन्दा पनि हुन्छ ।

    श्रीलङ्कामा लिट्टेहरूले भारतीय साम्राज्यवादको इसारामा ठुलो लडाइँँ लडे; ठुलो मात्रामा धनजनको क्षति पनि भयो तर त्यसको उपलब्धि सून्यप्राय भयो । त्यस्तै, भारतमा त्यहाँका सिखहरूले पनि ठुलो सशस्त्र विद्रोह गरे । त्यसको पनि उपलब्धि भएन । त्यसैले जातीय लडाइँँले समस्याको समाधान दिँदैन ।

    यहाँ यी उदाहरण पेस गर्दा जातीय विभेद शोषण छैन भन्न खोजिएको भने अवश्य होइन । त्यसको समाधान जातीय लडाइँँ होइन, वर्गीय लडाइँ नै एक मात्र विकल्प हो भन्न खोजिएको हो । शोषण, उत्पीडन अन्य जातिले मात्र होइन, आफ्नै जातिभित्रबाट पनि तमाम रूपमा भइरहेको छ । चीनमा माओले क्रान्ति गर्दा जातको आधारमा गरेका थिएनन् । सायद त्यो क्रान्ति संसारकै ठुलो क्रान्ति थियो । त्यसले चीनका सम्पूर्ण जनताको मुक्ति पनि भएको थियो ।

    विदेशी हस्तक्षेपबाट देशलाई बचाउन हामी सबै जातजाति मिल्नुको कुनै विकल्प छैन । हाम्रो मुक्तिका लागि भने वर्गीय लडाइँ नै एकम ात्र विकल्प हो ।

    अर्को कुरा, सामुदायिकताले पनि राष्ट्रियता एकतामा कमी ल्याउँछ । नेपालमा विभिन्न प्रकारका समुदाय छन्; जस्तै– हिमाली, पहाडी, मधेशी, पूर्वेली, पश्चिमेलीका साथै विभिन्न धार्मिक समुदाय आदि छन् । अहिले देश धर्म निरपेक्ष बनेको छ तर हिन्दु कट्टरवादीहरू यो देश हिन्दुराष्ट्र हुनुपर्छ भनी कङ्कलास्वर गर्र्दै छन् । त्यही धर्म निरपेक्षताको नाजायज फाइदा उठाएर अन्धविश्वास, भ्रम र प्रलोभनमा पारेर क्रिस्चियनले आफ्नो धर्म विस्तार गर्र्दै छन् । अन्य धर्मालम्बी पनि आआफ्नो धर्म समुदायमा विस्तार गर्दैछन्, जसबाट आपसमा कट्टरताको विकास हुदै जाँदा द्वन्द्वको सुरुवात हुने छ । साम्राज्यवादीले आफ्नो स्वार्थसिद्ध गर्नका लागि यो वा त्यो धर्मालम्बीलाई भड्काउने गरिरहेका छन् । त्यसैको आधारमा मेरो र तेरो धर्म यस्तो र त्यस्तो भनी हामी आपसमा द्वन्द्व गरिरहेका छौँ । कुनै धर्म मान्नु वा नमान्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । त्यसलाई उछालेर आपसमा द्वन्द्व गर्नु अज्ञानताबाहेक अरू केही होइन । धार्मिक साम्प्रदायिकताले विश्वमा ठुलो धनजनको क्षति भएको छ । त्यसैले धार्मिक साम्प्रदायिकतालाई छाडेर राष्ट्रिय एकतालाई अगाडि बढाउनु आजको आवश्यकता हो ।

    सदियौँदेखि मिलेर बसेका हामीहरू अनुहारको बनोटको आधारमा आर्य, मङ्गोल आदि–इत्यादि कुरा गरेर ‘हामी आदिवासी, तिमी आप्रवासी, शरणार्थी’ भनिरहेका छौँ । पश्चिमाले ‘तिमी मङ्गोलियाबाट आएको, तिमी सिन्धुबाट आएको’ भनी दिएको भमा मङ्गोलियन र आर्यको नाममा झगडा गरिरहेका छौँ । उनीहरूसँग त हाम्रो केवल अनुहार र शारीरिक बनोट मात्र मिलेको हो; हामी सबै नेपाली हौँ र यो देशका नागरिक हौँ । को अगाडि आयो ? को पछाडि आयो भन्ने कुराले कुनै अर्थ राख्दैन । यहाँको नागरिकता प्राप्त गरेपछि ऊ यहीँको नागरिक हो । उसको अधिकार पनि बराबर हुन्छ । तर साम्राज्यवादीको अभीष्ट पूरा गर्न नक्कली नागरिकताधारी व्यक्तिसँग भने हामी सतर्क हुनैपर्छ । सिक्किम र फिजीजस्ता देशबाट हामीले पाठ सिक्नैपर्छ । साम्प्रदायिक कुरालाई हामीले कहिल्यै अँगाल्नु हुदैन । त्यसले राष्ट्रिय एकतालाई कमजोर बनाउँछ ।

    मानवजातिको उत्पत्तिको कुरा गर्दा केन्या मानव आजका अफ्रिकन हप्सी हुन् । ककेसस मानव आजका आर्यन हिन्दु सनातन हुन् । पेकिङ (चिनियाँ) मानव मङ्गोलियन एवम् किराँतीहरू हुन् । जाभा मानव इन्डोनेसियन हुन् । यिनै चार मानव जातिले संसारलाई ढाकेको हो । सदियौँ पुराना कुरा उठाएर त्यो वा त्यो जात वा समुदायले हेप्यो भन्नुको कुनै तुक छैन । हरेक जाति वा समुदायमा हेप्ने शोषकवर्ग छन् र हेपिने शोषितवर्ग छन् । सम्पूर्ण शोषितवर्ग शाषकवर्गको विरुद्ध एकगठ भएर चेतनायुक्त सङ्घर्ष गर्नु आजको आवश्यकता हो । छुट्टाछुट्टै जाति वा सम्प्रदायले अन्य जात वा सम्प्रदायको विरुद्धमा सङ्घर्ष गर्नुले द्वन्द्व बढाउने कामबाहेक अरू केही गर्दैन, जसको परिणाम देश र जनताले भोग्नुपर्छ । त्यसले राष्ट्रिय एकतामा ठुलो समस्या पार्छ ।

    जातीयता, सामुदायिकता, प्रान्तीयता, भाषा, आर्थिक असमानता, सामाजिक, राजनैतिक, शैक्षिक आदि विभेद र चेतनाको कमीका कारणले राष्ट्रिय एकतामा बाधा पु¥याइरहेका छन् । शासकको वर्गचरित्रका कारणले यस्ता समस्या हुनु स्वाभाविकै हो । त्यसको दोष अन्य जाति वा समुदायलाई लगाएर आपसमा वैमनस्यता गर्नु बुद्धिमत्ता होइन ।

    आज हामीहरू विदेशी एवम् स्वदेशी शासकवर्गको “फुटाऊ र शासन गर” भन्ने रणनीतिलाई सफल हुन नदिनका लागि हामीहरू एक हुनैपर्ने आजको आवश्यकता हो । सबै खाले विसङ्गतिलाई त्यागेर विदेशी हस्तक्षेपको विरुद्धमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । देशका सम्पूर्ण जनताले देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, ऐतिहासिक र भौगोलिक आदि अवस्थाको बारेमा जानकार हुन जरुरी छ । यी कुरा सबैलाई जानकारी भयो भने देशभक्तिको भावना बढेर जान्छ र राष्ट्रिय एकता बनिरहन्छ ।

    कुण्ठा पालेर मुक्ति सम्भव छैन । राज्यले सबै विभेद हटाई देशका साधनस्रोतको सदुपयोग गरी देशभित्रै रोजगारीको सृजना गरेर देशलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्नु र यसो गर्न नचाहने राज्यसत्तालाई सबै जनता मिली सङ्गठित रूपमा वर्गीय लडाइँद्वारा ध्वस्त पारी जनवादी सत्ता स्थापना गर्नु आजको आवश्यकता हो ।

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.