• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“सयौँ फूल फुल्न देऊ” विचारको सन्दर्भमा छरिएको भ्रमको पर्दाफास


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा

    Advertisement

    कम्युनिस्ट पार्टीको गतिलाई सुस्त बनाउने वा चल्न नदिने भाइरसलाई स्क्यानिङ गरेर हटाउने र पार्टीको गतिलाई फास्ट चल्ने बनाउनका लागि प्रयोगमा ल्याइने एन्टी भाइरसको नाम हो– शुद्धीकरण । यो शुद्धीकरण नामको एन्टी भाइरसले हिजोआज पार्टीभित्र सङ्क्रमित तथा सङ्क्रमित हुन खोज्ने भाइरसलाई निकै नै आतङ्कित बनाइरहेको छ । विभिन्न अनलाइन पत्रिकाका साथै फेसबुकजस्ता सामाजिक सञ्जालमा सर्च गरेर हेयौँ भने यी भाइरसका आतङ्कित स्वर फेला पार्न सक्दछौँ ।

    हिजो आज कतिपय भाइरसलाई पार्टीले डिलिट गरिसकेको छ । यसरी डिलिट गरिएका केही भाइरस रिसाइकल बिनमा गएर बसेका छन् । रिसाइकल बिनमा गएर बसेका भाइरसमध्ये क. सन्तबहादुर पनि एक हुन् । उनी पार्टीले ल्याएको शुद्धीकरणको कार्यक्रमबाट आतङ्कित भएर बर्बराउनेमध्यका एउटा मुख्य पात्र पनि हुन । यसरी बर्बराउने क्रममा उनले आफ्नो एउटा लेखमा “सयौँ फूल फुल्न देऊ” भन्ने विचारको सन्दर्भमा छरेको भ्रमको पर्दाफास गर्नु यो लेखको उद्देश्य रहेको छ ।

    क. सन्तबहादुरले “भाद्र ११ को वक्तव्यले उब्जाएका प्रश्नहरू” शीर्षकमा एउटा लेख लेखेर २०७७ भाद्रमा सार्वजनिक गरेका थिए । उक्त लेख विशेष गरेर नेकपा (मसाल) को आठौँ महाधिवेशनले लिएका नीति तथा कार्यक्रमको विरोध गर्नु, नेकपा (मसाल) लाई दक्षिणपन्थी भएको भ्रम सिर्जना गर्नु, मोहनविक्रम सिंहको नेतृत्वलाई सामन्ती शैली भएको, अधिभूतवादी चीनतन भएको, आफैलाई प्राधिकार थानेकोजस्ता आधारहीन कुरामा केन्द्रित रहेको थियो । उक्त आधारहीन र तर्कहीन कुराको जवाफ क. मनोज भट्टले २०७७ भाद्र २९ गतेका दिन “भ्रम र वास्तविकता” शीर्षकको आफ्नो लेखमार्फत दिइसक्नुभएको छ । तीमध्ये “सयौँ फूल फुल्न देऊ” भन्ने क. माओको भनाइलाई उद्धृत गरेर क. सन्तबहादुरले आफ्नो उक्त लेखमार्फत नेकपा (मसाल) को विरुद्धमा भ्रम पैदा गरेको हुँदा यस सम्बन्धमा थप चर्चा गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    चिनियाँँ कम्युनिस्ट पार्टीको स्थापना १९२१ जुलाईमा भएको थियो । स्थापना भएको करिब २८ वर्षको समयावधिपश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले विशाल चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको थियो ।

    क्रान्तिपश्चात् प्राप्त भएको जनवादी सत्तालाई सञ्चालन गर्ने सन्दर्भमा अर्थात् जनगणतन्त्र चीनलाई समाजवादको बाटोमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा चिनियाँ जनताका बिचमा अनेकौँ अन्तर्विरोध देखा परेको थियो । जनताबिचका यी अन्तर्विरोधलाई सही ढङ्गले कसरी सञ्चालन गर्ने भन्ने सन्दभमा सर्वाेच्च राज्य सम्मेलनको एघाराँै अधिवेशनमा क. माओले एक महत्त्वपूर्ण भाषण दिनुभएको थियो । उक्त भाषण १९५७ को जुन १९ तारिखमा त्यहाँको जनदैनिक पत्रिकामा प्रकाशित गरिएको थियो ।

    “जनताबिचका अन्तर्विरोधहरूको सही सञ्चालनबारे” शीर्षकमा प्रकाशित उक्त भाषणलाई विभिन्न १२ वटा उपशीर्षकमा चर्चा गरिएको थियो । ती सबै उपशीर्षक जनताबिचका अन्तर्विरोधमाथि केन्द्रित थिए । ती उपशीर्षकमा “सयौँ फूललाई फुल्न देऊ र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न देऊ” भन्ने पनि एक हो । यसरी यो विचार समाजवादी समाजमा पनि जनताबिच रहेको अन्तर्विरोधको अस्तित्वलाई स्वीकार गर्दै चीनको वस्तुगत परिस्थितिअनुसार त्यो देशको आर्थिक तथा सांस्कृतिक विकासलाई गति दिनका लागि तात्कालिक आवश्यकता हेरी अगाडि सारिएको विचार थियो ।

    यस सन्दर्भमा क. माओले भन्नुभएको छ– “सयौँ फूललाई फुल्न दिने र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न दिने नीति भनेको कला र विज्ञान क्षेत्रको प्रगतिलाई प्रबद्र्धन गर्ने र हाम्रो देशमा समाजवादी संस्कृतिलाई फस्टाउन दिने नीति हो । कलाका विभिन्न रूप र शैलीले स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्न पाउनुपर्दछ ।” यसरी समग्र चीनलाई समृद्ध बनाउन कला, संस्कृति र विज्ञानको क्षेत्रमा भूमिका निर्वाह गर्ने प्रतिभालाई प्रतिस्पर्धा गराई अगाडि बढाउने नीति थियो ।

    चिनियाँ राष्ट्रको वस्तुगत परिवेशमा निर्मित “सयौँ फूल फुल्न देऊ” को यो नीतिलाई गलत रूपमा अथ्र्याउँदै क. सन्तबहादुरले आफ्नो लेखमा लेखेका छन्– “हाम्रो देशभित्रकै पार्टीमा पनि हामी पर्याप्त छलफल भएको पाउने गरेका छौँ । तर भिन्नमतकै कारण विभिन्न बहाना बनाएर निस्कासन गरेको पाइँदैन । कुनै बेला बहुमतको बिचार अल्पमतमा पर्नसक्ने र अल्पमतको विचारले बहुमत प्राप्त गर्नसक्ने पनि हुन सक्छ । क. माओले “सयौँ फूल फुल्न देऊ” भन्नुको अर्थ त्यही हो ।

    त्यसैगरी क. सन्तबहादुरले सोही लेखमा लेखेका छन्– “राजतन्त्रात्मक व्यवस्थामा एकल विचार लागु हुन्छ । तर कम्युनिस्ट पार्टीभित्र सयौँ फूल फुल्न दिनुपर्छ भन्ने मान्यता राखिएको हुन्छ । फुल्नै नदिई निमोठ्ने काम गर्नु हुँदैन । चाहे जुनसुकै नेता वा कार्यकर्तामा होस्, यदि हामीमा यही प्रकारको सामन्ती शैली अपनाउँछौ भने पार्टीको विकास होइन, विसर्जन हुन्छ ।”

    यसरी “सयौँ फूल फुल्न देऊ” भन्ने विचारको मूल मर्मलाई लुकाएर क. सन्तबहादुरले जसरी हुन्छ नेकपा (मसाल) लाई हाम्रो देशभित्रका अरू पार्टीभन्दा खराब प्रमाणित गर्ने प्रयत्न गर्न खोजेका छन् । तर यसो गर्दा आफ्नो विचार गलत स्थानमा पुगेको कुरामा उनले पत्तै पाउन सकेनन्; अर्थात् “सयौँ फूल फुल्न देऊ” भन्ने नीतिलाई क. माओले कुन प्रयोजनका लागि अगाडि सारेका थिए भन्ने कुरालाई क. सन्तबहादुरले हेक्का राख्न सकेनन् ।

    वास्तवमा सयौँ फूल फुल्न देऊ भन्ने विचारलाई क. माओले जनवादी गणतन्त्र चीनमा बसोवास गर्ने आम जनता, जो विभिन्न वर्ग, विचार र मान्यतामा विभक्त थिए, ती जनताबिचमा भएको अन्तर्विरोधलाई सही ढङ्गले सञ्चालन गर्ने प्रयोजनका लागि अगाडि सारेका थिए । तसर्थ सयौँ फूल फुल्न देऊ भन्ने विचार पार्टीभित्रको अन्तर्विरोध हल गर्ने विचार कदापि हुन सक्दैन ।

    तर यो विचारलाई कम्युनिस्ट पार्टीका कार्यकर्ताबिचमा हुने अन्तरसङ्घर्ष हल गर्ने मान्यताको रूपमा व्याख्या गरेर अर्थात् सयौँ फूललाई फुल्न नदिएर निमोठ्ने काम गरेमा पार्टी नै विसर्जन हुन्छ भन्ने विचार प्रकट गरेर क. सन्तबहादुरजस्ता व्यक्तित्वले आफ्नो अध्ययनको निम्नस्तर र सैद्धान्तिक दरिद्रता प्रदर्शन गर्नु दुःखको कुरा हो । एक हिसाबले नेपालको कम्युनिस्ट आन्दोलनमा लामो जीवन बिताएका क. सन्तबहादुरले “सयौँ फूललाई फुल्न देऊ” भन्ने विचारलाई अधिभूतवादी नजरले हेर्ने र यसलाई निरपेक्ष रूपमा कम्युनिस्ट पार्टीभित्रको मान्यताको रूपमा बुझ्नुले वास्तविक रूपमा दक्षिणपन्थी संसोधनवादी विचार त क. सन्तबहादुरमा पो पलाइरहेको रहेछ !

    वास्तवमा हामीले यो कुरा बुझ्न जरुरी छ, कम्युनिस्ट पार्टी र यसका नेता, कार्यकर्ता तथा सदस्यहरू पार्टीलाई रक्षा गर्नका लागि “सयौँ फूल फुल्न देऊ र विचारको सयौँ धारलाई प्रतिस्पर्धा गर्न देऊ” को मान्यता होइन, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको मान्यता बोकेर अगाडि बढिरहेका हुन्छन् । एउटा वर्गीय मान्यता बोकेर अगाडि बढिरहेको पार्टीभित्र क. सन्तबहादुरले व्याख्या गरेको सयौँ फूल फुल्न देऊ, नत्र पार्टीको विसर्जन हुन्छ भन्ने कुरा कसरी सही हुन सक्छ ? पार्टीको विसर्जन त त्यस बेला हुन्छ, जति बेला पार्टीले विचारधारात्मक रूपमा गलत बाटो लिन पुग्दछ र उसले लेनिनवादी सङ्गठनात्मक प्रणाली अर्थात् जनवादी केन्द्रीयताको सिद्धान्तलाई तिलाञ्जली दिन पुग्दछ ।

    तसर्थ कम्युनिस्ट पार्टीभित्र “सयौँ फूल फुल्न देऊ र विचारका सयाँै धारलाई प्रतिस्पर्धा गर्न देऊ” भन्ने विचारलाई हामीले निरपेक्ष रूपमा कदापि स्वीकार्न सक्दैन । यो विचारलाई पार्टीले केवल सापेक्ष रूपमा नै स्वीकार्न सक्दछ । किनकि “सयौँ फूल फुल्न देऊ र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न देऊ” भन्ने विचारको आधारमा पार्टीले कहिल्यै पनि पार्टीभित्र उठ्ने गलत विचारलाई संरक्षण गर्न सक्दैन । सयपत्री र मखमली फूलको बगैँचामा धतुरोको बोट उम्रियो भने मालीले निश्चित रूपमा त्यो बोटलाई उखलेर फालिदिने छ । यस सन्दर्भमा क. माओको भनाइले विषयलाई थप स्पष्ट पार्ने छ ।

    जनताबिचको अन्तर्विरोधहरूको सही सञ्चालनबारेमा क. माओले भन्नुभएको छन्– “हर प्रकारका गलत विचारको हामीले निसन्देह आलोचना गर्नैपर्छ । आलोचना गर्नुबाट पन्छिनु, गलत विचारलाई बेरोकटोक फैलिरहेको बेला हात बाँधेर टुलुटुलु हेर्नु र त्यस्ता विचारलाई मैदानमा प्रभुत्व जमाउन दिनुु अवश्य ठिक हुने छैन । गल्तीको आलोचना गर्नैपर्छ र विषालु झारसँग सङ्घर्ष गर्नैपर्छ, चाहे ती जहाँसुकै किन देखा नपरुन् ।”

    त्यसैगरी सोही लेखमा माओले यो पनि भन्नुभएको छ– “हामी हर प्रकारका विषालु झारको विरुद्धमा छौँ । तर कुन चिज साँच्चै विषालु हो र कुन सुगन्धित फूल हो भन्ने कुरा बडो होसियारीका साथ छुट्याउनैपर्छ ।” यसरी “सयौँ फूल फुल्न देऊ” भन्ने विचारको सँगसँगै क. माओले गलत विचारलाई स्थान नदेऊ भन्ने मान्यतालाई पनि स्थापित गर्नुभएको छ । यो महत्त्वपूर्ण कुरालाई हामीले बिर्सने कमजोरी गर्नु हुँदैन ।

    क. माओले विषालु फूललाई होइन, सुगन्धित फूललाई फुल्न दिने र ती सुगन्धित फूललाई विषालु फूलबाट छुट्याउने ६ वा कसीसमेत उल्लेख गरेका छन् । ती निम्नानुसार रहेका छन् :

    १. वचन र कर्मले हाम्रा सबै जातिका जनतालाई विभाजन हुन नभई एकताबद्ध हुन सघाउ पुर्याउनुपर्दछ ।

    २. ती कुरा समाजवादी रूपान्तरण र समाजवादी निर्माणका लागि हानिकारक नभई फाइदाजनक हुनुपर्दछ ।

    ३. ती कुराले जनताको जनवादी अधिनायकतन्त्रको जरा उधिन्ने वा यसलाई कमजोर पार्ने काम नगरी यसलाई सदृढ पार्न मद्दत गर्नुपर्दछ ।

    ४. ती कुराले जनवादी केन्द्रीयताका जरा उधिन्ने वा यसलाई कमजोर पार्ने नगरी यसलाई सुदृढ पार्न मद्दत गर्नुपर्दछ ।

    ५. ती कुराले कम्युनिस्ट पार्टीको नेतृत्वका जरा खल्बल्याउने वा यसलाई कमजोर पार्ने काम नगरी यसलाई सुदृढ पार्ने मद्दत गर्नुपर्दछ ।

    ६. ती कुरा अन्तर्राष्ट्रिय समाजवादी एकता र विश्वका शान्तिप्रेमी जनताको एकताका लागि हानिकारक नभई फाइदाजनक हुनुपर्दछ ।

    यी ६ वटा बुँदाको अध्ययन गर्ने हो भने पनि हामीले गलत विचारलाई होइन, सही विचारलाई नै फुल्न दिनुपर्छ भन्ने कुरा प्रष्ट छ ।

    आफ्नो देशका जनतालाई एकताबद्ध बनाउन, पुरानो चिनियाँ समाजलाई समाजवादमा रूपान्तरण गर्न, जनवादी अधिनायकतन्त्रलाई बलियो बनाउन, जनवादी केन्द्रीयतालाई सुदृढ पार्न, कम्युनिस्ट पार्टीको नेतृत्वलाई बलियो बनाउन, अन्तर्राष्ट्रिय स्तरमा समाजवादी एकता कायम गर्न आदि उद्देश्यलाई केन्द्रमा राखेर नै माओले “सयौँ फूल फुल्न देऊ” को नीतिलाई अगाडि सारेको कुरा प्रष्ट छ । यसरी “सयौ फूल फुल्न देऊ” भन्ने विचारको कुनै वर्गीय पक्षधरता छैन । यो विचारबाट कुनै पनि वर्गले फाइदा उठाउन सक्दछ ।

    यस सन्दर्भमा स्वयम् माओले भनेको कुरालाई हे¥यौँ भने हामी थप स्पष्ट हुने छौँ ।

    माओले भनेका छन्– “सयौँ फूललाई फुल्न देऊ र विचारको सयौँ धारलाई प्रतिस्पर्धा गर्न देऊ भन्ने नाराको साँच्चै वर्गचरित्र छैन । तिनबाट सर्वहारा वर्गले फाइदा उठाउन सक्छ र त्यसैगरी पुँजीवादी वर्गले वा अरू वर्गले पनि फाइदा उठाउन सक्छन् ।”

    यो भनाइबाट हामीले के बुझ्न जरुरी छ भने सयौँ फूल, जो सुगन्धित छन्, तिनै सुगन्धित फूललाई हामीले फुल्न दिनुपर्छ । विचारका सयौँ धार, जो पार्टीको हितका लागि हुन्छन्, सर्वहारा वर्ग र जनवादी क्रान्तिको पक्षमा हुन्छन्, पार्टीले तिनै विचारलाई प्रतिस्पर्धा गर्न दिनुपर्छ । तर विषालु फूललाई हामीले कदापि फुल्न दिन सक्दैनौँ । पार्टी र क्रान्ति विरोधी विचारलाई पार्टीले कदापि स्थान दिन सक्दैन ।

    पार्टी र क्रान्तिको हितका निम्ति सयौँ फूल फुल्न दिने र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न दिने सवालमा हाम्रो पार्टी नेकपा (मसाल) अग्रपङ्क्तिमा नै रहेको छ । तर नेकपा (मसाल) को यो नीति विरुद्ध कैयौँ भ्रम छर्ने गरिएको छ । जस्तो कि क. सन्तबहादुरले आफ्नो लेखमा लेखेका कुरालाई हेर्न सक्छौँ ।

    पार्टीमा भिन्नमत राख्न पाइन्न; भिन्नमत राखेमा पार्टीबाट बाहिर निस्कन बाध्य पारिन्छ; एमबीले कसैको विचार सम्मान गर्दैनन्; उहाँको विचार सबैले मान्नैपर्ने अनिवार्यता छ; फरक विचार राखेपछि सिआइडी, दुस्मनको दलाल, घुसपैठिया, भारतपरस्त, राजापरस्त, रअको एजेन्टको बिल्ला भिराइन्छ आदि थुप्रै कुरा क. सन्तबहादुरले लेख्ने गरेको पाइन्छ । यी सबै उनले बुनेका भ्रमजाल मात्रै हुन् ।

    कयाँै व्यक्तिहरू बेलाबेलामा पार्टी छोडेर गइरहेका छन् । यो सत्य हो । तर भिन्न विचारका कारण उनीहरूलाई पार्टी छोड्न बाध्य बनाइएको भन्ने कुरा झुट हो । विचारको प्रतिस्पर्धामा धैर्य गर्न नसकेर, टिक्न नसकेर, विचारको प्रतिस्पर्धामा आफ्नो मत कमजोर हुनेबित्तिकै निरास बनेर पार्टी छोडेर जानु, अल्पमतमा परेर पनि बहुमतको विचारलाई मानेर काम गर्ने लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको भावलाई आत्मसात गर्न हिच्किचाउनु—यी सब सम्बन्धित व्यक्तिको कमजोरी हो, बेइमानी हो ।

    नेकपा (मसाल) मा रहँदा राखेको भिन्नमत पार्टी छोडेर गएपछि ती साथीहरूले कहाँ थन्काएर बसेका छन् ? यो कुरा पार्टी छोडेर गएका साथीहरूको पृष्ठभूमिलाई अध्ययन ग¥यौँ भने प्रष्ट हुन्छ । बाबुराम, दिनानाथ, रामसिंह, डिलाराम आदि साथीहरूले मसालमा के भनेर भिन्नमत राखेका थिए र आज उनीहरू कस्तो विचारमा थन्किरहेका छन् ? कुरा प्रस्टै छ । आज फेरि क. सन्तबहादुरलगायतका केही कमरेडले आफूमा रहेका अनुशासनविहीनताको कमजोरीलाई ढाकछोप गर्नका लागि नेकपा (मसाल) भित्र सयौँ फूल फुल्न दिइँदैन; विचारको प्रतिस्पर्धा गर्न दिइँदैन भनेर पार्टी र पार्टी नेतृत्वमाथि दोष थुपारेर पानीमाथिको ओभानो बन्न खोज्नुको कुनै अर्थ छैन ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.