• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

राजनीतिक संघर्ष गर्न नसकेपछि केसीको चरित्र हत्या गर्ने प्रयासः मसाल


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको चरित्रमाथि आक्षेप लगाउने प्रयत्न भइरहेको भन्दै आपत्ति प्रकट गरेको छ । केसीका विरुद्ध प्रचार गरिने कुनै व्यक्तिगत आक्षेपले उहाँको राजनीतिक चरित्र र नैतिकतामा आँच पुर्‍याउन नसक्ने पनि मसालले प्रष्ट पारेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकासित गरी नेपालको प्रजातान्त्रिक र वामपन्थि आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका केसीको ब्यक्तिगत कुरा उछालेर राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरिएको बताउनुुभएको छ ।

    नेपालको राजनीतिमा वा कम्युनिस्ट आन्दोलनमा व्यक्तिगत आक्षेपहरू लगाएर चरित्र हत्या गर्ने कार्य लामो समयदेखि हुँदै आएको बताउँदै महामन्त्री सिंहले त्यस्ता आक्षेपले केसीको निश्कलंक छवीमाथि कुनै असर पार्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ, महामन्त्री सिंहको वक्तव्य

    “कतिपय सञ्चारमाध्यमहरूमा का. चित्रबहादुर के.सी.बारे प्रकाशितव्यक्तिगत समाचार तथा टिकाटिप्पणीप्रति ने.क.पा.(मसाल)को ध्यानआकर्षित भएको छ । उक्तविषयमाने.क.पा.(मसाल)को दृष्टिकोण स्पष्ट गर्नका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

    का. के.सी.को व्यक्तिगतजीवनबारे जुनआक्षेपलगाइएको छ, त्यो अराजनीतिक र व्यक्तिगतविषयसित सम्बन्धित छ । उक्तविषयमा गृहमन्त्रालयको निर्देशनमाबाग्लुङको जिल्लाप्रशासनकार्यालयले छानवीन समितिबनाएको कुरा पनिथाहाभएको छ । त्यसबारे उक्त छानवीन समितिले के निष्कर्ष ल्याउने छ र छानवीन समितिको निष्कर्ष कहाँ सम्मतथ्यपरकहुनेछ ? त्यो अगाडि आएपछि नै हामीले त्यसबारे आफ्नो मत प्रकट गर्नु राम्रो हुनेछ ।

    त्यो कुरा जे भएपनिव्यक्तिगतविषयसित सम्बन्धितउक्तआक्षेपले उहाँको राजनीतिक चरित्र र नैतिकतामाकुनै आफूचनपु-याउने कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।

    नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलनमा का. के.सी.को अत्यन्तउज्ज्वल चरित्र रहेको छ । पञ्चायती ताना शाहीकालदेखि नै देशमाचल्दै आएका सबै जनतान्त्रिक र वामपन्थी सङ्घर्षहरूमा उहाँको लामो, महत्वपूर्ण, सक्रिय र जुझारूभूमिका रहूदै आएको छ । नेपालमालोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतकापक्षमावा सङ्घीयताका विरूद्ध तथाजनजीवनसित सम्बन्धित विभिन्न प्रश्नहरूमा उहाँको महत्वपूर्ण योगदान रहूदै आएको छ ।

    संसदमा र सरकारमा गएको बेलामा कैयौं नेताहरूको राजनीतिक पतनहुने गरेका थुप्रै उदाहरणहरू हाम्रा अगाडि छन् । त्यो अवस्थामा पनि उहाँले आफ्नो निष्कलङ्क चरित्रको प्रदर्शन गर्नुभयो र देशको राजनीतिमा उहाँले आदर्श छवि स्थापित गर्नुभयो । त्यसप्रकारको पृष्ठभूमिमा उहाँका विरूद्ध प्रचार गरिने कुनै व्यक्तिगत आक्षेपले उहाँको राजनीतिकचरित्र र नैतिकतामा आँच पु-याउन नसक्ने कुरा प्रष्ट छ ।

    नेपालको राजनीतिमावा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि व्यक्तिगत आक्षेपहरू लगाएर चरित्रहत्या गर्ने कार्य लामो समयदेखि हुँदै आएको छ । कसैका विरूद्ध राजनीतिकरूपले सङ्घर्ष गर्न नसकेपछि व्यक्तिगत कुराहरू उठाएर वा चरित्रहत्या गर्ने तरिकालाई लेनिनले सिद्धान्तहीन र अराजनीतिक तरिका बताएका छन् । त्यसप्रकारको अभ्यास नेपालको वामपन्थी आन्दोलनमा पनि बारम्बार गरिंदै आएको छ । त्यो सिद्धान्तहीन र अराजनीतिक तरिका अहिले का. के.सी.का सन्दर्भमा पनि देखा परेको छ । हामीले त्यसप्रकारको प्रयासलाई कडा शब्दमाभत्र्सना गर्दछौँ ।

    देशी वा विदेशी प्रतिक्रियावादी शक्तिका विरूद्ध का. के.सी.ले लगातार सम्झौताहीन प्रकारले विरोध वा भण्डाफोर गर्ने नीतिअपनाउँदै आएकाले उनीहरू उहाँको विरूद्ध अत्यन्त असन्तुष्ट र क्षुब्धभएको कुनै लुकेको कुरा होइन । सङ्घीयताको लगातार र कडा विरोध गर्ने गरेको हुनाले उहाँको हत्या गर्ने धम्की समेत दिइएको र प्रतिक्रियावादीहरूले उहाँलाई उपप्रधानमन्त्रीबाट वर्खास्त गर्न संसदमा आवाज उठाएको कुरा पनि आमरूपमा थाहाभएको कुरा हो ।

    तात्कालिन भारतीय विस्तारवाद, जो अब साम्राज्यवादमा परिणत भएको छ, को चर्को विरोध गरेको हुनाले त्यसले पनि का. के.सी.का विरूद्ध सार्वजनिकरूपले नै अभियान चलाएको थियो । त्यसप्रकारका सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूले अहिले का. के.सी.को चरित्रहत्या गरेर उहाँलाई राजनीतिक रूपले नै समाप्त गर्न प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन ।

    तर व्यक्तिगत मुद्दालाई उठाएर उहाँको चरित्रहत्या गर्ने प्रयत्न गरे पनि उहाँले पहिले जस्तै र पहिले भन्दा प्रभावशाली प्रकारले आफ्नो राजनीतिक भूमिकालाई अगाडि बढाइरहनु हुनेछ र त्यसकालागि उहाँ सफलहुनु हुनेछ भन्ने हामीले विश्वास प्रकट गर्दछौ ।”

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    प्रतिनिधिसभा नियमावलीको विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.