• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कुरा क्रान्तिको, बाटो पलायनको


  •   आइतबार, असोज ११, २०७७ मा प्रकाशित
  • सुरेश थापा

    Advertisement

    केही समययता सन्तबहादुरजीले मोहनविक्रम सिंह र नेकपा (मसाल) लाई दक्षिणपन्थी आरोपित गर्दै आफूलाई क्रान्तिकारी स्वघोषणा गर्दै आउनुभएको छ । उहाँ अहिले हाम्रो पार्टीमा हुनुहुन्न । त्यसैले उहाँको स्वघोषित क्रान्तिकारिताप्रति कुनै टाउकोदुखाइ छैन । त्यो समयले प्रष्ट पार्दै जाने छ ।

    अहिले उहाँ मसालको खेदो खन्ने र भ्रम छर्ने एकसूत्रीय अभियानमा लाग्नुभएको छ । उहाँका लेखहरू पढ्दा यो बुझन गाह्रो पर्दैन, मोहनविक्रमलाई दक्षिणपन्थी करार गर्नु र मसाल ध्वस्त पार्नु नै उहाँको जीवनको एक मात्र उदेश्य हो । तर ती सबै काम क्रान्तिकारी आवरणमा भएका छन् ।

    आफ्नो लेखहरूमा उहाँले मसालका कार्यकर्तालाई पार्टी र पार्टी नेतृत्वका विरुद्ध भड्काउन न्वारनदेखिको बल लगाउँदै आउनुभएको छ । त्यसका लागि उहाँले आठौँ महाधिवेशनमा भएको मतभेदलाई बढीभन्दा बढी उपयोग गर्न खोजेको देखिन्छ; साथै कैयौँ काल्पनिक र झुटा आरोपको सहारा लिनुभएको छ । यहाँ भाद्र २७ गते प्रकाशित उहाँको लेखबारे छोटो चर्चा गरिने छ ।

    उक्त लेखमा उहाँले पार्टीले (खास गरेर मोहनविक्रमले) नेता कार्यकर्तालाई “एक वा अर्को बहानामा पार्टीभित्र बस्न नसक्ने परिस्थिति निर्माण” गरेका कारण “अन्ततः पार्टीबाहिर निस्कन बाध्य” पार्ने गरेको, “भिन्नमतकै कारण” “निस्कासन गरेको” उल्लेख गर्नुभएको छ । त्यसैकारणले मतभेद वा अन्तर्विरोध भएका व्यक्ति पार्टीभित्र अटाउन नसकेको उहाँको जिकिर छ । आफ्नो “सन्दर्भमा पनि यही भएको” उहाँ बताउनुहुन्छ ।

    उहाँको यो भनाइबाट अहिलेसम्म पार्टीमा जति फुट भए वा पार्टी छाडेर कैयौँ व्यक्ति गए, ती सबैका लागि पार्टी र पार्टी नेतृत्व जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ । त्यसका लागि मुख्य रूपमा मोहनविक्रम “दोषी” छन् । यसको अर्थ यो भयो, ती सबै (पार्टी छोडेर जानेहरू) “क्रान्तिकारी” थिए । पार्टीभित्र मतभेद राखेकाले मोहनविक्रमले “पार्टीभित्र बस्न नसक्ने परिस्थिति निर्माण” गरेका कारण “अन्ततः पार्टीबाहिर निस्कन बाध्य” भए । यसको अर्थ यो पनि हुन्छ, केशरजङ्ग रायमाझीदेखि हालसम्म पार्टी र पार्टी नेतृत्वले जेजति सङ्घर्ष गर्यो, त्यो सबै गलत थियो ।

    यो बुझाइले पार्टीले मार्क्सवादी–लेनिनवादी सिद्धान्तको रक्षाका लागि कम्युनिस्ट आन्दोलनमा देखा परेका संशोधनवाद, उग्रवामपन्थी भड्काव, निम्न–पुँजीवादी चिन्तन, राजापरस्त, काङ्गे्रसपरस्त, भारतपरस्त विचारका विरुद्ध गरेको सङ्घर्षको लामो र गौरवपूर्ण इतिहास सम्पूर्ण रूपमा गलत भएको निस्कर्षमा पुराउँछ । त्यस्ता गलत विचारप्रति नेतृत्वले उहाँकै शब्दमा “सदासयता” देखाउन नसकेको गुनासो छ ।

    उहाँको भनाइलाई मान्ने हो भने ती सबै दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी, भारतपरस्त, दरबारपरस्त, अवसरवादी, महत्त्वाकाङ्क्षी सबै विचार वा प्रवृत्तिसँग सम्झौता गर्नुपर्दथ्यो । ती विचारलाई थोरै थोरै भए पनि पार्टीमा स्थान दिएर सबै नेतालाई पार्टीभित्र बस्न सक्ने परिस्थिति निर्माण गर्नुपर्दथ्यो; अर्थात् पार्टीभित्र आएका सबै विचारलाई समेटेर खिचडी पकाउन नसक्नु मोहनविक्रमको गम्भीर “दोष” थियो; कसैले गल्ती गरे पनि कारबाही गर्नुहुँदैनथ्यो; सबैलाई पद पुर्याउनुपर्दथ्यो; सबैको महत्त्वाकाङ्क्षा पूरा गरिदिनुपर्दथ्यो; जुन काम नगर्दा ती सबैले पार्टी छोडेर जान “बाध्य” भए ।

    उहाँको यो बुझाइ सम्झौतापरस्त मात्र छैन, अवसरवादी, सिद्धान्तहीन र निम्नस्तरको छ । यस प्रकारको सिद्धान्तहीन विचारको जगमा उभिएर उहाँले मसाललाई दक्षिणपन्थी घोषित गर्दै हुनुहुन्छ । यो भन्दा हास्यास्पद कुरा अरू के हुन सक्ला ? यो उहाँ पार्टीमा हुँदा भन्दै आएको, गर्दै आएको र कार्यकर्तालाई प्रशिक्षण दिँदै आएको आफ्नै वैचारिक मान्यताको पनि विपरीत छ । यसबाट के प्रष्ट हुन्छ भने उहाँको विचारले १८० डिग्री फन्को मारिसकेको छ । दुःखका साथ भन्नुपर्छ, स्पष्ट रूपमा योे वैचारिक स्खलन हो ।

    मतभेद वा अन्तरविरोध राखेका कारण अरू सबैलाई जसरी “पार्टीबाहिर निस्कन बाध्य” पारियो, आफ्नो “सन्दर्भमा पनि त्यही भएको” दावी उहाँले गर्नुभएको छ । यसो भनेर उहाँले कार्यकर्तालाई एकातर्फ वैचारिक मतभेद राखेका कारण आफूमाथि कारबाही भएको र अर्कातर्फ, आफू वैचारिक लडाइँ लडिरहेको भ्रम सृजना गर्न प्रयत्न गर्दै हुनुहुन्छ ।

    तथ्य र घट्नाक्रमलाई हेर्यौं भने हामीले पाउने छौँ, उहाँमाथि भएको कारबाही न त मतभेद वा अन्तरविरोधसँग सम्बन्धित छ, न उहाँले भनेजस्तो “पार्टीबाहिर निस्कन बाध्य” पारिएको छ ।

    लेखमा उहाँले पार्टीले बन्द गरेको हाँक सञ्चालन गरेका कारण आफूमाथि कारबाही भएको स्वीकार्नुभएको छ ।

    “हाँक” पार्टीको सम्पत्ति हो । पार्टीको नाममा सम्पत्ति राख्न वैधानिक र कानुनी समस्या हुने अवस्थामा कतिपय साथीहरूको नाममा पार्टीले आफ्नो सम्पत्ति सुरक्षित गर्दछ । त्यसैगरी “हाँक” गोविन्दसिंह थापालाई पार्टीले राख्न दिएको “नासो” थियो । पछि आएर उहाँले पार्टीको “नासो” पार्टीलाई फिर्ता गर्न अस्वीकार गर्नुभयो र कानुनी त्यान्त्रोलाई समातेर “हाँक” कब्जा गर्नुभयो । यो गोविन्दसिंह थापाको निम्न र अनैतिक कार्य मात्र थिएन, पार्टीप्रतिको गम्भीर अपराध पनि थियो । त्यसकारण उहाँलाई पार्टीले निस्कासन गर्यो ।

    सन्तबहादुरजीको समस्या यो भयो, उहाँ पार्टीको सम्पत्ति रक्षाको दायित्व पूरा गर्नुको साटो गोविन्दसिंह थापाको अपराधको मतियार हुन पुग्नुभयो । पार्टीको सम्पत्तिमाथि कसैले कब्जा गर्छ र त्यसैको मतियार हुन जानु कस्तो प्रकारको वैचारिक मतभेद हो ? यो त निम्नस्तरको अनैतिक कार्य हो, विचारको भ्रष्टीकरण हो । आफ्नो “सन्दर्भमा पनि त्यही भएको” बताएर अर्थात्् आफूलाई पनि मतभेद र भिन्नमतको कारण “पार्टीभित्र बस्न नसक्ने परिस्थिति निर्माण” गरेको बताएर उहाँले आफ्नो अनैतिक कार्य र अपराधलाई ढाकछोप गर्न खोजिरहनुभएको छ ।

    जहाँसम्म “सदासयता” को प्रश्न छ, उहाँप्रति पार्टीले पर्याप्त “सदासयता” प्रकट गरेको हो । “हाँक” सञ्चालक समितिको अध्यक्ष भएपछि उहाँलाई बारम्बार त्यसो नगर्न पार्टीले अनुरोध गरेको हो । अन्तमा उहाँले पार्टीलाई एक पत्र लेखी आफू नोकरीका लागि “हाँक” सञ्चालन गर्न गएको र त्यसबाट नहट्ने जानकारी गराउनुभयो । त्यसपछि उहाँलाई कारबाही गर्न पार्टी बाध्य हुनुपर्यो ।

    तथ्यले के प्रष्ट गर्छ भने पार्टीले उहाँलाई पार्टी छाड्न बाध्य पारेको होइन कि उहाँ स्वयम्ले कारबाही गर्न पार्टीलाई बाध्य पार्नुभयो । पार्टीको सम्पत्तिमाथि कब्जा गरेर गोविन्दसिंह थापाले अपराध गरेको कुरा उहाँले नबुझेकै हो त ? अपराधमाथि अर्को अपराध गर्न उहाँ नबुझेरै लागेको हो त ? यसो गर्दा पार्टीले कारबाही गर्छ भन्ने कुरा उहाँले नबुझेकै हो त ? अवश्य होइन । यो सबै बुझ्दाबुझ्दै पनि उहाँकै भनाइअनुसार नोकरीका लागि उहाँले यो सबै गर्नुभयो । यहाँ दुःखको कुरा के हो भने नोकरीको लागि अथवा केही हजार पैसाका लागि आफ्नो नैतिकता, इमान्दारिता, जनता र कार्यकर्ताले उहाँप्रति गरेको विश्वास, लामो राजनैतिक जीवन समाप्त पार्न तयार हुनुभयो । यस्तो निर्लज्ज कार्यलाई क्रान्तिकारी जामा पहिराउनु लज्जास्पद विषय हो ।

    सन्तबहादुरजीले आठौँ महाधिवेशनको नीति र मोहनविक्रमलाई दक्षिणपन्थी आरोप लगाउनुहुन्छ । त्यो आरोप लगाउने नैतिक अधिकार उहाँले तीन वर्षअगाडि नै गुमाइसक्नुभएको छ; अर्थात् उपचार गर्ने र घर बनाउने भनेर राष्ट्रिय जनमोर्चाको महासचिवलगायत पार्टीका सम्पूर्ण जिम्मेवारीबाट तीन वर्षअगाडि नै राजीनामा दिनुभएको हो ।

    मोहनविक्रमलगायत सबै साथीले एकमतले राजीनामा स्वीकार गर्न तयार भएनन् । सबैले उपचार र घर बनाउनकै लागि राजीनामा दिनुपर्दैन, विदा लिन सकिन्छ भनेर सुझाव दिए । कतिपय साथीहरूले हात जोडेर राजीनामा फिर्ता लिन अनुरोधसमेत गरे । राजीनामा स्वीकृत हुने नदेखेपछि, साथीहरूको सम्मान र भावनालाई लत्याउँदै उहाँले तपाईंहरूले स्वीकृत गरे पनि/नगरे पनि म त गएँ भनेपछि अन्ततः स्वीकृत भयो । सम्पूर्ण जिम्मेवारीबाट हट्नुभयो र साधारण सदस्य भएर बस्नुभयो । त्यति बेला न त उहाँलाई कारबाही भएको थियो, न कुनै भिन्नमत नै थियो, महाधिवेशनको त प्रसङ्ग नै थिएन । त्यसकारण मोहनविक्रमले “पार्टीबाहिर निस्कन बाध्य” पारेको, “भिन्नमतकै कारण” “निस्कासन गरेको” भन्ने आरोप तथ्यसँग मेल खादैन । वास्तवमा यो उहाँको राजनैतिक पलायनबाहेक केही थिएन । यति सिधा र प्रष्ट कुरालाई “मतभेद” र “अन्तरविरोध” जस्ता शब्दले ढाकछोप गरेर पलायनवादी चिन्तनलाई कति दिन लुकाउन सकिएला ?

    जनवादी केन्द्रीयताको चर्चा गर्दै उहाँले लेख्नुहुन्छ– “छलफलद्वारा आएका बहुमत विचारलाई साझा विचार मानेर जाने गरिन्छ । साझा यस मानेमा कि त्यो स्वस्थ छलफलबाट निष्कर्षमा पुगेपछि त्यो बहुमतको मात्र भन्ने हँुदैन ।” त्यसलाई थप प्रष्ट पार्दै उहाँले अगाडि लेख्नुहुन्छ– “छलफलको स्वतन्त्रता र कार्यमा एकता भनेको त्यही हो ।”

    छलफलमा कैयौँ विचार आउन सक्छन् । तर अन्तमा बहुमतको विचार नै “साझा विचार” बन्छ । साझा विचारको अर्थ हो– निष्कर्षमा पुगेपछि; अर्थात् निर्णय भएपछि त्यो अल्पमतको पनि विचार हुन्छ । त्यति बेला त्यहाँ अल्पमत र बहुमत भन्ने हुँदैन । यसको अर्थ हो– बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्दछ । यो नै “छलफलको स्वतन्त्रता र कार्यमा एकता” हो ।

    सैद्धान्तिक रूपमा उहाँको व्याख्या सही छ । तर व्यवहारमा के उहाँले लागु गर्नुभएको छ त ? वास्तवमा व्यवहारमा उहाँले छलफलमा “स्वतन्त्रता” को माग त गर्नुहुन्छ, तर “कार्यमा एकता” को पक्षलाई अस्वीकार गर्नुहुन्छ । “हाँक” को सन्दर्भमा त्यो कुरा प्रष्टै देखियो ।

    हाँकबारे पार्टीले गरेको निर्णयबारे उहाँको “फरक धारणा” रहेको बताउनुभएको छ । धारणा फरक हुन सक्छ । निर्णयमा चित्त नबुझ्न सक्छ । यसो गर्न पाउनु उहाँको स्वतन्त्रता हो । तर निर्णय भएको विषयलाई उहाँले उहाँकै शब्दमा “साझा विचार” मान्न किन सक्नुभएन ? “कार्यमा एकता” प्रकट गर्न किन सक्नुभएन ? यो लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको विरुद्ध थियो ।

    पार्टीले भिन्नमतका आधारमा कारबाही गर्दैन र गरेको पनि छैन । सन्तबहादुरजीमाथि भएको कारबाही कुनै वैचारिक मतभेतसँग सम्बन्धित छैन । त्यो अनुशासन, सङ्गठनात्मक पद्धति र विधानसँग सम्बन्धित विषय हो ।

    मतभेद पार्टीको जीवन हो । मतभेद बिनाको पार्टीको कल्पना द्वन्द्ववादको विरुद्ध छ । अहिले पनि पार्टीमा मतभेद राखेका साथीहरू जिम्मेवारीका साथ काम गरिरहनुभएको छ । मतभेद राखेकै आधारमा कारबाही हुने भए उहाँहरूलाई पनि हुनुपर्ने हो । सार्वजनिक रूपमा पार्टीको घोषित नीति, अनुशासन, पद्धतिका विरुद्ध गएका उहाँलगायत कतिपय साथीहरूलाई कारबाही भएको हो ।

    उहाँले ती सबै कारबाहीको विरोध गर्दै आउनुभएको छ । ती सबै कारबाहीलाई गलत बताउनुहुन्छ । यसको अर्थ हुन्छ, पार्टीले सबैलाई पार्टीको घोषित नीति, नेतृत्व, पद्धतिका विरुद्ध सार्वजनिक रूपमा विरोध गर्न छुट दिनुपर्छ वा विचार प्रकट गर्न छुट दिनुपर्छ । उहाँको यो विचार लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल खादैन, बरु काङ्ग्रेस, नेकपा वा यस्तै बुर्जुवा पार्टीले अपनाउँदै आएको पद्धतिसँग मेल खान्छ । यो कस्तो क्रान्तिकारिता हो ? “हाँक” का सन्दर्भमा पनि उहाँको त्यही दृष्टिकोण रह्यो । यो पहिले उहाँले अपनाउँदै आएको, लेख्दै आएको वा कार्यकर्तालाई प्रशिक्षण दिँदै आएको विचारका विपरीत छ । यो अराजकतावादी विचार हो ।

    अराजकतावादीले सधैँ जनवादको समर्थन गर्दछन् भने अनुशासनलाई अधिनायकवाद, निरङ्कुशता, तानाशाही, जनवादको हनन् आदि भन्दै विरोध गर्दै आएका छन् । संसारभरिका अराजकतावादीको यो समान चरित्र हो । सन्तबहादुरजीले पनि त्यही बाटो पछ्याउँदै हुनुहुन्छ । समग्रमा यो सङ्गठनात्मक क्षेत्रमा देखा परेको विचलन हो ।

    आइतबार, असोज ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.