• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

धर्मको नाममा गणतन्त्रमाथि हमलाः पौडेल


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाले शुक्रबार बुटवलमा सभाको आयोजना गरेको छ । शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बिरोध सभाको आयोजना गरेको हो । राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो ।

    Advertisement

    सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले हिन्दु धर्मको नाममा गणतन्त्रमाथि हमला गरिएको बताउंदै राजतन्त्र व्युताउनेहरु विदेशीको आडमा चलखेल गरेको बताउनुभयो ।

    गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण र संघीयता खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताउनुभयो । भारतको ग्राइन डिजाइनमा ल्याइएको महङो संघीय प्रणालीलाई नेपाली जनताले धान्न नसक्ने बताउंदै स्थानीय तहलाई थप बलियो बनाएर प्रादेशीक संरचना खारेज नहुंदासम्म देशले गतिलिन नसक्ने दावी गर्नुभयो । उहाँले सरकारले ल्याएको खुकुलो नागरिकता विद्येयक खारेज गर्नुपर्ने बताउंदै कठोर नागरिकता विद्येयक ल्याउनु पर्ने उहाँको भनाइ छ ।

    नागरिकता दिने खुकुलो प्रावधानले भोली नेपाली जनता अल्पमतमा पर्ने र भारतको युपीको मेयरमा हारेको व्यक्ती नेपालको संसदमा आउन सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले यो सरकारले नेपाली जनताको गासवास, कपासको ग्यारण्टी गर्न नसक्ने दावी गर्दै , कपासको ग्यारण्टीका लागि जनवादी सरकार स्थापना हुनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले देश अफठ्यारो अवस्थाबाट अगाडी बढेको र राजतन्त्र स्थापना गर्ने षडेयन्त्र भैरहेको बताउनुभयो ।

    विकासको नाममा देशलाई सात प्रदेशमा बाड्नुले नेपालको अवस्था कमजोर बनेको उल्लेख गर्दै सिद्वान्तत संघीयता ठिकै भएपनि नेपालको हकमा संघीयता आवश्यक नहुने बताउनुभयो । नेपाल भारतको सुरक्षित बजार भएकाले भारतले नेपालको विकास देख्न नचाहेको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको बताउनुभयो ।

    प्रदेश सांसद तारा जीसीले गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा बढेकाले धर्मको नाममा विदेशीको आडमा राजावादीहरु सलबलाउन खोजेको बताउनु भयो । देशमा भ्रष्टाचार, महङी, कालोबजारी, घुसखोरी तन्त्र मौलाउंदै जांदा पनि दुई तिहाइ बहुमतको सरकार चुप लागेर बसेको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले मुलुकको राष्ट्रिय एकता, अखण्डतामाथि संघीयताले हमला गरेको बताउनुभयो । झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले पनि मन्तब्य दिनुभएको थियो । नेता बोमबहादुर खत्रीको अध्यक्षता र सोमकुमार कार्कीको सञ्चालनमा भएको कार्यक्रममा रक्तिमका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । सभा हुनुअघि राजमार्गा चौराहाबाट विभिन्न नारा लेखिएको व्यानर र प्लेकार्डसहितको जुलुस निकालिएको थियो ।

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब
    मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै
    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    प्रतिनिधिसभा नियमावलीको विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.