काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका एक अधिकारीको हत्यालाई लिएर माफी मागेका छन् ।
Advertisement
बीबीसी हिन्दीका अनुसार किमले दक्षिण कोरियाका राष्ट्रपति मून जेइन सँग भनेका छन्, कि त्यो घटना हुन आवश्यक थिएन ।
दक्षिण कोरियाले भनेको छ, ४७ वर्षीय एक व्यक्ति उत्तर कोरियाबाट भाग्ने कोशिस गर्दै थिए, जब उत्तर कोरियाका सैनिकहरुले उनलाई पानीमा लडेको पाए ।
दक्षिण कोरियाका अनुसार यसपछि ती व्यक्तिलाई गोली हानियो र लासलाई जलाइयो ।
उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा भारी सुरक्षा रहने गर्दछ ।
स्मरणीय छ, त्यहाँ कोरोना भाइरस फैलन नदिन सिमाना ओहोरदोहोर गर्न खोज्नेलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ ।