• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दर्शन र त्यसको आधारभूत प्रश्न


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    दर्शन भनेको प्रकृति, मानव समाज, मानव चिन्तन र मानवज्ञानका प्रकृयाहरूको सामान्य नियम बताउने विज्ञान हो । यो सामाजिक चेतनाका रूपमध्ये एक हो । आखिरमा यसले समाजको आर्थिक सम्बन्ध निर्धारित गर्दछ ।

    सबैभन्दा पहिले पाइथागोरसले ‘फिलोसोफी’ शब्द उपयोग गरेका थिए । यसलाई विशेष विज्ञानको रूपमा अफलातुनले विकसित गरेका थिए ।

    दर्शनको उत्पत्ति हुँदा दासव्यवस्थाअन्तर्गतको समाजमा वस्तुगत जगत् र आफ्नो विषयमा मान्छेले प्राप्त ज्ञानलाई समग्रतामा एक्यबद्ध गरेको थियो । मानव इतिहासको प्रारम्भिक अवस्थामा उसले प्राप्त ज्ञान निम्नस्तरको भएका कारणले त्यसो हुन स्वाभाविक पनि थियो । सामाजिक उत्पादनको विकास र वैज्ञानिक अविष्कार हुँदै जाँदा विभिन्न ज्ञानका शाखा दर्शनबाट अलग हुँदै गए । त्यसै सिलसिलामा दर्शन पनि स्वतन्त्र विज्ञानको रूपमा विकसित हुँदै गयो ।

    प्रकृतिको विषयमा सामान्य दृष्टिकोण बनाएर त्यसबारे अध्ययन गर्दै जाने सिलसिला अगाडि बढ्यो । प्रकृतिका सामान्य विषयमा त्यसका नियमको जानकारी लिने काम गर्दै गए । वास्तविकताको विषयमा तर्कबुद्धिसहित सोचविचार गर्ने, तर्कबुद्धिसङ्गत हुने गरिका पत्ता लगाउने गर्दै तर्क र ज्ञानको सिद्धान्त विकसित गर्दै गए । त्यसैको आवश्यकता महसुस गर्ने सिलसिलामा दर्शनको जन्म विज्ञानको रूपमा भएको हो ।

    दर्शनलाई छुट्टै विज्ञानको रूपमा राख्न चिन्तन र सत्य तथा पदार्थ र चेतनाको सम्बन्ध नै मुख्य समस्या हुन् । हरेक दार्शनिक प्रणालीले यिनै समस्यालाई ठोस रूपमा प्रस्तुत गरेर समधान गर्न चाहन्छ । तर यी आधारभूत प्रश्नमा भौतिकवाद र आदर्शवाद परस्पर विरोधी कित्तामा रहन्छन् । त्यसकारण सिधै समाधान हुन सक्दैन । भौतिकवाद र आदर्शवादबिचको सङ्घर्षले दर्शनको पुरै इतिहासमा आआफ्नो वर्गीय छाप लगाउँछन् ।

    समाजमा परस्पर विरोधी वर्ग उपस्थित भएको हुनाले एकरूपता हुन सक्दैन । दुवैले आआफ्नो परस्पर विरोधी हितअनुसार विश्लेषण गरेर प्रस्तुत हुन्छन् । यो सङ्घर्ष समाजको विकासमा वर्गको आर्थिक राजनीतिक र विचारधारात्मक हितसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।

    दर्शनको विकासको फलस्वरूप धेरैथोरै तटस्थ रूपमा छुट्टै रूपको विवादसहित सत्ताविज्ञान, ज्ञानको सिद्धान्तशास्त्र, नीतिशास्त्र, सौन्दर्यशास्त्र, मनोविज्ञान, समाजशास्त्र तथा दर्शनको इतिहास खडा हुन्छन् । ठोस ज्ञानको अभाव देखिएका कारण दर्शनले आफू अरू सम्पूर्ण विज्ञानमाथि खडा भएर आफूलाई विज्ञानको पनि विज्ञानको रूपमा परिणत गर्ने प्रयत्न गर्दछ । त्यसैले दर्शन प्रकृतिको सम्बन्धमा प्रकृतिको दर्शन र इतिहासको सम्बन्धमा इतिहासको दर्शन भई आफूलाई खडा गर्छ ।

    यस सिलसिलामा अन्तिम प्रणाली हेगेलको दर्शन थियो । त्यसपछि ज्ञानको सञ्चय र विभेदीकरण हुँदै जाँदा विज्ञानको पनि विज्ञानको रूपमा दर्शनले आफ्नो अस्तित्व उच्च बनायो । त्यसका साथै पहिलेका आधार मेटिँदै गए । माक्र्सवाद–लेनिनवाद अथवा द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादले विशेष विज्ञानको रूपमा दर्शनको आधुनिक रूपधारण गरेको हो ।

    यसले भौतिकवादी सिद्धान्तको द्वन्द्वात्मक दृष्टिकोणबाट उपयोगी बनायो । द्वन्द्वात्मकतर्फको रचना गरेर विकास गर्दै वस्तुगत जगत् र चिन्तनसमेतमा सही तरिका प्रयोग गरी उपयोगी गरायो । तर्कप्रणालीको माध्यमबाट सम्पूर्ण मावन अनुभवद्वारा जानकारीमा आएका प्राकृतिक तथा सामाजिक–ऐतिहासिक प्रकियाको विकसित रूप र त्यसको नियम मान्दै माक्र्सवादी दर्शनले सत्ताविज्ञान, तर्कशास्त्र र ज्ञानसिद्धान्तबिचको अन्तर मेटाइदियो । द्वन्द्ववाद, तर्कशास्त्र र ज्ञानको सिद्धान्त द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारभूत सिद्धान्त हुन् । स प्रकार माक्र्सवादको दार्शनिक सिद्धान्त दर्शनको आधारभूत प्रश्नको ठोस रूपमा विकसित द्वन्द्वात्मक भौतिकवादी समाधान हो ।

    आफ्नो भूमिका, विषयवस्तुको ज्ञान र मानव संस्कृतिको प्रगति हुनेमा आधारित हुने हुनाले दर्शन मान्छेको ज्ञान र व्यवहारको बढी विकासमा सक्रिय कारक तत्त्व हो । दर्शनको यो बुझाइले उसको भाग मनोविज्ञान, नीतिशास्त्र, सौन्दर्यशास्त्र आदि बढीभन्दा बढी मात्रामा स्वतन्त्र विज्ञान बन्दै जान्छन् । तिनीहरूले परम्पराका कारणलाई दर्शनको अंश मान्दछन् ।

    वर्तमान समाजमा दर्शन विरोधी धारा अन्र्तनिहित हुन्छन् । तिनीहरूले दर्शनको समस्यालाई झुटा समस्या घोषित गर्दछन् । द्वन्द्वात्मक भौतिकवादले नै विश्वदर्शनको सर्वोत्कृष्ट परम्परालाई जारी राख्दछ । त्यसैले द्वन्द्वात्मक भौतिकवादी तरिका विज्ञानको रूपमा दर्शनलाई विकास गर्ने एक मात्र सही बाटो हो ।

    एङ्गेल्सको भनाइअनुसार “द्वन्द्वात्मक दर्शनका लगि कुनै पनि वस्तु, अन्तिम, निरपेक्ष र शाश्वत हुँदैन । यसले हरेक वस्तुमा वस्तुको परिवर्तनशील गुण प्रदर्शन गर्दछ । यसका अगाडि निम्न अवस्थाबाट माथितिर उक्लने अन्तहीन विकासक्रम, उत्पत्ति तथा विनासको अविरल प्रकृयाको अलावा अरू कुनै दोस्रो चिज टिक्न सक्दैन । यो स्वयम् पनि चिन्तनशील मस्तिष्कमा यस प्रकृयाको प्रतिबिम्ब मात्र हो ।”

    यो भनाइलाई मनन गर्दा द्वन्द्वात्मक भौतिवादले प्रकृति, घटना, मानव समाज र मानव चिन्तन सबैलाई निरन्तर विकास भई निम्न अवस्थाबाट उच्च अवस्थातिर गतिशील भइरहने प्रक्रियाको रूपमा लिन्छ । त्यसो गर्दा ती वस्तुहरू पहिलेको अवस्थामा रहन सक्दैनन्; स्थिर हुन पनि सक्दैनन्; निश्चित चक्रमा घुमिरहन पनि सक्दैनन्; निरन्तर गतिको अवस्थामा र निम्न अवस्थाबाट उच्च अवस्थातिरको गन्तव्यमा अगाडि बढ्छन्; सधैँभरि नयाँ नयाँ र उच्च अवस्थाको स्थिति देखा पर्दै जान्छ ।

    दर्शन स्वयम् सैद्धान्तिक प्रश्न भएकाले मानव मस्तिष्कमा निरन्तर गतिको छाप पारेपछि मानव व्यवहारमा पनि त्यसैअनुसार गतिशील भई अगाडि बढ्ने क्रम निरन्तर रहन्छ । हरेक वस्तु र घटना अस्तित्वमा आउँछन् । तिनीहरूमा विकास हुन्छ; परिवर्तन हुन्छ र त्यो अस्तित्वको विनास पनि हुन्छ । त्यसैबाट नयाँ अस्तित्व सुरु भई गतिशील पनि हुने गर्दछ । यो निरन्तरको प्रकृया हो । भइरहेको अस्तित्वमा परिवर्तन नयाँ अस्तित्वद्वारा पुरानोको विस्थापन, फेरि त्यसैबाट आफैलाई विस्थापन गर्ने नयाँको विकास गर्दै निरन्तर प्रकृयामा रहन्छ । त्यही प्रक्रियाको छाप मानव मस्तिष्कमा पर्ने हुनाले मानव चिन्तन पनि निरन्तर परिवर्तन र विकासको स्थितिमा रहन्छ ।

    आधुनिक प्रकृति विज्ञानले द्वन्द्ववादलाई उन्नत बनाउन मूल्याङ्कन सामग्री दिएको छ । त्यसको परीक्षणका लागि आवश्यक सामग्री प्रकृतिमा प्रत्येक दिन बढिरहेका छन् । तिनीहरूको विश्लेषण गर्दा थाहा हुन्छ, प्रकृतिको प्रक्रिया द्वन्द्वात्मक अधिभूतवादी छैन ।

    द्वन्द्ववादले विश्वलाई तयारी वस्तुको पूर्णताको रूपमा नभएर प्रकृयाको पूर्णताका रूपमा ग्रहण गर्दछ । प्रकृतिमा स्थायी र स्थिर हुने कुनै वस्तु हुँदैनन् । सम्पूर्ण विश्वमा नयाँको उत्पत्ति र पुरानोको नास भइरहेको हुन्छ । बाह्य जगत्मा पदार्थको अस्तित्व स्वतन्त्र रूपको र चेतनाभन्दा भिन्न रूपले अस्तित्ववान छ । यही मान्यता भौतिकवादको आधार हो ।

    मानिसले यो आधार व्यवहारबाट सृजना ग¥यो । उत्पादन प्रक्रियाको लामो शृङ्खलामा काम गर्दै जाँदा मानिस आफ्नो वरिपरिको प्रकृतिको सम्पर्कमा रहयो । प्रकृतिमाथि काम गरेर त्यसलाई बदल्न थाल्यो । खानेकुरा जुटाउने, आफू सुरक्षित बस्ने ठाउँ बनाउने काम गर्दा प्रकृतिलाई आफ्नोअनुकूलको स्थितिमा परिवर्तन गर्न थाल्यो । आफ्नो अभिरुचिअनुसार प्रकृतिलाई आफूअनुकूल बनायो । त्यसो गर्दै जाँदा मानिसले प्रकृतिका बारेमा अध्ययन गरेर त्यसलाई वस्तुगत अस्तित्वमा भएको कुरा आफूले विश्वास ग¥यो । जीवन र सङ्घर्षको आवश्यकतामा मानिसले पदार्थको वास्तविकता र यसका नियमबारे चिन्तन गर्न सुरु ग¥यो । उसले भौतिकवादको सच्चाइ प्रमाणित ग¥यो । आफ्नो सङ्घर्षमा आवश्यक पर्ने बौद्धिक साधनको रूपमा भौतिकवादी दर्शन पत्ता लगाएर त्यसबारे आवश्यक जानकारी थप्दै गयो ।

    प्रकृतिका सबै वस्तु र घटना अपरिवर्तनीय छैनन् भन्ने कुरा हाम्रो दैनिक अनुभव, विज्ञानको विकास तथा सामाजिक–ऐतिहासिक व्यवहारले पुष्टि गर्दछ । भौतिक जगत्को विकास प्रकृयामा नै मानिस स्वयम्को पनि उत्पत्ति भएको हो । मानिस प्रकृतिका सबै जीवनमध्ये सर्वश्रेष्ठ जीव हो ।
    भौतिक जगत्को विकासलाई प्रतिबिम्बित गर्दै मानिसको चेतना उनीहरूको विचार, सिद्धान्त र दृष्टिकोण पनि बदलिइरहेका हुन्छन् । वस्तु र घटनाको ज्ञान प्राप्त गर्न तिनीहरूलाई निरन्तरको परिवर्तनमा र विकासको गतिमा अध्ययन गर्नुपर्छ । वस्तुलाई वास्तविक रूपमा चिन्नका लागि त्यसलाई उसको गतिमा, उसको परिवर्तनमा र उसको आत्मगतिमा हेर्न जरुरी हुन्छ ।

    द्वन्द्वात्मक भौतिकवादका आधारभूत नियमले वस्तु र घटनाको सामान्य चित्र, त्यसबारे जानकारी र परिवर्तनको व्यवस्था गर्दछन् । प्रतिपक्षको एकता र सङ्घर्षसम्बन्धी नियमले विकासको अनुहार र तिनीहरूका गतिदायी शक्तिको उद्घाटन गर्दछ । परस्पर विरोधी शक्तिमाझ एकता नभई अस्तित्व नहुने र विरोधीको एकता र आआफ्ना विरोधी गतिका कारणले गति सुरुमै उच्चस्तरमा विकास हुने वास्तविकता बताउँछ । सङ्घर्ष स्वयम् गतिको कारण भएकोसमेत खुलासा गर्दछ ।

    परिमाणात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनमा सङ्क्रमणसम्बन्धी नियमले समाजको गुणात्मक र क्रान्तिकारी छलाङसम्बन्धी नियमको जानकारी गराउछ । परिमाणात्मक परितर्वन नभई गुणात्मक परिवर्तन नहुने र गुणात्मक परिवर्तन नभई नयाँ अस्तित्व सुरुवात नहुने वास्तविकता बताएर सामाजिक परिवर्तनका लागि परिमाणात्मक र गुणात्मक फड्को दुवैको ख्याल गरेर आफ्ना सामाजिक गतिविधि सञ्चालन गर्न सचेत बनाउँछ । क्रान्तिकारीहरूको उद्देश्य गुणात्मक फड्को भए पनि आफ्ना काम मात्रात्मक हिसाबले गतिदायी हुने गरी प्रगतिशील काम गर्न सचेत हुनसमेत गतिदायी निर्देशन दिन्छ ।

    नकारको नकारसम्बन्धी नियमले विकासको उत्तरोत्तर गतिको बयान गर्दछ । माथिका दुई वटाअनुसारका गतिका नियमबाट आउने नयाँले पुरानोको अस्तित्वलाई नकारेर आफ्नो नयाँको अस्तित्व स्थापित गराउँछ भन्ने यो नियमको बयान हो । पुरानाका साथै गुणलाई नकार्ने नभई असल गुणलाई आफ्नो नयाँमा समावेश गरेर काम नलाग्नेलाई निषेध गर्छ भन्ने यस नियमको तात्पर्य हो । त्यसैले गर्दा सधैँ सिधै उचाइमा जानेभन्दा पनि पनि बर्तुलाकार वृत्तको आकारमा उचाइमा पुग्ने भन्ने यो नियमको घोषणा हो । विकासको धेरै उचाइमा पुगिसक्दासमेत पुराना गुणको पुनरावृत्ति कायम गरेको नयाँलाई समेत त्यसैबाट विकास भएको नयाँले निषेध गर्ने हुनाले निषेधबाट अलग हुन नसक्नेसमेत यो नियमले बताउँछ ।

    पदार्थ र चेतनामध्ये पदार्थ प्राथमिक तत्त्व र चेतना त्यसको मातहतमा रहन्छ अथवा चेतना प्राथमिक तत्त्व भई पदार्थ त्यसको मातहतमा रहन्छ भन्ने विषय दर्शनको आधारभूत प्रश्न हो । यसबाट चेतनाले आफ्नो स्वतन्त्र अस्तित्व कायम गरी पदार्थलाई परिवर्तन गर्न सक्छ अथवा आफै पदार्थको मातहतमा रहन्छ भन्ने विषयले दर्शनलाई घेरिराखेको हुन्छ र द्विविधा उत्पन्न गराउँछ ।

    यी पक्षमाथि विचार गर्दा परस्पर विरोधी विश्लेषण हुने भएकाले यी प्रश्नमा दर्शन विभाजित छ । भौतिकवादी दर्शनले पदार्थको स्थान पहिलो हुने र चेतना पदार्थबाट सुरु भई पदार्थकै परिवर्तित रूप मात्र हुने विश्लेषण गर्दछ भने आदर्शवादी दर्शनले चेतनालाई प्राथमिक तत्त्व मान्दै आत्माबाट नै पदार्थको अस्तित्व कायम हुने र आत्मा कहिल्यै समाप्त नहुने, बरु परिवर्तन मात्र हुने विश्लेषण गर्दछ । माक्र्सवादी दर्शनले मात्र द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिक पक्षलाई स्वीकार गर्दै आफ्नो विश्लेषण स्पष्ट पार्दछ । माक्र्सवादी दर्शनले भन्दछ, पदार्थ चेतनाको श्रोत हो । चेतना पदार्थको मानव मष्तिष्कमा पर्ने परावर्तन मात्र हो । चेतना भौतिक जगत्को समयसम्म भएको विकासको परिणाम हो । यसका साथै उच्च रूपमा विकसित मानव मस्तिष्क, जुन आफै भौतिक पदार्थ हो; त्यसैले उत्पादन हो ।

    भौतिक उत्पादनका लागि गरिने मानव श्रमबाट चेतनाको जन्म हुन्छ र त्यहीबाट विकास र परिवर्तन हुँदै जान्छ । चेतनाको स्वरूप सामाजिक हुन्छ । त्यो सामाजिक उत्पादन प्रक्रियानुसार निर्धारित हुन्छ । भौतिक पदार्थ र चेतनाको सम्बन्ध द्वन्द्वात्मक भौतिकवादी दर्शनको सीमाभित्रैबाट गतिशील भई अगाडि बढ्ने गर्दछ । व्यावहारिक अनुभवको आश्रय लिँदै मानव चेतनाले भौतिक जगत्को ज्ञान प्राप्त गर्ने क्षमता विकास गर्दछ । भौतिक पदार्थ र चेतनाको सम्बन्ध दर्शनको आधारभूत प्रश्न भएकोले त्यसले खास समस्याको समाधान नगरेर समग्रतामा विश्वदृष्टिकोणको स्वरूप निर्धारण गर्दछ । त्यसले दर्शनको आधारभूत प्रवृत्तिको फरक छुटाउने विश्वासिलो कसौटी प्रस्तुत गर्दछ । त्यसैबाट द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको दृढतापूर्वक वकालत गर्ने सम्भावनाको विकास हुन्छ र भौतिकवादी जगत्को बारेमा जान्न बुझ्न सकिन्छ ।

    अहिलेसम्म मानव प्रयत्नले जानेका कुरा जानेकै भए, नजानेका बाँकी विषय पनि जान्न, बुझ्न सकिन्छ भन्ने भौतिकवादी धारणा हो र जान्न, बुझ्न सकिन्न, यो सबै अलौकिक शक्तिले मात्र गर्ने काम हो भन्ने विश्लेषण आदर्शवादीको हो । यिनीहरूको अतिरिक्त परलोकको अस्तित्व पनि आदर्शवादीको स्वीकारोक्ति हो । भौतिकवादीले यसलाई नकार्ने अर्को फरक विश्लेषण छ । त्यसैबाट स्वर्ग र नर्कको बयान आदर्शवादीले गर्दछन् । भौतिकवादीले छुट्टै त्यस्तो स्वर्गलोक र नर्कलोक भएको स्वीकार गर्दैनन् ।

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.