नवीन बस्याल
आवाजविहीनको आवाज बन युगदर्शन तिमी
उदाउँदो बिहानीको किरण बन युगदर्शन तिमी
कालो रात चिर्ने उज्यालो जुन बन युगदर्शन तिमी
कल्कलाउँदो छहारीको छहारी बन युगदर्शन तिमी
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
नयाँ रूप नयाँ रङको आयाम बनेर आऊ
केही पानाको छौ अझै पाना थप्दै जाऊ
हजार बाधा–अड्चन आउन सक्छन् कतै नहराऊ
बाटो फाटिन सक्छन् कुनै मोडमा नअलमलाऊ
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
दुस्मनका किल्लामा बम बनेर तर्साऊ
सीमा मिच्नेलाई रक्षक बनी गोली बर्साऊ
रक्षकहरूको समाचार सहयोगी बनी सघाऊ
राष्ट्रवादीका घर घरसम्म सञ्चार बनेर जगाऊ
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
विदेशमा युवा बेच्नेहरूको विरुद्ध समाचार कोर
फुटेका उनका मनहरूलाई उद्धारक बनेर जोड
दलालबाट लुटिएका दुखीका लागि बिगुल बनेर
राष्ट्रद्रोही मास्न महान् अभियान सम्प्रेषण गर
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
शोषित वर्गको नयनले खोज्ने समाचार बन
सबैले पढ्ने सबैको मनले रोज्ने समाचार बन
निमुखाको जीवनले खोजिरहने समाचार बन
मानवजातिले चुम्ने गगनको समाचार बन
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
सीमित व्यक्तिको नभई जनताको आवाज बन
युगदर्शन नामको छुट्टै समाचारको पहिचान बन
गाउँबस्ती सहरका गल्ली गल्लीमा पुगेर
कहीँ कतै कसैको दबाब डरत्रासमा नझुकेर
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !
सञ्चारमा सबैभन्दा गर्वको नाम बनोस्
सबैले पत्रिका भनेको राम्रो यो हो भनोस्
हिमाल झैँ आफ्नो उच्च पहिचान बनाऊ
अनि लेख, समाचारलाई पढ्नैपर्ने बनाऊ
शुभकामना छ युगदर्शन तिमीलाई शुभकामना !

