जनक पौडेल (रेसम)
आरोह अवरोह विच बाट
तिमि जन्मिएको छौँ
गरिव दुःखी निमुखा हरुको
आँखाको नानी बनेको छौँ
गरिवको झुङ्गी झुपडीमा
चेतनाको ज्योती छर्दैँ
न्याय र समनताको पक्षमा
आवाज बुलन्द गर्दैँ
तिमि वढ्दै जाँऊ
युग कै दर्शन बन्दै जाँऊ
एक बर्ष पुरा गरेकोमा
तिमिलाई शुभकामना ।
हेपिएका पेचिएका
सदियौ देखि दासताको
बन्धनमा बाँधिएका
ओसेपका बस्तीहरु
कठग्रिएका जिवन हरुको
आवज बोकी
एकताको सन्देश शंखघोष गर्दैँ
न्यानो ताप फैलाउँदै
सारा वस्तीहरुमा किरण छर्दैँ
समनताको लागी लड्दैँ जाँऊ
तिमि लाई शुभकामना ।
तमाम् चुनौती
भ्रम जालहरु
तिमिलाई समाप्त पार्ने खेलहरु
पहिचान गर्दैँ
निर्धक्क अटल बनी
उदेश्य पुरा गर्ने
लक्ष्य भेट्ने अठोट गर्दै
पिछडिएका आवाजहरु
एक ठिक्का गर्दै
बिद्रोहका चेतना भर्दै
निरन्तर वढ्दै जाँऊ
तिमि सत्य छौँ
गरिव निमूखा तिम्रो साथ छ
जित अवश्यभावी छ
तिमिलाई एक बर्ष पुरा
गरेकोमा हार्दिक शुभकामना छ।

