• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हेमप्रसाद पुनलाई सम्झँदा…


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • सरोजमान सिंह

    Advertisement

    हेम प्रसाद पुन हामीबीचबाट ओझेल पर्नुभएको १४ वर्ष वितिसकेको छ । तर, उहाँलाई हामी एक असल र निडर व्यक्तिका रुपमा सम्झिरहेका छौं । उहाँ असाध्यै सरल, मेहनति स्वाभावका व्यक्ति हुनुहुन्थ्यो ।

    बाबा ईन्द्र बहादुर पुन र आमा भद्रकलीको जेठो सुपुत्रका रुपमा हेम प्रसाद पुनको जन्म विस २०२९ साल वैशाख १४ गते शनिबारको दिन बागलुङको गल्कोट नगरपालिका–११ सानो रिघामा किसान परिवारमा भएको हो । उहाँको परिवारमा ६ दिदिबहिनी र २ भाई हुनुहुन्छ । उहाँ लामो समय राजनीतिक रुपमा नेकपा (मसाल) मा आवद्ध भइ मसालको सहायक संगठन अखिल नेपाल युवक संघको अध्यक्षको रुपमा पनि जिम्मेवारी सम्हाल्नु भएको थियो । पछिल्लो समयमा उहाँले जनजाति सम्मेलनको महासचिवको रुपमा जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । उहाँ पार्टीमा अत्यन्त जुझारु र सक्रिय हुनुहुन्थ्यो ।

    मैले चिनेका हेम प्रसाद पुन
    म जतिबेला कक्षा ३ मा पढ्दै थिएँ, त्यस समय उहाँले पनि आफ्नै गाउँको विद्यालय सानो रिघा निमाविमा केही समयका लागि हामीलाई पढाउनु भएको थियो । यसरी उहाँको सुरुमा शिक्षकको रुपमा मैले चिनेको थिएँ । उहाँको अत्यन्त सरल र गहन तरिकाको प्रस्तुतिले नै पहिलो दिन मै आकर्षित भएको थिएँ । अन्य सरहरुको स्वभावभन्दा उहाँको स्वभाव मलाई फरक लाग्ने गर्दथ्यो । मलाई केही समय पढाउदाँ पनि मैले कहिल्यै पनि उहाँमा रिसाउने स्वभाव देखिन । केही समय पढाएपछि उहाँ विद्यालय आउनु भएन । अनि मलाई उहाँको बारेमा जान्ने ईच्छा जाग्यो । किनभने उहाँको पढाउने तरिका र व्यवहारले मलाई मनमा नयाँ तरङ्ग पैदा गरेको थियो । जब म आमालाई सोध्ने गर्थें हेम प्रसाद सरले के गर्नु हुन्छ ? आमा भन्नुहुन्थ्यो–उहाँ पार्टीको नेता हो, त्यहि भएर पार्टीको कामले बाहिर जानुहुन्छ ।

    प्रायः हेम सर गाउँमा आउँदा हाम्रो घरतिर पनि आउनुहुन्थ्यो । उहाँले हजुरबुबा, बाबा, आमासँग पनि सरल, सहज तरिकाले सामान्य कुरा गर्नुहुन्थ्यो । गाई गोठालो जाने त्रममा अक्सर म उहाँसित नै जाने गर्थें । उहाँको हातमा सधैँ पुस्तक हुन्थ्यो । उहाँ असाध्यै अध्यनशील व्यक्ति हुनुहुन्थ्यो । म प्रायः बाक्ला पुस्तक पढेको देख्दथेँ । उहाँले मलाई पनि पढाउने गर्नुहुन्थ्यो । साथै राम्रो सँग पढ्नुपर्छ भन्ने कुरा मलाई भन्नुहुन्थ्यो । उहाँ प्रायः गाउँमा आउँदा सबैसँग सामाजिक, राजनीतिक छलफलमा कुराकानि गरेको पाउँथे।

    मलाई याद भएको बेला नेकपा (माओवादी) ले ‘जनयुद्ध’ सञ्चालन गरेको थियो । गाउँ घरमा माओवादी पक्षबाट नेकपा (मसाल) का नेता कार्यकर्ता सिध्याउने रणनीति राखेको थियो भने गाउँलेहरुसँग जबरजस्ती चन्दा मागेर आतंक मच्चाएको थियो । त्यसप्रकारको ज्यादतिका विरुद्ध हेम प्रसादले प्रतिकार गर्नु भएको थियो । बम गोला बोकेर हिँडेका व्यक्क्तिहरुसँग पनि उहाँ ‘यो तरिका गलत भयो, यस्तो आन्दोलनले जनतालाई दुःख दियो, यसले जनताको जीवनस्तरमा कुनै परिवर्तन आउँदैन’ भनेर सम्झाउनु हुन्थ्यो । यस्तो आतंककारी तरिकाले गरिबका छोराछोरीहरुको रगत त्यसै खेर जानसक्छ भन्ने कुरा बताउनु हुन्थ्यो । यो तरिकाले केही मानिसहरु राज्यसत्तामा जाने तर सर्वहारा वर्गको राज्यसत्ता स्थापना नहुने कुरा उहाँले माओवादीका नेता कार्यकर्तालाई भन्नुहुन्थ्यो ।

    उहाँले पार्टीको विचार र दृष्टिकोणलाई व्यवाहारमा उतार्नुहुन्थ्यो । उहाँलाई गाउँ घरमा अन्यन्त साहसिलो, डर त्रासबाट नडराउने निडर स्वाभावको रुपमा सबैले चिन्दथे । उहाँको यही स्वाभावले गर्दा अन्य पार्टीमा विचार राख्ने मानिसहरु समेत त्यो जनयुद्धताका आफूहरु माओवादीको ज्यादतीबाट सुरक्षित भएको महसुस गरेका थिए ।

    म पनि त्यो समय गाउँकै विद्यालयमा अध्यनरत थिए । माओवादीहरु विद्यार्थीलाई जवर्जस्ती आफूसँग लैजान प्रयास गर्दथे । तर हेम पुनकै कारण हामीभन्दा ठुला दाइ दिदीहरुलाई लग्न माओवादीहरु पटक पटक आएपनि सफल भएनन् । उहाँ अन्यत साहसिलो, कसैको डरधम्कीबाट नडराउने, अवसरवादीहरुसँग निर्मम प्रकारले लडेर अघि बढ्ने व्यक्तित्व हुनुहुन्थ्यो । समाजमा हरेक व्यक्तिसँग घुलमिल हुनसक्ने समाजमा भएका हरेक समस्याहरुलाई सरल ढंगले समाधान गर्न सक्ने क्षमता उहाँमा थियो । हेम पुनका यी स्वाभावहरु आज पनि म सम्झिरहेको छु ।

    शैक्षिक तथा राजनीति यात्रा
    उहाँको प्राथामिक स्तरको अध्ययन गाउँमै भएको थियो । कक्षा ४ देखि ७ सम्मको अध्ययन रल निमाविमा गर्नु भएको थियो । २०४३ सालमा महेन्द्र मावि वामिटक्सार गुल्मीमा भर्ना हुनुभयो । त्यो समयमा अखिल (छैठौं) ले लिएको विचार राम्रो लागेर उहा अखिल (छैठौं) को सदस्यता लिई विद्यार्थी राजनीतिको यात्रा प्रारम्भ गर्नु भयो । गाउँमा आएर पनि आफना साथीहरू लाई संगठित गर्ने काम गर्नु भयो । २०४५ सालमा उहाँले एसएलसी पास गर्नुभयो ।

    त्यो समयमा देशमा पञ्चायती व्यवस्थाले जनतालाई दुःख दिइरहेकोले उहाँ पनि त्यो व्यवस्थाविरुद्ध आन्दोलनमा लाग्नु भएको थियो । २०४६ सालमा चदलेको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी भइ उहाँले बहुदलीय व्यवस्था स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो ।

    त्यस समयमा उहाँलाई अब जागिर खानुपर्छ भन्ने घरपरिवारको तीब्र दबाव भएपछी उहाँले केही समय आफनो ईच्छा नहुँदा नहुँदै पनि सालफेद प्राविमा ६ महिना पढाउनु भयो । त्यसपछि उहाँले जागिर छोडेर नेकपा (मसाल) ले सञ्चालन गरेको पार्टी शिविरमा भाग लिन जानुभयो । त्यहाँ तीन महिनासम्म प्रशिक्षणमा भाग लिएपछि थप बौद्धिक, शारीरिक, मानसिक, राजनीतिक रुपमा आफूमा विकास भएको पाउनुभयो ।

    पार्टी शिविरबाट फर्केपछि उहाँलाई संगठनमा नै काम गर्ने भावना जागृत भयो र उहाँलाई थप अध्ययन पनि गर्नुपर्छ भन्ने भावना उत्पन्न भयो । उहाँको घरको आर्थिक अवस्था त्यति राम्रो नभए पनि पढ्नुपर्छ भन्ने भावनाका साथ उच्च शिक्षा अध्ययन लागि २०४९ सालमा सदरमुकाम बाग्लुङ्गको यात्रा तय गर्नुभयो र उहाँ बाग्लुङ्ग क्याम्पसमा भर्ना हुनुभयो ।

    राम्रोसँग अध्ययन गर्ने अभिलाषा भएपनि निश्चित ठाउँमा खान बस्नको लागि ठेगान भएन । आवश्यक खर्च व्यवस्थापन गर्न उहाँलाई अन्यन्त गाह्रो भयो । यी समस्याका बावजुद पनि उहाँले शौक्षिक, राजनीतिक यात्रा निरन्तर रुपमा अगाडि बढाउनु भयो। विद्यार्थी राजनीति अगाडि बढाउँदै उहाँले पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गर्नुभयो ।

    त्यस प्रश्चात अखिल नेपाल युवक संघमा लामो समय जिल्लाको नेतृत्वमा रही आफनो जिम्मेवारी पुरा गर्नुभयो । २०५१ सालमा उहाँ धौलागिरि क्षेत्रीय समितिमा रहि धौलागिरि का युवाहरुलाई संगठित गर्दै उहाँ निरन्तर रुपमा संगठनमा त्रियाशिल हुनुभयो ।

    पछि अखिल नेपाल युवक संघको महामन्त्री हुँदै अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभयो । हेम पुन पार्टी संगठनमा मेहनति, अनुशासित व्यक्ति हुनुहुन्थ्यो । मार्क्वाद, लेनिनवाद, माआविचारधाराबाट लेस हुनु भएका हेम प्रसाद पुन सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने यात्रामा अविचलित रुपमा लाग्नु भयो । पार्टीमा देखिने उग्रवामपन्थी, दक्षिणपन्थी, अराजकशैली र अवसरवाद का विरुद्ध निर्मम प्रकारले सम्झौताहिन संघर्ष गर्दै यात्रा अगाडि बढाउनु भयो । नेकपा (मसाल) ले आत्मसात गरेको विचारहरुलाई अगाडि बढाउनु भयो ।

    जनतालाई संगठित गर्दै नौलो जनवादी क्रान्तिको आधार निर्माण गर्नमा निरन्तर रुपमा लाग्नुभयो । अविचलित राजनीतिक यात्रामा लागिरहेका का हेम प्रसाद पुनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उहाँलाई काठमाडौंको मोडेल अस्पतालमा उपचार गराउन लगियो । तर उपचारको त्रममा अल्सर रोगको कारण उहाँको २०६३ साल असोज ७ गते मृत्यु हुन पुग्यो । उहाँको मृत्युले उहाँको परिवारसँगै गाउँ समाज, संगठन र देशलाई नै ठुलो क्षति हुन पुगेको छ। हामीबीच उहाँको भौतिक शरीर नभएपनि उहाँको विचारहरु छन् ।

    हेम प्रसाद पुन कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । साथै समग्र परिवर्तनको आन्दोलनको लागि पनि महत्त्वपूर्ण व्यक्ति हुनुहुन्थ्यो । पार्टी संगठनमा असल, ईमानदार, अनुशासित उहाँका विचार र राम्रो व्यवहारहरु हामिले पछ्याउन आवश्यक छ । हामी उहाँको १४ औँ स्मृति दिवसमा उहाँलाई सम्झिरहेका छौँ । उहाँले पार्टी र क्रान्तिमा पुर्‍याएको त्याग र योगदानलाई सम्मान गर्दै उहाँले बोकेको विचारहरुलाई आत्मसात गर्दै र उहाँका विचारहरुलाई अगाडि बढाउने प्रण गरौं ।
    (सरोजमान सिंह, सदस्य अखिल (छैठौं) केन्द्रीय समिति)

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.