काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध एवं राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि शुक्रबार पाँचवटा प्रदेशमा एकैपटक जुलुश तथा सभाको आयोजना गरेको छ।
‘राष्ट्रियता, गणतन्त्र, र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको विरोध गरौं’ भन्ने मुल नाराका साथ प्रदेश २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जुलुश तथा सभाको आयोजना गरिएको हो। ति स्थानमा ब्यापक जनसहभागितामा जुलुससहित सभा चलिरहेको राजमो केन्द्रीय कार्यालयले जनाएको छ।
प्रदेश २ को सिमरामा आयोजना हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ भने प्रदेश ३ को काठमाडौंस्थित रत्नपार्कमा आयोजित सभालाई कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सम्बोधन गर्दै हुनुहुन्छ। यस्तै ५ नं प्रदेशको रुपन्देहीमा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सम्बोधन गर्दै हुनुहुन्छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढीमा महासचिव जनकराज शर्मा र कर्णाली प्रदेशको सुर्खेतमा केन्द्रीय सदस्य मनोज भट्टले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि सातै प्रदेशमा एकैपटक जनसभाको घोषणा गरिएपनि प्रदेश नं १ र गण्डकी प्रदेशको कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ । गण्डकी प्रदेशको पोखरामा भने यही असोज १५ गते कार्यक्रम हुनेछ । कार्यक्रमलाई अध्यक्ष केसीले सम्बोधन गर्नुहुनेछ ।
फोटो सिमरा

फोटो काठमाडौं


फोटो बुटवल

फोटो कैलाली


फोटो सुर्खेत
