केपी विरही
Advertisement
कालोमोसो दली डाँडा कटाइदिए भो अब
सभासदको भत्तासत्ता घटाइदिए भो अब
नेताहरू धेरै भए राजधानी सहरमा
लखेटेरै भारततिर पठाइदिए भो अब
टेरेको खै जे गरे’नि जनताका कुराहरू
नाङ्गै पारी सिस्नुपानी ठटाइदिए भो अब
पार्नुपारे खोक्रो देशलाई बाँकी छैन कहिँ केही
कोची कोची अलकत्रा चटाइदिए भो अब
मात्र थोरै राम्रा नेता भ्रष्टाचारी लाखौँ भए
छानी छानी पदबाट हटाइदिए भो अब
छैन इज्जत तिम्रो यहाँ जिउँदै मरिसक्यौ
फाँसी दिएर यमलोकतिर पठाइदिए भो अब