• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

महिला किसानका समस्या र समाधान


  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
  • उपस्थित आदरणीय अतिथि महानुभावहरू,

    Advertisement

    म अखिल नेपाल किसान महासङ्घ (अप्फा) अन्तर्गत महिला विभागको तर्फबाट हार्दिक स्वागत र अभिनन्दन गर्न चाहन्छु । साथै कोरोना महामारी र प्राकृतिक प्रकोपबाट मृत्यु हुने किसानहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । विभिन्न आन्दोलनमा सहिद हुने किसान सहिदप्रति पनि श्रद्धाञ्जली र सम्मान व्यक्त गर्न चाहन्छु ।

    महिला किसानका विषयमा विभिन्न कार्यक्रम र किसानकै कार्यक्रममा विषयहरू उठ्ने गरेका छन् । तर उनीहरूको समस्या र समाधानबारे ठोस प्रकारले कार्यक्रमहरू नबनिरहेको महसुस हामीले गरिरहेका छौँ । यही कारणबाट महिला सांसद, स्थानीय निकायका प्रतिनिधि, किसान सङ्घ–सङ्गठनका नेताहरूसहित जिल्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने महिलाका साथै पुरुष किसानहरूसमेत सामेल भई कोरोना महामारीबिच यो भर्चुअल कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रिया, गोष्ठी, सेमिनार, बैठकजस्ता कार्यक्रमहरू सरकारी र गैरसरकारी तवरले हुने गरेका छन् । तर ती आपसी छलफलमा मात्र सीमित हुने गरेका छन् । तिनीहरूलाई कार्यान्वयन गर्ने विषयमा ठोस रूपमा पहलकदमी नै हुन नसकेको हामीले महशुस गरेका छौँ । यो कार्यक्रम पनि छलफलमै सीमित नहोस् भन्नका लागि महिला किसानहरूको अलग फोरम “महिला किसान सञ्जाल” निर्माणको पहलकदमी गर्न यो भर्चुअल अन्तक्र्रियामा प्रस्ताव गर्दछु ।

    महिला किसान समस्याको बारेमा सरकारी र राजनैतिक पक्षद्वारा गरिएको अत्यन्त न्यून रूपमा समस्याको पहिचान र समाधानको बाटोको बारेमा महिला नेता र सहभागी महिलाहरू आफ्नो पीडा व्यक्त गर्नु नै हुने छ । तैपनि छलफलमा विषयहरू केन्द्रित होस् भनेर केही विषयहरू बुँदागत रूपमा पेश गरेको छु । तैपनि महिला किसानको समस्या, पीडाबारेमा दुई शब्द राख्न चाहन्छु ।

    चन्द्रशमशेरको पालामा वि.सं. १९७७ वैशाख १ गते सतिप्रथा उन्मूलन भयो । यो सतिप्रथाको उन्मूलन महिलाका लागि अहिले इतिहास भएको छ । त्यो अब निमेष पनि छैन । चन्द्रशमशेरबाट वि.सं. १९८२ मा दासप्रथाको उन्मूलनको घोषणा भयो । त्यस्तै, गणतन्त्र आएपछि पनि मुक्तकमैया (वि.सं. २०५७) र कमलरी मुक्ति (वि.सं. २०७७) मा घोषणा भयो । दासप्रथाको उन्मूलन अहिलेको एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि सतिप्रथाजस्तै दासप्रथा पनि उन्मूलन भयो कि भएन ? यसबारे विश्वभरि बहस चलिरहेको छ । नेपालमा प्रष्ट रूपमा ग्रामीण किसान, महिला मुक्त कमलरी र किसान–मजदुरहरूमाथि दासप्रथा उन्मूलन भएको छैन भनेर पीडाका साथ भन्नुपर्दा यहाँ उपस्थित सांसद, महिला र किसान नेताहरू सहमत हुनुहुन्छ कि हुनुहुन्न ? यसमाथिको बहस प्रस्ताव गर्दछु ।

    हाम्रो देशमा महिलामाथि पुरुष सत्ताको विभेद राजनैतिक संस्थामा पनि कायम छ । सरकारमा पनि कायम छ । अझ महिला किसान र मजदुरमा त्यो भन्दा झन् भयावह स्थिति छ । त्यसका लागि राजनैतिक संस्था र राज्यले कठोर निर्णय गरेर महिलामुक्तिको बाटोमा अगाडि बढ्नुको विकल्प छैन । यसका लागि पुरुष अधिकारकर्मी र राज्यसत्ता तथा राजनीतिक संस्थाहरूको प्रमुख एजेन्डा बन्नुपर्दछ । यसो त बहुदलीय वा गणतान्त्रिक व्यवस्था आएपछि संविधान र राज्ययन्त्रमा महिलाको अधिकार कायम गर्ने र कतिपय महिलाहरू राज्ययन्त्रको उच्च वा सर्वोच्च ओहदामा नबस्ने गरेका पनि होइनन्, तर संविधान र उच्च ओहदाका महिला नेताहरूको महिला अधिकारको कार्यान्वयन गर्ने कुरा कागजको खोष्टामा नै सीमित रहन गएको छ । तिनीहरूलाई कार्यान्वयन गर्ने निर्णय र विधिमा महिलामाथि नै दोष थुपार्ने पुरुष सत्ता कायम रहिरहेको देखिन्छ । त्यसका लागि मानव समाजको विकास, महिलामुक्तिको प्रश्नमा राजनैतिक दिशाको प्रष्टताको आवश्यकता छ नै, त्यसमाथि परिवर्तनकामी, प्रगतिशील पुरुषहरूको पनि अग्रिम भूमिका आवश्यक छ । ‘सुत्केरीको ब्यथा, सुत्केरीले बुझ्ने’ भन्ने कथा अगाडि राख्दा महिलामुक्तिको लागि महिलाहरू नै अग्रपङ्क्ति र नेतृत्वमा रहनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिन चाहन्छु । पुरुष र महिला बिना मानव समाजको विकास हुन सक्दैन भन्ने सर्वमान्य मान्यतालाई अगाडि राख्दै किसान महिलामुक्तिको आन्दोलनमा अगाडि बढ्न सहभागी महानुभावहरूलाई आह्वान गर्दछु ।

    किसान महिलाका समस्या र समाधान

    १. पुरुष र महिलाबिचको लैङ्गिक विभेद, संवैधानिक कानुनी रूपमा पूर्ण उन्मूलन हुनुपर्दछ । त्यसलाई कार्यान्वयनमा लैजाने आलटाले प्रवृत्ति बन्द गरी प्रभावकारी कदम चालिनुपर्दछ ।

    २. महिलामाथि पुरुष सरह सम्पत्तिमाथिको अधिकारअन्तर्गत कृषिकर्म गर्ने महिलाको जमिनमाथि पूर्ण स्वामित्व कायम गरिनुपर्दछ । ज्याला र श्रममा पुरुषसरह समान अधिकार लागु हुनुपर्दछ ।

    ३. महिलाको कृषि उत्पादनको बजारीकरणको व्यवस्था खुल्ला बजारभन्दा राज्यद्वारा नै व्यवस्था गरिनुपर्दछ ।

    ४. महिला कृषिकर्मीको व्यवसायमा भइरहेको राज्य र पुरुष समाजको उपेक्षित व्यवहार बन्द गरिनुपर्दछ । मल, बिउ, सिँचाइ, प्राविधिक, आधुनिक प्रविधिको सहजीकरणका लागि सरकारका सम्पूर्ण अङ्गहरूमा महिलाका लागि छुट्टै पाइलट प्रोजेक्ट राज्यद्वारा सञ्चालित हुनुपर्दछ ।

    ५. महिलाको कामको घण्टा (वर्किङ आवर) को वैज्ञानिक मूल्याङ्कन गरी तिनीहरूलाई ८ घण्टा काम, ८ घण्टा आराम र ८ भण्टा मनोरञ्जनको सिद्धान्त लागु हुनुपर्दछ । किनभने बिहानैदेखि घरपरिवारको व्यवस्थापन, दिउसो कृषिकर्म, बेलुकी ९/१० बजेसम्म घरपरिवार र श्रीमानको पनि व्यवस्थापन महिलाहरूले नै गरिरहेको अवस्था छ । सरकारी कृषि तथा पशुपन्छी मन्त्रालय, भूमिसुधार मन्त्रालय, गरिबी निवारण मनत्रालय संस्था राज्यका अङ्गहरूमा महिला किसानको अलग कार्यक्रम बनाइनुपर्दछ ।

    ६. कृषि महिलाको उत्पादनको स्वामित्वको अधिकारको व्यवस्था हुनुपर्दछ ।

    ७. महिलाको स्वास्थ्य राज्य र पुरुष समाजबाट प्राथमिकतामा नरहेको अवस्था छ । तिनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिने, प्रजनन अवस्था (सुत्केरी उपचार, सुत्केरी भत्ता, सुत्केरी विदा आदि) लाई पूर्ण सहुलियत व्यवहारमा लागु गराउनुपर्दछ ।

    ८. मुक्त कमलरी, भूमिहीन, एकल महिला, पिछडिएका जाति, जनजाति महिलाको कृषिकर्मको सम्पूर्ण दायित्व राज्यले जिम्मेवारी लिनुपर्दछ ।

    ९. महिलामाथिको धार्मिक, रूढीवादीजस्ता सम्पूर्ण लैङ्गिक हिंसा बन्द गर्ने कडा कानुन बनाउनुपर्दछ ।

    १०. कृषि महिलामाथिको सम्पूर्ण विभेदकारी कानुन हटाई महिलामैत्री कानुन निर्माण गरिनुपर्दछ ।

    माथिका महिला किसानका प्रतिनिधिमूलक समस्या र समाधानका बुँदाहरू प्रस्ताव गरेको छु । यसबाहेक यस अन्तक्र्रियाबाट आउने सुझावसमेत समावेश गरी किसान महिलाको समस्याहरूको समाधानका लागि एकीकृत गरी समाधानका लागि दबाब र आन्दोलन गर्न सबै किसान महिलाहरू एक हुन आह्वान गर्दछु ।

    अन्तमा अतिथिलगायतका सबै उपस्थित महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

    जय देश, जय किसान !

    शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.