काठमाडौं । नेपाललाई आज भारतीय कम्पनीले दुई सेट रेल हस्तान्तरण गर्दैछ । जनकपुर–जयनगर चल्ने रेल आज (शुक्रबार) नेपाल आइपुग्दैछ ।
Advertisement
नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्र ती रेलको तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । फोटोमा नेपाली रेल आकर्षक देखिएको छ ।
भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो ।
२ वटा रेलगाडी नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।
यो पनिः जयनगर स्टेशनमा आइपुग्यो नेपालमा चल्ने रेल






