काठमाडौं । भारत सरकारका एकजना केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले राजीनामा दिएकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले किसान विरोधी विधेयक ल्याएको भन्दै शिरोमणि अकाली दलकी नेत्री कौरले मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
हरसिमरतको राजीनामा तीन अध्यादेशको विरोधमा रहेको बीबीसी हिन्दीले जनाएको छ यी तीन अध्यादेश हुन्ः उत्पाद, व्यापार र वाणिज्य (सम्वर्धन र सुविधा) अध्यादेश २०२० किसान सशक्तीकरण र संरक्षण अध्यादेश र आवश्यक वस्तु (संशोधन) ।
शिरोमणि अकाली दल लामो समयदेखि बीजेपी को सहयोगी पार्टी रहेको थियो ।
अकाली दलका प्रमुख सुखबीर सिंह बादलको भनाई छ कि उनको पार्टीलाई यी अध्यादेशलाई लिएर सम्पर्क गरिएन । जबकि हरसिमरत कौरले यसप्रति आपत्ति जनाएकी थिइन् र भनेकी थिइन् कि, ‘पंजाब र हरियाणाका किसान यसमा खुशी हुने छैनन् ।’
मन्त्री पदबाट राजीनामा दिएपछि हरसिमरत कौर बादलले ट्वीट गरेकी छन्, ‘मैले केन्द्रीय मन्त्री पदबाट किसान विरोधी अध्यादेश र विधेयकको विरुद्ध राजीनामा दिएकी छु । किसानकी छोरी र बहिनीको रुपमा उनको साथ रहँदा गर्व गर्छु ।’