डबल बोगटी, धनगढी ।
समाचारको विषयलाई लिएर दिनेश एफएमका पत्रकारमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
Advertisement
बिहीबार बिहान साढे नै बजेदेखि हातमा कालोपट्टि बाँधेर प्रशासनको गेट अगाडि एक घण्टा धर्ना दिएका हुन् । भोलि असोज २ गते पनि सञ्चार सामग्रीसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र प्रदर्शन गर्ने कार्यक्रम तय भएको नेपाल पत्रकार महासंघ कैलाली शाखाले जनाएको छ ।
जिप्रका कैलालीको हिरासतमा रहेका एक व्यक्तिको मृत्युको विषयलाई लिएर प्रकाशित समाचारको बिषयमा गत भदौ २६ गते एक समुहले दिनेश संचार गृहमा प्रवेश गरी पत्रकार माथि आक्रमण गरेको थियो ।
प्रहरीले आक्रमणमा संलग्न दुईजना पक्राउ गरेको र अन्यको खोजी कार्य भइरहेको जनाएको छ ।
यो पनिः पत्रकारमाथि आक्रमण गर्ने अखिलका दुई नेता निलम्बित