धनगढी । समाचारको विषयलाई लिएर दिनेश एफएमका पत्रकारमाथि कुटपिट गरेको आरोपमा सत्तारुढ दल नेकपा निकट अनेरास्ववियूले दुई नेतालाई कारबाही गरेको छ ।
Advertisement
अनेरास्ववियू कैलालीले जिल्ला सदस्यद्वय प्रमोद खड्का र कुबेर खड्कालाई आक्रमण मुद्दा किनारा नलागेसम्म संगठनबाट निलम्बन गरेको हो ।
अखिलका जिल्ला संयोजक कुमार बडैला र सह संयोजक समिर जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा उनीहरु दुवै जनालाई निलम्बन गरिएको उल्लेख छ ।
खड्काद्वय धनगढी उप महानगरपालिका ५ का बासिन्दा हुन् । केही दिन अघि धनगढीस्थित दिनेश सञ्चार गृहमा प्रवेश गरी युवाहरुको एक समूहले पत्रकारमाथि आक्रमण गरेको थियो ।
यो पनिः
महासंघको मिसन टोली कैलाली जाँदै