काठमाडौं । नेपाल पत्रकार महासंघले कैलालीमा पत्रकारमाथि भएको कआक्रमणबारे अध्ययन गर्न मिसन टोली पठाउने भएको छ ।
महासंघले बुधबार विज्ञप्ति प्रकासित गरी धनगढीस्थित दिनेश एफएमका पत्रकारमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्न मिसन टोली पठाउने जनाएको छ ।
महासंघका महासचिव महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी हुनेछन् ।
टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
प्रहरी हिरासतमा एक युवकले आत्महत्या गरेको विषयमा प्रसरित समाचारलाई लिएर युवाहरुको एक समूहले दिनेश एफएमको कार्यालयमै प्रवेश गरी पत्रकारहरुमाथि हातपात तथा दुर्व्यवहार गरेको थियो ।