काठमाडौँ । विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड नाघेको छ । २०७७ असोज १ गते बिहान ७ बजेसम्म विश्वभरिको कुल सङ्क्रमितको सङ्ख्या ३ करोड २३ हजार ३६२ पुगेको हो ।
कोरोना सङ्क्रमणको लाइभ अपडेड दिइरहेको वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म विश्वभरि ९ लाख ४४ हजार ६३७ जनाको मृत्यु भएसकेको छ भने २ करोड १७ लाख ७६ हजार ५८२ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख पाँच हजार २२० जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यस्तै, यस अवधिमा थप ६ हजार १५० को मृत्यु भएको थियो ।
कुल सङ्क्रमितको तथ्याङ्कमा सबैभन्दा बढी सङ्क्रमित एसिया महादेशमा छन् । यहाँ अहिलेसम्म ८९ लाख ७१ हजार ९ जना कुल सङ्क्रमित छन् भने कुल मृतकको सङ्ख्या १ लाख ६९ हजार ८८७ छ । एसियामा हालसम्म ४० लाख २२ हजार ४९ जना निको भएर घर फर्केका छन् ।
दोस्रो स्थानमा उत्तर अमेरिका छ । यहाँ हालसम्म ८१ लाख ३० हजार ६०१ जना सङ्क्रमित पुगेका छन् भने हालसम्म २ लाख ९३ हजार ६८५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा हालसम्म ४१ लाख ३ हजार ९० जना निको भएर घर फर्केका छन् ।
तेस्रो स्थानमा दक्षिण अमेरिका छ । यहाँ अहिलेसम्म ७२ लाख ९१ हजार ७१४ जना कुल सङ्क्रमित रहेका छन् भने मृतकको कुल सङ्ख्या २ लाख ३२ हजार ६५१ पुगेको छ । दक्षिण अमेरिकामा हालसम्म ३७ लाख २० हजार ३१२ जना निको भएर घर फर्केका छन् ।
चौथो स्थानमा युरोप महादेश देखिएको छ । यहाँ हालसम्म ४२ लाख १८ हजार ९६२ जना कुल सङ्क्रमित रहेका छन् भने मृतकको सङ्ख्या २ लाख १४ हजार २३५ रहेको छ । युरोपमा हालसम्म ८ लाख ९० हजार ११४ जना निको भएर घर फर्केका छन् ।
पाँचौँ स्थानमा अफ्रिका छ । यहाँ हालसम्म सङ्क्रमितको सङ्ख्या १३ लाख ८० हजार पुगेको छ भने मृतकको सङ्ख्या ३३ हजार ३०५ । अफ्रिकामा हालसम्म ५ लाख ८४ हजार १९५ जना निको भएर घर फर्केका छन् ।
छैटौँ स्थानमा अस्ट्रेलिया महादेश रहेको छ । यहाँ हालसम्म ३० हजार २५४ जना कुल सङ्क्रमित पुगेका छन् भने मृतकको सङ्ख्या ८५९ रहेको छ । अस्टे«लियामा हालसम्म २३ हजार ७२६ जना निको भएर घर फर्केका छन् ।
विश्वभरि एकल देशको तथ्याङ्क हेर्ने हो भने सङ्क्रमितमा प्रथम स्थान अमेरिकाको छ । त्यहाँ आज बिहान ६ बजेसम्म ६८ लाख २६ हजार १५१ सङ्क्रमित छन्, २ लाख १ हजार २७८ जनाको मृत्यु भएको छ भने ४१ लाख ३ हजार ९० जना निको भएर घर फर्किसकेका छन् ।
दोस्रो स्थानमा भारत छ । त्यहाँ अहिलेसम्म ५१ लाख १५ हजार ८९३ कुल सङ्क्रमित पुगेका छन्, ८३ हजार २३० जनाको मृत्यु भएको छ भने ४० लाख २२ हजार ४९ जना निको भएर घर फर्किसकेका छन् । हिजो मात्रै भारतमा थप ९७ हजार ८५९ जना नयाँ सङ्क्रमित र १ हजार १३९ जना मृतक थपिएका छन् ।
ब्राजिल सङ्क्रमितको तथ्याङ्ममा तेस्रो स्थानमा छ । यहाँ ४४ लाख २१ हजार ६८६ कुल सङ्क्रमित छन्, १ लाख ३४ हजार १७४ को मृत्यु भएको छ भने ३७ लाख २० हजार ३१२ जना निको भएका छन् ।
त्यस्तै, सङ्क्रमितको सङ्ख्यामा रुस चौथो स्थानमा पुगेको छ । त्यहाँ हालसम्म १० लाख ७९ हजार ५१९ जना कुल सङ्क्रमित, १८ हजार ९१७ जना मृतक रहेका छन् भने निको भएर घर फर्किनेको सङ्ख्या ८ लाख ९० हजार ११४ रहेको छ ।