प्रकाश थापा मगर
काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढेको बढ्यै छ । हिजो सेप्टेम्बर ९ का दिन मात्रै त्यहाँ ९५ हजार ५२९ जना नयाँ सङ्क्रमित देखिएका छन् । यससँगै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।
वल्ड्रोमिटर्सका अनुसार हिजो मात्रै १ हजार १६८ जनाको थप मृत्यु भएको छ । यससँगै त्यहाँ हालसम्मको मृतकको सङ्ख्या ७५ हजार ९१ पुगेको छ ।
हालसम्म त्यहाँ ३४ लाख ६६ हजार ८१९ जना सङ्क्रमण निको भएर घर फर्किसकेका छन् । सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमित ९ लाख २१ हजार ५५ जना रहेका छन् । त्यसमध्ये ९ हजार ९४४ जना गम्भीर अवस्थामा रहेको बताइएको छ ।
पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्ने हो भने भारतमा सङ्क्रमित र मृतकको सङ्ख्या सामान्यतः स्थीर रहेको देखिन्छ ।
सङ्क्रमितको तथ्याङ्क हेर्दा त्यहाँ सेप्टेम्बर ८ मा ८९ हजार ८५२, सेप्टेम्बर ७ मा ७५ हजार २२, सेप्टेम्बर ६ मा ९१ हजार ७२३, सेप्टेम्बर ५ मा ९० हजार ६००, सेप्टेम्बर ४ मा ८७ हजार ११५ र सेप्टेम्बर ३ मा ८४ हजार १५६ जना सङ्क्रमित नयाँ थपिएका थिए ।
त्यसैगरी, मृतकको तथ्याङ्कमा जाने हो भने सेप्टेम्बर ८ मा १ हजार १०७ जना, सेप्टेम्बर ७ मा १ हजार १२९ जना, सेप्टेम्बर ६ मा १ हजार ८ जना, सेप्टेम्बर ५ मा १ हजार ४४ जना, सेप्टेम्बर ४ मा १ हजार ६६ जना र सेप्टेम्बर १ हजार ८३ जनाको दैनिक मृत्यु भएको देखिन्छ ।
हेर्नुहोस् विश्वमा सङ्क्रमित १० देशको अवस्था :
