काठमाडौं । फ्रान्समा एक वृद्ध व्यक्तिले झिंगा मार्न खोज्दा घरै जलेको छ । घटना दोदर्न भन्ने ठाउँको हो ।
Advertisement
करिब ८० वर्षका ती व्यक्ति जब साँझको खाना खाँदै थिए, एउटा माखाले भुनभनाएर उनलाई सतायो । त्यसपछि उनले लामखुट्टे, कीरा मार्ने इलेक्ट्रोनिक रकेट उठाएर माखा मार्ने प्रयास गरे ।
तर उनको घरमा ग्यास लिक भइरहेको थियो । इलेक्ट्रोनिक रकेटलाई हावामा चलाउने क्रममा विस्फोट भयो ।
विस्फोटबाट उनको भान्छा घर र छतमा काफी नोक्सान भयो ।