• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

गुणस्तरहीन स्यानिटाइजर र मास्कको प्रयोगले स्वास्थ्यमा खतरा


  •   बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
  • सान्ति दाहाल

    Advertisement

    अहिले विश्वभर कोरोना भाइरसको महामारीको कहर छ। विश्वभरका वैज्ञानिकहरु कोरोनाबाट जोगिन औषधीको खोजमा लागिपरेका छन्। तर अहिलेसम्म यसको औषधी तथा सिरिन्ज बनाउन सकिएको छैन। अब यस्तो अवस्थामा दुईवटा कुराले तपाइ हामीलाई कारोनाबाट जोगाउन सक्छ। पहिलो स्यानिटाइजर, दोस्रो मास्क। त्यसैले प्रत्येकले आफुसँग स्यानिटाइजर र मास्क अनिवार्य राख्नुपर्ने हुन्छ।

    स्यानिटाइजर र मास्क कोरोना भाइरसबाट जोगाउने मजबुद हतियार हुन्। स्यानिटाइजरको प्रयोग दिन प्रतिदिन बढ्दै गएपछि कमसल खालको स्यानिटाइजर पनि बजारमा आउन थालेको छ। यस्तै मास्क पनि कम गुणस्तरिय बजारमा आएको छ। कमसल खालका स्यानिटाइजर र मास्कले कोरोना भाइरसबाट जोगाउन सक्दैन। हालै भारतको मुम्बईमा कन्जुमर गाइडेन्स सोसाइटी अफ इन्डियाले गरेको १२२ किसिमको स्यानिटाइजर संकलन गरी त्यसको परिक्षण गरेको थियो।

    जसमध्ये ५० प्रतिशत नक्कली पाइयो। ति स्यानिटाइजरमा मेथेनाल जस्तो विशालु रासायनिक पदार्थ धेरैभन्दा मिसावट गरेको पाइएको छ। जुन स्यानिटाइजर प्रयोग गरेर तपाइ हामी ढुक्क हुँदै छौँ त्यही स्यानिटाइजर हानिकारक रासायनिक पदार्थ मिसावट गरिएकै कारण हामी अस्वस्थ हुने खतरा बढेको छ। स्यानिटाइजर बनाउन आवश्यक पदार्थ प्रयोग नगरिकनै विभिन्न रासायनिक पदार्थ आफ्नै ढंगले मिसाएर उत्पादन गर्ने गरेको पाइएको छ।

    मुम्बईमा नमूना जाँच गर्दा एउटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजर त कोरोना भाइरसको कुरै छोड्नुहोस अरु कुनै पनि भाइरस मार्न सक्ने समेत थिएन। ३७ प्रतिशत स्यानिटाइजर कामै नलाग्ने थियो। चार प्रतिशत स्यानेटाइजरमा विशालु मिथेलोन प्रयोग गरिएको थियो। ति स्यानिटाइजरका कम्पनीहरुले ७० देखि ९५ प्रतिशत एथेलान अर्थात अल्कोहलको प्रयोग गरेको दावी गरेका थिए।

    तर यथार्थमा परीक्षणका क्रममा १८ देखि ६५ प्रतिशत मात्र अल्कोल प्रयोग गरेको पाइएको थियो। मिथेनालले मानिसलाई बेहोस समेत पार्न सक्छ। श्वास फेर्न मुश्किल हुन्छ। लामो समयसम्म यसको प्रयोग गरेमा ज्यान पनि जान सक्छ। भारतमा नाफा कमाउनका लागि मात्र गुणस्तरहीन स्यानेटाइजर अत्यधिक मात्रामा उत्पादन गरिरहेको पाइएको छ। उनीहरु नक्कली स्यानिटाइजर पर्याप्त मात्रामा उत्पादन गरी बजारमा पठाइरहेका छन्। यसलाई अर्को अर्थमा यसरी पनि बुझ्न सकिन्छ की स्यानिटाइजर उत्पादन गर्नेहरु विशालु पदार्थ बिक्री गरिरहेका छन्।

    यस्तै अवस्था मास्कको पनि छ। रोना भाइरसको महामारी बढेसँगै विश्वभर मास्क उत्पादनमा पनि वृद्धि भएको छ। तर सवै मास्क गुणस्तरीय भने छैनन्। स्यानिटाइजर र मास्क बनाउने कम्पनिको संख्या सवै देशमा ह्वात्तै बढेको छ। तर पैसो कमाउने उद्देश्यले यसको गुणस्तरीयतामा भने ध्यान दिएको पाइन्न। एउटा व्यक्तिले यदी गुणस्तरीय र भरपर्दो मास्क लगाएको छैन भने त्यसको असर उ स्वयमलाई मात्र पर्दैन की उसको सम्पर्कमा आउने सबैलाई त्यसले असर गरिरहेको हुन्छ।

    जसरी एउटा व्यक्ति रक्सी खाएर गाडी चलाउँछ, उसले आफुलाई मात्र होइन त्यो गाडीमा यात्रा गरिरहेका सबैलाई जोखिममा पार्दछ। यसरी नै नक्कली मास्कको प्रयोगले सबैलाई खतरामा पारीरहेको हुन्छ। गुणस्तरीय मास्क अर्थात कोरोना भाइरस फैलिनबाट रोक्ने मास्क प्रयोग गरेको खण्डमा विश्वभर लाखौँ मानिसलाई बचाउन सकिन्छ। लापरबाही गरेमा ठूलो चुनौती आउन सक्छ।

    अमेरिकाको वासिंगटन विश्वविद्यालयका एक अनुसन्धानकर्ताका अनुसार यदि भारतमा गुणस्तरीय मास्कलाई मात्र ध्यान दिने हो भने यस वर्षको डिसेम्बर महिनासम्ममा ६ लाख मानिसको ज्यान बचाउन सकिन्छ। यसको संक्रमणको गति ४० प्रतिशतले कम गर्न सकिन्छ। भारतमा अहिले ३६ लाख मानिसमा कोरोना भाइरस संक्रमण फैलिएको छ। झण्डै ६६ हजार व्यीक्तको कोरोनाबाट ज्यान गइसकेको छ।

    यति धेरै मानविय क्षति हुँदा पनि भारतमा गुणस्तरीय स्यानिटाइजर र मास्कको उत्पादनमा सजकता अपनाउन सकिएको छैन। पैसोमा मात्र आर्जन गर्ने उद्देश्यले कमसल स्यानेटाइजर र मास्क उत्पादन भइरहेको छ। लापरवाहीले कतीसम्म असर गर्छ भन्ने यि विभिन्न अनुसन्धानले देखाउँछ। कोरोना भाइरसको भ्याक्सिन (सुई) पाउन लामो समय लाग्ने देखिन्छ। कोरोना महामारीबाट बच्ने सबैभन्दा बलियो हतियार भनेको गुणस्तरीय मास्क र स्यानेटाइजर मात्र हो। अहिले मानिसले होइन स्यानीटाइजर र मास्कले कोरोना भाइरससित युद्ध लडिरहेको छ। विश्वभरका मानिसले यो कुरालाई मनन गर्नु जरुरी छ।

    स्यानिटाइजरमा बढी मात्रामा मेथेनाल त छैन रु अनी स्यानिटाइजरमा इथेनाल छ कि छैन भन्ने कुराको ख्याल अनिवार्य रुपमा गर्नुपर्ने देखिन्छ। जुन स्यानिटाइजरमा इथेनाल हुँदैन त्यसले काम गर्दैन। स्यानिटाइजर कुनै चिसो ठाउँ र बालबालिकाहरुको पहुँचबाट टाढै राखौँ।

    यदी तपाईको परिवारमा कसैले मेथेनाल मिसावट गरेको स्यानिटाइजर प्रयोग गरिरहेको छ भने उसको हेरबिचार गर्नुस। यदी उसको टाउको दुख्ने, रिँगाटा लाग्ने, पेट दुख्ने वा वान्ता आयो भने उसलाई तुरुन्त डाक्टरलाई देखाउनुस। कुनै व्यक्तिको छाला, मिर्गौला र फौक्सोमा समस्या छ भने त्यो व्यीक्तले स्यानिटाइजर प्रयोग गर्दा निकै सावधानी अपनाउनु जरुरी छ।

    बुधबार, भदौ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.