हुम्ला । सत्तारुढ दल नेकपाको बैठकमा वडाअध्यक्ष कुटिएका छन् । अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता÷कार्यकर्ताले मुक्का हानेका हुन् ।
Advertisement
बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने आफूमाथि हातपात भएको वडाअध्यक्ष थापाले बताउनुभयो ।
स्थानी जनकल्याण आधारभूत विद्यालयमा भएको बैठकमा कार्यकर्ताले ‘तिमि सत्ताको भत्ताले मातेका वडाअध्यक्ष’ भन्दै एक्कासी मुक्का हानेका थिए ।