काठमाडौं । अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका आँधीका कारण अमेरिकाको लुइजियाना राज्यमा जनधनको क्षति भएको समाचार प्राप्त भएको छ ।
Advertisement
लरा नामको सो आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने लुइजियानाको एक नगरस्थित रसायन कारखानामा आगलागी भएको छ ।
झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्याएको अनुमान गरिएको छ । क्षतिको आकलन भइरहेको बताइएको छ ।
बीबीसीका अनुसार ५ लाख घरमा बिजुली बन्द भएको छ । तर अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी आएन । आँधी पूर्वतर्फ लागेको छ ।