• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मानवमुक्ति


  •   सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    समाजका हरेक व्यक्तिले निश्चित विश्वदृष्टिकोणसहित काम गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो मुक्तिका लागि काम गर्छन् । तर मुक्ति कसरी हुन्छ ? यस विषयमा परस्पर विरोधी धारणा त हुन्छन् नै, तर त्यसलाई गोलमटोल पार्ने, अन्यौलग्रस्त अवस्थामा पनि आफ्ना गतिविधि अगाडि बढाइरहेका हुन्छन् ।

    धर्म र आदर्शवादी दृष्टिकोणअनुसार अघिल्लो जुनीमा गलत काम गरेको हुनाले दुःखकष्ट बेहोर्नुपरेको हो । यो जुनीमा ईश्वरको, धनीको, राजाको, नेताको आदि सम्पन्न व्यक्तिको सेवा नगर्ने हो भने अर्को जुनी नर्कमा परिन्छ अथवा दुःखकष्ट बेहोर्नुपर्छ । त्यसकारण जतिसुकै अन्याय सहेर भए पनि अर्को जुनी बिगार्नुहुन्न । यस्तो किसिमको उद्देश्यले देवताको पूजा गर्न, जग्गेजाति गर्ने काम गर्नतिर प्रेरित गर्छ । तर दैनिक व्यवहारमा त्यसले मेल खान्न ।

    समस्या त खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारका हुन् । त्यसका लागि कडा परिश्रम गर्नुपर्छ र शोषकको लोभलाग्दो जीवनशैलीले गर्दा आफू र आफूसरहका वा कमजोर आर्थिक हैसियत भएकालाई निर्मम शोषण गर्नेतिर सम्पूर्ण प्रयत्न गर्ने योजना बन्छ । त्यो उद्देश्यले पनि उनीहरूको जीवन र मुक्तिलाई गोलमटोल पारिदिन्छ । व्यवहारसँग मेल खान्न । उनीहरूको विरोध सम्पन्नवर्गका विरुद्ध केन्द्रित गर्न समस्याले बताउँछ । उनीहरूलाई गरिबको शोषण गर्न सम्पन्न वर्गका व्यक्तिले अथवा धर्मले लगाउँछ । त्यसैले उनीहरूको जीवन अन्यौलग्रस्त उद्देश्यसहित अगाडि बढ्छ । अन्तमा दुःखकष्ट सहने क्षमताको वृद्धि गरेर नै उनीहरूको गतिविधि निर्देशित भएका हुन्छन् । कडा मिहिनेत गर्छन् । धनीको लोभलाग्दो जीवनशैलीका लागि अर्को जुनीसम्म पर्खने योजना बनाउँछन् र दुःखकष्ट सहन्छन् ।

    मुक्तिको विषयमा वर्गीय हैसियतअनुसार परस्पर विरोधी दुई दृष्टिकोण हुन्छन् । सम्पन्न वर्गको मुक्तिका लागि बढीभन्दा बढी शोषण गर्ने नै उनीहरूको उद्देश्य हुन्छ । आफ्ना नाममा धेरै र ठुला–ठुला उद्योग र जग्गाजमिन दर्ता गरेर हजारौँ मजदुरलाई काममा कजाउन पाउने, आफूले केही काम गर्नुनपर्ने, आफ्नो जीवनशैली उच्च प्रकारको बनाउने, संसारभर ऐशआरामका साथ भ्रमण गरिरहने, उच्च विलासी जीवन जिउने र कामदारमाथि कडा शासन चलाउन पाउने भए आफू मुक्त भएको सम्झने उद्देश्यसहित आफ्ना गतिविधि अगाडि बढाउँछन् । तर हजारौँहजार श्रमजीवी वर्गको मुक्ति त्यसको ठिक विपरीत संसारमा कुनै मान्छेले अर्को मान्छेलाई शोषण गर्न नपाएको अवस्था, सबै मान्छे समान भएको अवस्था र उत्पादनका साधन सबै सामूहिक भएको अवस्था नै श्रमजीवी वर्गको मुक्तिको अवस्था हो । संसारका सबै मान्छेले प्रकृति विरुद्ध मात्र सङ्घर्ष गर्नुपर्ने र गर्न पाउने अवस्था हो । मान्छे–मान्छेबिच मायाप्रेम र सद्भावको व्यवहार गर्न पाएको अवस्था हो । त्यसका लागि सबैले योग्यतानुसार काम गर्ने र कामअनुसार मात्र नभई आफ्नो आवश्यकतानुसार ज्याला पाउने अवस्था हो । एउटाको अवस्था र आवश्यकता अर्कोले बुझ्न नपाउने र बुझ्न सक्ने अवस्था हो । आफ्नो इच्छानुसारको, क्षमतानुसारको र आवश्यकतानुसारको योग्यता विकास गर्नका लागि कुनै बाधा–अडचन नहुने अवस्था हो । कसैले आफूलाई ठुलो सम्झने र कसैले आफूलाई सानो सम्झने नभएको अवस्था हो ।
    प्रकृति विरुद्धको सङ्घर्षमा सम्पूर्ण मानवको योग्यता र क्षमताको प्रयोग गर्न पाउने हो भने सजिलैसित मानव जीवन उच्च अवस्थामा पुग्न सक्छ । त्यो उद्देश्य तब मात्र पूरा हुन सक्छ, जब ज्याला खाने मान्छेले नाफा खाने मान्छेमाथि शासन गर्न पाउँछ ।

    जहाँसम्म शासन–प्रशासनको कुरा छ, त्यो राज्यसत्तामार्फत सञ्चालन गर्ने काम हो । राज्यसत्ता ठुलो सङ्गठित शक्ति हो । त्यसका केही खास–खास कमजोरी हुन्छन् ।

    पहिलो कमजोरी नियम–कानुन बनाउने र ती नियम–कानुन जनतका बिच लागु गर्ने दुवैमा निर्वाचित प्रतिनिधि हुँदैनन् । त्यसले गर्दा नियम–कानुन सही तरिकाले लागु हुँदैनन् । निर्वाचित प्रतिनिधिले नियम–कानुन बनाउँछन् । ती नियम–कानुनलाई व्यवहारमा लागु गर्ने प्रहरी र कर्मचारी हुन्छन्, जो निर्वाचित प्रतिनिधि होइनन् ।

    दोस्रो कमजोरी राज्यसत्तामा चार वटा शक्ति समावेश हुन्छन् । तिनीहरूमध्ये प्रमुख शक्ति सेना हो, जुन हातहतियारले सुसज्जित हुन्छ । त्यो निर्वाचित शक्ति पनि होइन, त्यसले जनताको पक्षमा काम पनि गर्दैन ।

    तेस्रो कमजोरी राज्यसत्तामा निर्वाचित प्रतिनिधि आफै अल्पमतमा हुन्छन् । परम्परागत राज्यसत्तामा निर्वाचित प्रतिनिधि मिसिन जाने हुनाले उनीहरूको आफ्नो छुट्टै अस्तित्व हुन सक्दैन । अरू गैरनिर्वाचित शक्तिको उद्देश्यमा सही थाप्न निर्वाचित प्रतिनिधि बाध्य हुन्छन् ।

    चौथो कमजोरी वर्तमान चुनाव गर्ने र प्रतिनिधि विजय गराउने तरिका सही छैन । सर्वसाधारण जनताको छोराछोरी चुनावी प्रतिष्पर्धामा सामेल हुन र विजयी बन्न सक्दैनन् । पहिलो खर्चका कारणले, दोस्रो पार्टीको कारणले र तेस्रो त्यही राज्यसत्ताको सङ्गठित स्वरूपका कारणले । चुनाव खर्चिलो छ । चुनावमा नाफा कमाउने उद्देश्य भएका व्यक्तिले मात्र उम्मेदवारलाई जिताउन लगानी गर्छन् । सर्वसाधारण जनताको प्रतिनिधि राज्यसत्ताको पहुँचमा पनि हुन्न र पुँजी भएका व्यक्तिले उसमाथि लगानी पनि गर्दैनन् । सर्वसाधारण जनताले आफ्नो पार्टी बनाउन सक्दैनन् । जनताका बिच गएर आफ्नो समर्थन पार्टीले जुटाए पनि पार्टीमा सर्वसाधारण जनताभन्दा सचेत, सङ्गठित र अनुशासित व्यक्ति नै हुन्छन् र उनीहरूले नै जनताको पक्षमा वा जनताको विपक्षमा काम गर्ने हो । तिनै सचेतमध्येका कार्यकर्तालाई पार्टीले उच्च वा निम्न गरी वा गराई मूल्याङ्कन गर्ने हो । राज्यसत्तामा धनी, सम्पन्न र शोषक वर्गको मात्र पहुँच हुन्छ, सर्वसाधारण जनताको पहुँच हुन्न । सर्वसाधारण जनताका छोराछोरी सेनामा, प्रहरीमा, कर्मचारीमा सामेल भएको भए पनि शोषकवर्गका अब्वल दर्जाका व्यक्तिको मात्र नेतृत्व हुन्छ । धनी, सम्पन्न र शोषक वर्गको अब्वल प्रतिनिधि नभएसम्म नेतृत्वमा जान सक्दैनन्, अनुयायी मात्र हुने हो ।

    राज्यसत्ताको पाँचौँ कमजोरी संसदीय व्यवस्था नेपालको लागि नयाँ भए पनि संसारभरिको हिसाबले पुरानो र थोत्रो व्यवस्था हो । सामन्ती व्यवस्था विरुद्धको क्रामबेलको नेतृत्वमा चलेको आन्दोलन विजयी भएर सन् १६४० मा ब्रिटेनमा पहिलो पटक स्थापित संसदीय व्यवस्था हो । यो पुँजीपति वर्गको व्यवस्था हो । नाफा कमाउने उद्देश्यले प्रगतिशील भूमिका निर्वाह गरेको पुँजीवादी व्यवस्थाको विरोधले १८४८ को कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि मजदुर र किसानको विरोधी भएपछि पुँजीपतिले भन्दा संशोधनवादीले अडाएको पुरानो र प्रतिगामी व्यवस्था हो । यसले श्रमजीवी वर्गको नेतृत्व गर्दैन । समाजमा श्रमजीवी वर्गका व्यक्तिको अत्यधिक बढी सङ्ख्या छ ।

    मानव समाजको मुक्तिको मार्गमा सबैभन्दा ठुलो बाधक राज्यसत्ता हो । त्यसकारण परम्परागत राज्यसत्तामा आमूल परिवर्तन गरेर जनताको अथवा श्रमजीवी वर्गको पहुँच भएको राज्यसत्ता गठन गरेपछि मात्र जनताको मुक्ति अभियान सुरुवात हुन्छ । तर त्यो मुक्ति अभियानका नेता कम्युनिस्ट पार्टीका सदस्य भने पहिल्यै मुक्त भइसकेको हुनुपर्छ । त्यो भनेको जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम छाडेर जनतालाई सचेत र सङ्गठित पार्ने काममा लागेको हुनुपर्छ । त्यसका लागि दुई वटा काम एकैसाथ पूरा गर्नुपर्छ ः पहिलो काम श्रम गरेरै आफ्ना न्यूनतम आवश्यकता पूरा गर्नुपर्छ, दोस्रो काम समय बचाएर पार्टीले दिएको जिम्मा पूरा गर्न जनताको बिचमा पार्टीको काम गर्नुपर्छ । अध्ययन, प्रशिक्षण, सङ्घर्ष र तिरन्तरको प्रयत्न बिना क्रान्तिको जिम्मा पूरा नहुने भएकाले आफू सचेत र सतर्क भई अनुशासित हुनुपर्छ ।
    जनतालाई धर्मको नसा लागेको हुन्छ । आफ्नो मुक्तिको काम धर्मको विरोधबाट सुरु हुन्छ । आफ्नो अस्तित्व धर्मको विरोधीको रूपमा स्थापित गर्न नसक्ने व्यक्तिले कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न सक्दैन । सर्वसाधारण जनताले धर्म मान्ने, राजा मान्ने, नेता मान्ने—समग्रमा वर्तमान व्यवस्था मान्ने हुनाले त्यस्तो समाजमा कम्युनिस्ट पार्टीको सदस्य बन्न सजिलो छैन ।

    जनतालाई मुक्त पार्नेभन्दा पनि आफू मुक्त भएर आफ्नो योगदान थप्ने हो । अवसरवादीले जनपरिचालनमा मुख्य ध्यान दिन्छन् भने क्रान्तिकारीले विचारधाराको वास्तविकतामा बढी ध्यान दिन्छन् । हामीले गरेको काम सैद्धान्तिक र वैचारिक हिसाबले सही ठह¥याउने प्रयत्न क्रान्तिकारीको हो । त्यसैलाई लेनिनले ठोस अवस्थाको ठोस विश्लेषण बताएका छन् ।

    समाजमा एक्लै मुक्त हुन सकिन्न, मुक्त हुने सामूहिक कामले हो । सामूहिक कामको जिम्मा पूरा गर्न सङ्गठन चाहिन्छ । हामीले पूरा गर्ने जिम्मा सङ्गठनको एउटा सदस्यको हैसियतले हो । हामी एक्लै छैनौँ । हजारौँहजार श्रमजीवी वर्गमध्येको एउटा प्रतिनिधिको हैसियतमा छौँ भनेर आफू ढुक्क नभएसम्म हामीले तोकिएको जिम्मा पूरा गर्न सक्दैनौँ । त्यसो भनेको मुक्त हुन सक्दैनौँ भनेको हो । श्रम गर्ने, न्यूनतम आवश्यकता पूरा गर्ने र श्रम गरेर नै क्रान्तिको जिम्मा पनि पूरा गर्ने हो ।

    कम्युनिस्ट पार्टी सर्वहारा वर्गको नेतृत्वमा श्रमजीवी वर्गको प्रतिनिधि संस्था हो । कम्युनिस्ट पार्टीमा सबै सर्वहारा वर्गका मान्छे मात्रै हुन्छन् वा मजदुर–किसान मात्रै हुन्छन् भन्ने पनि होइन । तर सत्य कुरा के हो भने त्यो सर्वहारा वर्गको नेतृत्वमा गठन भएको किसान–मजदुर तथा श्रमजीवी बुद्धिजीवीको प्रतिनिधि संस्था भने पक्कै हो । त्यसैले स्टालिनले “पार्टीभित्रका सर्वहारा र पार्टीबाहिरका सर्वहाराबिच सुमधुर सम्बन्ध राख्न सक्दैन भने त्यो पार्टीले वर्गको प्रतिनिधित्व गर्न सक्दैन” भनेका छन् ।

    समाज परस्पर विरोधी शोषक र शोषित अथवा उत्पीडक र उत्पीडित वर्गमा बाँडिएको हुनाले मुक्ति वर्गसङ्घर्षबाट मात्र सम्भव छ । वर्गसङ्घर्ष वर्गले लड्ने लडाइँ हो । वर्गसङ्घर्षका लागि सङ्गठन चाहिन्छ । यो एक्लै लडेर हुने लडाइँ होइन । शोषकवर्गको शक्ति धनसम्पत्तिमा हुन्छ भने शोषितको शक्ति सङ्गठनमा मात्र हुन्छ । सर्वहारा वर्गले अन्य शोषित श्रमजीवीलाई आफ्नो कित्तामा समावेश गर्दै जानुपर्छ । शोषकको ठुलो सङ्गठित शक्ति राज्यसत्ता भएकाले सबैभन्दा पहिले राज्यसत्तामा आमूल परिवर्तन गरेर राज्यसत्ता सर्वहारा वर्गको नेतृत्वमा मजदुर–किसानले कब्जा गर्नुपर्छ ।

    जतिसुकै ठुलो र सङ्गठित शक्ति भनिए पनि जनताको शक्ति ९९ प्रतिशत र राज्यसत्ताको शक्ति एक प्रतिशत मात्रै हुन्छ । जनतामा शोषित–पीडित श्रमजीवी अत्यधिक धेरै सङ्ख्यामा हुन्छन् । त्यसकारण उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाएर आन्दोलनमा सहभागी बनाउन सक्ने हो भने सेनाको विस्तार पनि जनताका प्रतिनिधिबाटै सम्भव हुन्छ । जनताले चाहने हो भने र उनीहरूका साथ–सहयोगमा जनसेना, जनताका प्रतिनिधि कर्मचारी, जनताका प्रतिनिधि प्रहरी र जनताका नेता सबैलाई सङ्गठित पार्न सकिन्छ र मुक्त गर्न सकिन्छ ।
    मानवमुक्तिको बाधक व्यक्तिगत स्वामित्व हो । खेती गर्न, औद्योगिक सामान उत्पादन गर्न एउटाको प्रयत्नबाट नहुने, हजारौँ श्रमिकको आवश्यकता पर्ने, तर हजारौँ श्रमिक संलग्न भएर निर्माण गरेको वस्तु एउटाको स्वामित्वमा राख्ने व्यवस्था सही होइन । शोषणको जरा त्यहीँबाट सुरु हुन्छ । काम गराउने व्यक्तिले खाने नाफा काम गर्नेको शोषणबाट मात्र प्राप्त हुन्छ । नाफा भनेको शोषण हो भन्दै माक्र्सले त्यसलाई “कानुनी डकैती” समेत भनेका छन् । त्यसकारण काम गरेको ज्याला सबैले पाउनुपर्छ, नाफा खान कसैले पनि पाउनुहुन्न भन्ने पनि माक्र्सकै भनाइ हो ।

    अर्कोतिर, किसानको सानो–सानो छुट्टाछुट्टै व्यक्तिगत स्वामित्वको जग्गा अथवा सामन्तको धेरै क्षेत्रफलको व्यक्तिगत स्वामित्वको जग्गा भए पनि धेरै किसान परिवारमा बाँडिएको खेती गर्ने जग्गाका कारणले पनि सामूहिकतामा र उत्पादन वृद्धिमा बाधा पारिरहेको हुन्छ । किसान परिवारले धानखेती, मकैखेती, तरकारी खेती, फलफूल खेती, पशुपालन, कुखुरा पालन आदि सबै उत्पादन गर्ने मात्र होइन, बच्चा हुर्काउने, शिक्षा र स्वास्थ्यसमेतका समस्या व्यक्तिगत रूपमा नै गर्नुपर्ने हुनाले उत्पादनमा वृद्धि हुन नसकेको हो । त्यही जग्गालाई सामूहिकतामा लगेर उन्नत किसिमले उत्पादन गर्ने र श्रम विभाजन गरेर आफ्नो जिम्माको काम गर्दा उत्पादन र योग्यता, क्षमतासमेतको विकास गर्न सजिलो हुन्छ । गुणस्तरीय उत्पादन गर्न र धेरै उत्पादन गर्नसमेत सहकारीमा सहभागी गराएर मात्र सम्भव हुन्छ । त्यसबाट योग्यतानुसारको काम गर्न र कामअनुसारको दाम बुझेर आआफ्ना व्यक्तिगत खर्च टार्न सजिलो हुने मात्र होइन, एउटाले अर्काको शोषण गर्न नपाई मानवमुक्तिको यात्रासमेत अगाडि बढ्छ ।

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.