• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

धान नफलेपछि माडीका किसान चिन्तित

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ८. वेदकालीन समाज

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द


  •   सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
  • बाजुरा, १६ कात्तिक । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ ।

    Advertisement

    वषौँदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाइएको छ ।

    करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने पुलको अहिलेसम्म काम सुरु नहुँदा ठेक्का रद्द भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।

    विसं २०७८ माघ ११ गते बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्न बूढीगङ्गा नदीमाथि ‘मौरे पुल’ निर्माण गर्न ठेक्का सम्झौता भएको थियो ।

    महाकाली पुल योजना महेन्द्रनगरले काठमाडौँस्थित बिकोई बिल्डर्स प्रालिसँग रु १६ करोड २१ लाख ७८ हजार ६० मा २०८१ फागुनभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समय अवधि समाप्त भइसक्दा पनि काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

    यसपछि विवाद अदालत पुग्यो, अदालतले २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि अब पुल निर्माणको प्रक्रिया अघि बढेको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिनुभएको छ । बूढीगङ्ग नदीमाथि पुल नहुँदा वर्षायाममा पालिकाभर यातायात पूर्णरूपमा अवरुद्ध हुने गरेको र हिउँदमा जोखिमपूर्ण खोलामा यात्रा गर्नुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

    उहाँका अनुसार मौरे पुल केवल बूढीगङ्ग र त्रिवेणी जोड्ने भौतिक संरचना मात्र नभई, बडीमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको महत्वपूर्ण पूर्वाधार हो । नदीमाथि पुल निर्माण सम्पन्न भएमा बडीमालिका आवतजावतमा  सहज हुने उहाँले बताउनुभयो । वर्षौंदेखि अलपत्र अर्को पुल हो, सदरमुकाम नजिकै मार्तडी—घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठूलीसाँघु खोला ।

    उक्त खोलाको पुल र बूढीगङ्गा नदीमाथि निर्माण हुने भनिएको अलपत्र पुल महाकाली पुल योजना महेन्द्रनगरमार्फत एउटै प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सो पुलको महाकाली पुल योजना महेन्द्रनगरले तीन वर्ष (२०८१) भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्न रु १६ करोड २१ लाख रुपैयाँमा बिकोई बिल्डर्स प्रालि काठमाडौंले ठेक्का सम्झौता गरेको थियो ।

    खोलामा पुल नहुँदा बर्सेनि वर्षातको समयमा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले सास्ती खेप्दै आइरहेका छन् । महाकाली पुल योजना महेन्द्रनगरका सूचना अधिकारी शाहले दुवै खोलामा सँगै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण ठेक्का रद्द गर्नुपरेको  बताउनुभयो ।

    वर्षौंदेखि अलपत्र दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको थियो । पुलको अभावमा सम्बन्धित स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेको छ ।

    यसअघि निर्माण प्रक्रिया अघि बढाउने तयारीस्वरूप दुवै आयोजनास्थलमा प्राविधिक  खटाएर स्थलगत परीक्षण (साइट भेरिफिकेसन) समेत गरिएको थियो । जिल्लामा  विकास निर्माणका आयोजना ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र पर्ने समस्या व्याप्त छ ।

    जिल्लाका ग्रामीण सडक, पुल, भवनसँगै सुदूरपश्चिम प्रदेश सरकारका दुई सडकमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय अछामका अनुसार हरेक वर्ष सडक स्तरोन्नति तथा कालोपत्रका लागि छुट्याइएको बजेट निर्माण कम्पनीले समयमै काम नगर्दा खर्च हुन नसकी फिर्ता हुँदै आएको छ ।

    गत आर्थिक वर्ष २०८२/८३ मा मार्तडी–कोल्टी सडकमा २० करोड र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा १३ करोड ५० लाख बजेट फिर्ता भएको थियो । मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले लिएको छ भने खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको केएसएम केबिसी/तेज जेभी, धनगढी कैलालीले पाएको छ ।

    विकासका ठूला आयोजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर यहाँका नागरिकहरूको दैनिक जीवनमा परेको छ । सडक तथा पुल निर्माण नहुँदा यातायात सेवा प्रभावित हुने, उत्पादन बजारसम्म पु¥याउन कठिनाइ हुने र स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवामा पनि समस्या हुने गरेको स्थानीयहरूको गुनासो छ ।

    आयोजना अलपत्र पर्नुमा निर्माण व्यवसायीको ढिलासुस्ती, बजेट अभाव, प्राविधिक समस्या तथा सम्बन्धित निकायको निरन्तर अनुगमन, प्रभावकारी समन्वय अभावजस्ता कारण देखिने गरेका छन् । तर, आयोजना निर्माणको जिम्मा लिएका निकाय र निर्माण व्यवसायीलाई समयमै जिम्मेवार बनाउन नसक्दा समस्या दोहोरिँदै आएको छ ।

    विकासका नाममा बजेट विनियोजन मात्रै गर्नु पर्याप्त हुँदैन । विनियोजित बजेटअनुसार काम भए–नभएको नियमित अनुगमन, निर्माण व्यवसायीलाई जवाफदेही बनाउने र अधुरा आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने आवश्यक देखिन्छ ।

    सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?
    अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
    प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण
    यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी
    भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
    धान नफलेपछि माडीका किसान चिन्तित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    • २.
      अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    • ३.
      भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

    • ४.
      प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

    • ५.
      यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

    • ६.
      भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

    • ७.
      धान नफलेपछि माडीका किसान चिन्तित

    • ८.
      कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.