काठमाडौं । ललितपुरमा प्रहरीले पैदल हिँड्न समेत नदिएको भन्दै आक्रोशित दुई युवाले प्रहरीमाथि नै हातपात गरेका छन् । ललितपुरको बालकुमारी पुलमा हिँड्दै गरेको अवस्थामा ड्युटीमा खटिएका प्रहरीले रोक्न खोजेपछि हातपात गरेका हुन् ।
Advertisement
प्रहरीले हातपातमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–३ घर भएका २५ वर्षीय नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।