• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रक्तिमको नयाँ आयाम रचना वाचन


  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा

    Advertisement

    केही दिनअघिको कुरा हो । म घरको छतमा बसेर वारिपारिका डाँडापाखा, अग्ला तर काला पहाडमा सेता कुहिरोको धर्सा, अनि कोभिड–१९ को कारण सिल गरिएको नजिकैको सुनसान खलङ्गा बजारलाई नियाँल्दै एक विशेष कल्पनाको गहिराइमा डुबिरहेको थिएँ । ठिक त्यसै बेला एक्कासी मेरो पाइन्तको गोजीमा रहेको मोबाइलको घन्टी बज्यो । मैले छिटोछिटो गोजीबाट मोबाइल निकालेर हेरँे । काठमाडौँबाट रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमले फोन गर्नुभएको रहेछ ।

    मैले फोन उठाउँदै भने– ‘हेलो सर, नमस्कार !’

    ‘हेलो सर, म काठमाडौबाट हेमराज आश्रम ।’

    ‘चिने सर, केही काम थियो कि ?’ मैले सोधेँ ।

    ‘एउटा सल्लाह गर्नु थियो । रक्तिम सांस्कृतिक अभियानको संयोजनमा हुने रक्तिम अभियात्राको तेस्रो शृङ्खलामा रचना वाचनको प्रस्तुतीकरण रुकुम पश्चिमबाट गर्ने निर्णय भएको छ । यसका लागि त्यहाँ तयारी गर्नुप¥यो । कार्यक्रम शनिवार ४ देखि ५ बजेसम्म एक घण्टाको रहेको छ’ कार्यक्रमको रूपरेखासहित हेमराज आश्रमले मेरो प्रश्नको उत्तर दिए ।

    ‘हुन्छ, म प्रयास गर्छु’ मैले हेमराज आश्रमको सल्लाहमा सहमति जनाए ।

    ‘बाँकी कुरा फोनबाट सल्लाह गरौँला’ भन्दै हामी दुवै जना फोनबाट छुट्टियौ ।

    वर्षाको समय हेर्दाहेर्दै चारैतिर कुहिरोले ढमक्कै ढाक्यो । केही बेर मात्रै पारि पहाडतिर देखिएका सेता कुहिरोका धर्सा यति तीव्र गतिमा कसरी धर्तीभरि फैलिन सकेका होलान् ? प्रकृतिको यो अनौठोपन देखेर म आश्चर्यचकित परेँ । यति मात्रै होइन, निलो र स्वच्छ आकाशसमेत गायब थियो, मेरो नजरबाट । क्षणभरमै मुसलधारे पानि प¥यो । म मेरो कोठामा गएर केही कविता छनौट गर्नलाई बाकसबाट दायरी निकालेँ ।
    २०७७ साउन ३१ गते शनिवार । कोभिड–१९ महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा यसको सङ्क्रमणलाई थप फैलिन नदिन नेपालमा पनि हरसम्भव प्रयत्न भई नै रहेका थिए । करिब तीन महिनापश्चात्् नेपालमा लकडाउनलाई विशेष खुकुलो पारिएको भएता पनि रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजार, जहाँ मेरो बसोबास रहेको छ, यो स्थानलाई सिल गरिएको आज चौथो दिन भइसकेको थियो । कोभिड–१९ ले पैदा गरेको यो जटिल परिस्थितिमा एउटा विशेष कार्यक्रम अर्थात् रक्तिम सांस्कृतिक अभियानको संयोजनमा सञ्चालन भइरहेको रक्तिम अभियात्रा कार्यक्रमअन्तर्गतको तेस्रो शृङ्खला सम्पन्न गर्नुपर्ने भएको थियो ।

    नेपालको प्रगतिशील तथा जनवादी कलासाहित्यको इतिहासमा रक्तिम सांस्कृतिक अभियानको नाम अग्रणी स्थानमा आउने गर्दछ । यो सांस्कृतिक सङ्गठन सङ्घर्षको बिचबाटै जन्मेर सङ्घर्षमै हुर्किरहेको छ । आफ्नो जन्मकालदेखि नै न्याय, समानता, क्रान्ति र मुक्तिका आवाज बुलन्द पार्दै गाउँसहर ब्युझाउने कार्यमा यो सङ्गठन अविश्राम अगाडि बढी नै रहेको छ । आम श्रमजीवी शोषित, पीडित, किसान र मजदुरको बिचमा पुगेर यो देशमा कम्युनिस्ट जनमत वृद्धि गर्ने कार्यमा रक्तिम सांस्कृतिक अभियानको अतुलनीय योगदान रहेको कुरा दिनको घाम झैँ छर्लङ्गै छ । नेकपा (मसाल) ले लिएको नयाँ जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवादमा पुग्ने कार्यक्रमलाई पछ्याउँदै अगाडि बढिरहेको रक्तिम सांस्कृतिक अभियानले कोभिड–१९ को कारण सिर्जना भएको अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई सिर्जनशील पार्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत हाल कोभिड–१९ ले सिर्जना गरेको जटिलतालाई ध्यानमा राखेर सञ्चालन गरिएको रक्तिम अभियात्राको तेस्रो शृङ्खला सम्पन्न गर्नका लागि रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमलाई जिम्मेवारी दिइएको थियो । तर यस जिल्लामा रक्तिमको साङ्गठनिक अवस्था केवल सम्पर्कको रूपमा मात्रै रहेको हुँदा र यसमा क्रियाशील हुने कलाकारको अभाव भएको हुँदा यस तेस्रो शृङ्खलामा गीतसङ्गीत र नृत्यजस्ता साङ्गीतिक प्रस्तुति दिन हामी असमर्थ थियौँ । तसर्थ आजको यस कार्यक्रममा मेरो तर्फबाट रचनावाचन गरेर साहित्यिक प्रस्तुति गर्ने कार्यक्रम बन्यो ।

    कार्यक्रम प्रभावकारी बनाउनका लागि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेँ । कोभिड–१९ को कारण बजार सिल गरिएकाले बजार पूर्ण रूपमा बन्द थियो । अति आवश्यक काममा बाहेक मान्छेहरू कोही पनि बजारमा देखिँदैनथे । बजार सुनसान थियो । मलाई रक्तिम अभियात्रा कार्यक्रमका लागि एउटा ब्यानर बनाउनु थियो । किनकि कुनै पनि कार्यक्रमको शोभा र परिचय भनेको ब्यानर पनि एक हो । तसर्थ ब्यानरको व्यवस्थापन गर्न म हिजै कोठाबाट निस्केको थिएँ । सुनसान बजारमा ब्यानर बनाउने सम्भावित स्थान सबैमा म पुगँे । तर सबै ठाउँ बन्द थियो । ब्यानरका लागि मेरो यो निरर्थक घुमाइ थियो । ब्यानरको व्यवस्था गर्न नसकेकोमा निराश भएर म कोठातिर फर्कंदै थिए । संयोगबस बजारमा फ्लेक्सबोर्ड बनाउने एक जना चिनेको व्यक्ति भेटियो । मैले उसलाई तत्कालै एउटा ब्यानर बनाइदिनका लागि अनुरोध गरे । उसले पनि तत्कालै आफ्नो बन्द पसलको पछाडिपट्टिबाट गएर मैले भनेअनुसारको ब्यानर बनाइदियो ।

    ब्यानर बनाउने मेरो उदेश्य पूर्ण भएकोमा म खुशी भएँ । ब्यानरको आठ सय रुपियाँ तिरेर म कोठामा फर्किएँ । कोठामा फर्किएपछि भोलिको कार्यक्रम कसरी गर्ने भन्ने विषयमा म चिन्तित भएँ । किनकि यो कार्यक्रम रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमको प्रस्तुतिमा सम्पन्न गर्ने भनिएको थियो । तर मेरोसाथमा रक्तिम सांस्कृतिक अभियानका एक जना पनि कलाकार थिएनन्, तैपनि भिन्न राजनीतिक आस्थाका तर वामपन्थी र प्रगतिशील विचारमा प्रतिबद्ध रहेका र साहित्यिक गतिविधिमा सहकार्य गर्दै आएका बुद्धिजिवी साथीको सहयोग लिएर यो कार्यक्रमलाई सफल बनाउने योजना बनाए ।

    हिजोको यही योजना र तयारीबमोजिम आज ठिक ३ बजे छोरी समष्टि र छोरा सहिसलामतको साथमा म कार्यक्रम गर्ने भनिएको स्थान मुसिकोट बहुमुखी क्याम्पसमा पुगिसकेको थिएँ । वातावरण शान्त र सुनसान थियो । हुन त यो कार्यक्रम मेरै घरमा पनि सम्पन्न गर्न सकिन्थ्यो । तर यो कार्यक्रम इन्टरनेटको पहँुचमा रहेर मात्रै सम्पन्न गर्न सकिने र मेरो घरमा नेटको सुविधा नभएको हुँदा हामीलाई क्याम्पससम्म जानुपरेको हो ।

    जिल्लामा सर्वसुलभ र गुणस्तरीय इन्टरनेटको सेवा नभएकाले कैयाँै पटक सास्ती भोग्नुपरेको नमिठो अनुभव मैले धेरै चोटि भोगिसकेको छु । जिल्लाको सदरमुकामजस्तो ठाउँमा समेत केही थोरै प्रतिशत घर मात्रै इन्टरनेटको पहँुचमा होलान्, तर बहुसङ्ख्यक जनता इन्टरनेटको पहँुचबाट बिमुख नै रहेको अवस्था छ । यस्तो अवस्थामा अनलाइनबाट विद्यार्थीलाई पढाउने भन्ने कुरा सुन्दा बेलाबेलामा मलाई हाँसो उठिरहन्छ । सबैलाई इन्टरनेटको पहँुचमा पु¥याएर मात्रै अनलाइन मार्फत् शिक्षा दिने कुरा सुरु गर्न सकिन्छ होला नि । हैन र ? कि दुईचार प्रतिशत सहरीया तथा हुनेखानेका छोराछोरीलाई मात्रै अनलाइनबाट पढाएर सबै दायित्व पूरा हुने हो र ?

    यसरी नै यो कार्यक्रम क्याम्पसबाहेक अरू कुनै इन्टरनेट सुविधा भएको साथीभाइको घरमा पनि गर्न सकिन्थ्यो । तर इन्टरनेट भएर मात्र के गर्ने ? यसको लागि भरपर्दाे विद्युत पनि हुनुप¥यो । हाम्रो ठाउँतिरको विद्युत अलि अलि कुहिरो लाग्न वा पानी छिताउन थाल्नेबित्तिकै झ्याप्पै गइहाल्छ । यसरी बत्ति जानेबित्तिकै इन्टरनेट पनि जाने नै भइहाल्यो । तर क्याम्पसमा यस्तो समस्या हुँदैनथ्यो । किनकि क्याम्पसमा बिजुली गए पनि इन्भर्टर भन्ने चिजको व्यवस्था थियो । त्यसैले आजको यो रक्तिम अभियात्रा कार्यक्रमका लागि क्याम्पसलाई अनुरोध गरेका थियौँ ।
    साढे तीन बजेभित्र अर्थात् हामीले निम्ता गरेको समयभित्रै क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्मा, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओली, प्रगतिशील लेखक सङ्घ रुकुमका अध्यक्ष कमप्रसाद देवकोटा र पत्रकार अमरराज पुन कार्यक्रम स्थलमा आइपुग्नुभयो । उहाँहरू सबैजना कार्यक्रमका निम्ति हाम्रा निम्तालु अतिथि हुनुहुन्थ्यो । बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रमसँग पटक–पटक फोन मार्फत् सल्लाह भई नै रहेको थियो ।

    अब ४ बज्नलाई दुई मिनेट मात्रै बाँकी थियो । आजको यो कार्यक्रम फेसबुक लाइभ मार्फत् देशविदेशमा पु¥याउने हाम्रो योजना थियो । त्यसैले लाइभ भिडियो खिच्नलाई छोरा सहिसलामत मोबाइल समातेर तयारी अवस्थामा बसिरहेको थियो । ठिक ४ बज्नेबित्तिकै छोरी समष्टि बुढाले कार्यक्रमको सञ्चालन गर्न सुरु गरिन् । आजको यो कार्यक्रम क्याम्पसमा आयोजना गरेर एकदम ठिक गरिएछ । किनकि क्याम्पसबाहेक अन्य स्थानमा गरेको भए बिजुलीले साँच्चै धोका दिँदोरहेछ । अहिले बिजुलीबत्ति थिएन । तैपनि इन्भर्टर मार्फत् क्याम्पसको इन्टरनेट राम्रै चलिरहेको थियो ।

    मानिसको जीवनमा सबैभन्दा ठुलो र प्यारो चिज आफ्नो ज्यान हुन्छ । ज्यान बचाउनलाई मान्छेले लाखौँकरोडौँ रुपियाँ खर्च गर्छ । आफ्नो घरखेत, नाताकुतुम्ब सबै गुमाउन तयार हुन्छ । तर ती सहिद, जसले देश, जनता, मुक्ति र क्रान्तिका खातिर यति ठुलो र प्यारो मानिएको ज्यानलाई समेत निस्वार्थ ढङ्गले बलीबेदीमा चढाएर महान् र अमर बने, उनै सहिदको सम्झनामा एक मिनेट शिर झुकाएर हामीले रक्तिम अभियात्राको तेस्रो शृङ्खलालाई शुभारम्भ ग¥याँै ।

    रक्तिम सांस्कृतिक अभियानको यो कार्यक्रमप्रति राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीले मिठो शुभेच्छा प्रकट गरिसकेपछि कार्यक्रम सञ्चालकको अनुरोधलाई स्वीकार्दै पहिलो चरणमा मैले उनै महान् सहिदको सम्मानमा सिर्जना गरिएको श्रद्धाञ्जली शीर्षकको कविता वाचन गरेर आफ्नो प्रस्तुतिको दैलो उघारेँ । यसपछि क्रमशः धनीकै पक्षपाति हुन्छन् सरकारजति (गीत), गजल–१, गजल–२, मेरो प्रश्न (छन्द कविता), कुल्लीदाइको कविता (गद्य कविता), मेरो देश नेपाल (छन्द कविता) गरी जम्माजम्मी मैले सात वटा रचना प्रस्तुत गरेँ । यसरी पहिलो चरणमा वाचित मेरा रचनाको समीक्षा प्रगतिशील लेखक सङ्घ रुकुमका अध्यक्ष एवम् साहित्यकार कमप्रसाद देवकोटाले गर्नुभयो । उहाँले माक्र्सवादी सौन्दर्यचेतको आँखाबाट मेरा सात वटै रचनाको गहिरो समीक्षा गर्दैगर्दा म भित्रभित्रै पुलकित भइरहेको थिएँ ।

    साहित्यकार कमप्रसाद देवकोटाको यो समीक्षापश्चात् पुनः मेरो रचना वाचन गर्ने पालो आयो । मैले कोभिड–१९ को कारण विश्वका मानवजातिले भोग्नुपरेको कठिनाइँ, पिर, सास्ती र विपत्तिको यो सङ्गिन घडीमा समग्र मानवजातिमाथि आशा र विश्वास जागृत गराउन रचित ‘गर्छु मङ्गल कामना’ शीर्षकको पद्य कविता प्रस्तुत गर्दै म रचना वाचनको दोस्रो चरणमा प्रवेश गरेँ ।

    यसपछि क्रमशः निहुँ खोज्नेसँग (गीत), हाम्रो भूमि रक्षा गरौँ (छन्द कविता), काँडाहरू हटाएर (छन्द कविता), म नेपाली छोरा (छन्द कविता), कामरेडहरूको सत्ता (गद्य कविता), गजल–१, आस्था (छन्द कविता) गरी जम्माजम्मी आठ वटा रचना प्रस्तुत गरेँ । यसरी दोस्रो चरणमा वाचित मेरा रचनाको समीक्षा मुसीकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा साहित्यकार मुकुण्दप्रसाद शर्माले गर्नुभयो । उहाँले माक्र्सवादी आलोचनात्मक चेतको आँखाबाट मेरा रचनाको समीक्षा गर्दैगर्दा मैले मेरा साहित्यिक सिर्जनाभित्र रहेका फोहोरलाई सफा बनाउनका लागि एउटा सुन्दर झाडु प्राप्त गरेको महशुस गरिरहेको थिएँ ।

    बेलुकीपखको ४ देखि ५ बजेभित्र सम्पन्न यो एकघण्टे कार्यक्रममा देशविदेशबाट दुई हजारभन्दा बढी दर्शकस्रोताले यो कार्यक्रम हेरेर र सुनेर हामीलाई साथ दिइरहेका थिए । यो एक घण्टाको बिचमा मैले सारा संसारको बिम्ब उतार्ने दुस्साहस गर्दै थिएँ । कुनै बेला म आस्थाको लडाइँमा मोर्चा कसिरहेको हुन्थेँ भने कुनै बेला म देशको चिन्ताले जलिरहेको हुन्थेँ । कुनै बेला म सामन्ती र पुँजीवादी यो शोषकी राज्यव्यवस्था विरुद्धमा आक्रोशका ज्वाला बालिरहेको हुन्थेँ भने कुनै बेला म समाजवाद र साम्यवादको सुन्दर सपना देखिरहेको हुन्थेँ । यो एक घण्टाको बिचमा म जहाँ जहाँ पुग्दथेँ, हाम्रा सम्पूर्ण दर्शक तथा स्रोतालाई पनि त्यहीँ त्यहीँ पु¥याउने प्रयास गर्दथेँ । यो एक घण्टाको बिचमा दर्शकस्रोतालाई मैले कहाँकहाँ हिडाएँ र केके सिकाएँ ? यसको बारेमा मैले भन्नुभन्दा पनि दर्शकस्रोता स्वयम्ले अनुभूति गर्ने विषय हो भन्ने म ठान्दछु ।

    साँझको ठिक ५ बजे अर्थात् निर्धारित समयमा नै हामीले रक्तिम सांस्कृतिक अभियानको आजको कार्यक्रम समापन भएको घोषणा गरिसकेका थियौँ । पत्रकार अमरराज पुनले आफ्नो क्याम्मरामा कैद गरेका कार्यक्रमका तस्बिर हामीलाई प्रदान गर्दै थिए । मेरो मोबाइलमा घण्टी बज्यो । कलाकार हेमराज आश्रमले फोन गर्नुभएको रहेछ ।

    मैले फोन उठाएर भने– ‘हेलो, कार्यक्रम कस्तो भयो कुन्नि ?’
    ‘एकदम राम्रो भयो । यो रक्तिमका लागि नयाँ आयाम हो । कार्यक्रम प्रभावकारी भयो’ उनले खुशी हुँदै भने ।

    कलाकार हेमराज आश्रमको फोनले मलाई औधि खुशी एवम् उत्साहित तुल्यायो । मैले मनमनै सोचेँ, रक्तिमले गीतसङ्गीत र नृत्य सँगसँगै साहित्यका अन्य विधाहरू कथा, कविता, नाटक, संस्मरण, लेख, निबन्धलगायतका विविध विधामा पनि इँटा थप्दै जाने छ र नेपालको प्रगतिशील, जनवादी तथा प्रगतिवादी कलासाहित्यको क्षेत्रमा विशिष्टता हासिल गर्दै जाने छ ।

    ‘सबै फोटाहरू तपाईको पेन ड्राइभमा राखिदिएको छु’ पत्रकार अमरराज पुनले मलाई पेनड्राइभ हातमा राखिदिँदै भन्नुभयो ।

    ‘ल धन्यवाद’ मैले आफ्नो पेनड्राइभ गोजीमा राखे ।

    ‘कार्यक्रममा आइदिनुभयो, सबैलाई धन्यवाद छ है’ कार्यक्रमबाट बाहिरिने क्रममा मैले सबैलाई धन्यवाद दिएँ ।

    ‘आजको कार्यक्रम एकदमै राम्रो भयो’ साहित्यकार कमप्रसाद देवकोटाले भन्नुुभयो ।

    ‘कार्यक्रम त यस्तै छोटोमिठो हुनुपर्छ’ क्याम्पस प्रमुख तथा साहित्यकार मुकुन्दप्रसाद शर्माले थप्नुभयो ।

    ‘कार्यक्रम उपलब्धिमूलक भयो’ अर्का साहित्यकार मनलाल ओलीको कथन थियो ।

    म भने यति राम्रो कार्यक्रम प्रस्तुतीकरणका लागि रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमलाई यो सुनौलौ अवसर प्रदान गरेकोमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिलाई हृदयदेखि नै धन्यवाद दिइरहेको थिएँ ।

    आजको दिन कोभिड–१९ को सन्त्रासबाट बच्न हामी सबैले मास्क लगाएका थियौँ । मास्क लगाएका हामीहरू कोही तल्लो बाटो हुँदै र कोही माथिल्लो बाटो हुँदै आआफ्नो बासस्थानतर्फ लाग्यौँ ।

    बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.