• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

श्रम र श्रमिकलाई हेर्ने नेपाली दृष्टिकोण


  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
  • अनुराग रोशन
    श्रम र श्रमिक भन्नेबित्तिकै हाम्रो नेपाली समाज र अधिकांश व्यक्तिको मथिङ्गलमा खोलाको बगरमा गिटी कुट्ने, थाप्लोमा नाम्लो लगाएर भारी बोक्ने, चिल्ला कार हुँइकिने सडक बनाउने र ठुल्ठुला सिपङमल, कम्प्लेक्स र घरको निर्माण कार्यमा खट्ने ज्यामीमिस्त्रीको तस्बिर आउने गर्छ । तर समग्रमा आफूले काम गरेबापत् ज्याला लिने सबै मजदुर हुन्, चाहे त्यो डाक्टर, इन्जिनियर र पाइलट नै किन नहोउन् । अवश्य पनि योग्यता, क्षमता र सिपको आधारमा तिनीहरूबिच फरक होला, तर आत्मसम्मानको कोणबाट यिनीहरू सबै समान हुन् । किनकि आत्मसम्मानको मूल्य कसैको धेरै, कसैको थोरै भन्ने हुँदैन, सबैको बराबर हुन्छ ।

    Advertisement

    आज हाम्रो नेपाली समाज पुँजीवादी युगको सुरुवाती चरणमा प्रवेश गर्दै छ, जसको कारण आफूभन्दा फरक क्षमता र फरक काम गर्नेलाई कमसल ठान्ने, मौका पाएसम्म आफूभन्दा कमजोरलाई दबाउन खोज्ने र अरूको मूल्याङ्कन उसको सिप, कला, क्षमता र योग्यताको आधारमा नभई उसको आर्थिक अवस्थाको आधारमा गर्ने चरम पुँजीवादी चरित्र र चिन्तनको विकास भइरहेको छ, जुन चरित्र र चिन्तन विद्यमान हाम्रो समाजका लागि मात्र होइन, भविष्यमा पनि मानव समाजको निम्ति ठुलो समस्या बनेर उभिने निश्चित छ ।

    यस्तो चिन्तन प्रणालीको विकासका कारण आज पैसाको अगाडि एकर्काबिचको भाइचारा सम्बन्ध र मानवता नै निरीह बन्दै गइरहेको छ । मानवतालाई भन्दा बढी पैसालाई महत्व दिने संस्कारले आज समाजको जुनसुकै तह र तप्काका मानिसलाई नराम्रोसँग गिजोलिरहेको छ, जसको कारण जसरी हुन्छ, वैधानिक÷अवैधानिक बाटो प्रयोग गरेर भए पनि पैसा जम्मा गर्नुपर्छ । किनकि आफूसँग प्रशस्त पैसा भयो भने मात्र यो समाजमा इज्जत पाइन्छ । पैसा कमाउन नसक्नेहरू यो समाजको सबैभन्दा कमजोर र प्रतिष्ठाविहीन मान्छे हुन् भन्ने मानसिकताले घर गरेको छ । यो दृष्टिकोणबाट परिचालित समाज र व्यक्ति श्रमको अवमूल्यन गर्न पुग्छन् र जो आफ्नो रगत, पसिना बगाएर आफू मात्र होइन, अरूलाई पनि बचाइरहेका श्रमिक वर्गमाथि हेयको दृष्टि राख्छन् । हाम्रो देशमा ठुल्ठुला राजनीतिक परिवर्तनका बाबजुद पनि देश अझै गरिबीको रेखामुनि रहिरहनुको प्रमुख कारण पनि यहीँ सोच र चिन्तन नै हो ।

    हाम्रो समाजमा केही यस्ता उदेकलाग्दा दृष्य देखिन्छन्, जो दुई छाक खान पनि अरूमाथि निर्भर रहेर दिनभर चोकबजारमा घुमेर क्यारेमबोर्ड, लुँडो र तास खेलेर समय बिताउँछ । उसलाई ‘हुनेखाने’ को दर्जा दिएर सम्मानको नजरले हेरिन्छ । तर जसले आफ्नै खेतबारीमा काम गरे पनि उसलाई ‘बिचरा दुःख पाएछ’ भनी दुखीको दर्जा दिएर ती श्रमजीवीलाई दयाको दृष्टिले हेरिन्छ । तर दयाको पात्र त ती हुन्, जो युवा छ, हृस्टपुष्ट छ र पनि ऊ दुई छाक टार्न पनि अरूमाथि निर्भर छ । समाजको यही गलत प्रवृत्तिका कारण आज विषेश गरी युवापङ्क्ति आफूलाई सिर्जनाको जननी मानिने श्रमिक भनेर परिचय दिन पनि असहज मान्छन् । तर सगौरव ‘जग्गाको कारोबार (दलाली) गर्छु, विदेश मान्छे सप्लाई (म्यानपावरको एजेन्ट) गर्छु’ भन्दा कत्ति पनि असहज मान्दैनन्, बरु त्यसलाई आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हेर्छन् ।

    अहिलेको सन्दर्भमा यो सत्य हो कि पैसा हाम्रो जीवनको एउटा महत्त्वपूर्ण साधन हो, तर साध्य (सबथोक) होइन । यदि एउटा सार्थक र सच्चा मानवीय जीवनका लागि पैसा नै सबथोक हुँदो हो त राजदरबारको सुखसयल र युवराजको उपाधि गौतम बुद्धले पनि किञ्चित त्याग्दैनथे होला । केही समयअगाडि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायतको वैभबशाली राजदरबार र राजपरिवारको सदस्य त्यागेर आफूखुशी स्वतन्त्र जीवन जिउने घोषणा गर्दैनथे होला । तर आज हाम्रो नेपाली समाज अर्थजोडको पछाडि लगाम बिनाको घोडाजस्तै दौडिरहेको छ, जसले कतिको न्यायपूर्ण आवाजलाई दबाएको छ भने कतिको विसङ्गति विरुद्धको ध्वनिलाई कुल्चेको छ, जसको लेखाजोखा गर्ने फुर्सद कसैलाई पनि छैन ।

    न्यून ज्यालामा श्रम गर्ने श्रमिकहरू एकातिर, आर्थिक विपन्नताको मारमा छन् भने अर्काेतिर, श्रम गरेबापत् यो समाजबाट ‘निम्न कोटीको मानिस’ को दर्जाबाट विभुषित हुनुपर्ने अवस्था छ । त्यसैले अहिले अधिकांश युवावर्ग आफ्नो घर, खेतबारी बैङ्कमा धितो राखेर भए पनि विदेश नै जान बढी लालायित हुँदै आएका छन् । किनकि वर्तमान परिप्रेक्ष्यमा जहाँ गए पनि, मजदुरको अवस्था उस्तै दयनीय नै भए पनि विदेशमा श्रम गरेबापत् आफ्नो आफन्त र छरछिमेकबाट त प्रताडित हुनुपर्दैन र त्यहाँ जस्तोसुकै काम गरे पनि आफ्नो मान्छेले देख्दैनन् र भोलि फर्केर आउँदा गाउँसमाजमा आफ्नो इज्जत र मानसम्मान नै अरूको भन्दा बेग्लै हुने भन्ने मनोविज्ञानका कारण आज हाम्रो नेपाली समाजका जुनसुकै वर्ग र उमेर समूहका मानिसलाई विदेशमोहले सताउन छोडेको छैन । त्यसैले हामीकहाँ वर्षदिनमा एक चोटि दशैँतिहार र साकेला मनाउने जुन संस्कार छ, त्यसरी नै प्रत्येक घरका नेपाली विदेश श्रम गर्न जाने संस्कार नै स्थापित भइसकेको छ ।

    वैदेशिक रोजगारीले नगण्य मात्रामा केहीले घरखेत पनि जोडे होलान्, तर अधिकांश त्यसले निम्ताएको पारिवारिक विखण्डन र सांस्कृतिक विचलनको यहाँ बयान गरिसाध्य छैन । यसको अर्थ प्रविधिको उच्च विकास र तीव्र गतिमा भइरहेको विश्व भूमण्डलीकरणको अवस्थामा देशविदेश जानै हुँदैन भन्ने सङ्कुचित मानसिकता यहाँ पाल्न खोजिएको होइन । तर अधिकांश नेपालीहरू जुन दर्जाको श्रम गर्न विदेश गइरहेका छन्, त्यो दर्जाको श्रम तत्काल यहाँ आफ्नै देशमा पनि विद्यमान छ । तर हाम्रो समाजको श्रमप्रतिको तुच्छ दृष्टिकोण र श्रमिकप्रतिको अपहेलित मानसिकताका कारण आज नेपाली श्रमजीवी वर्ग उज्ज्वल भविष्य र आत्मसम्मानको खोजीमा भारतको कन्याकुमारीदेखि जम्मुकस्मिरसम्म र अरबको खाडीदेखि युरोपको सडकका गल्तीसम्म भौतारिन विवश छन् ।

    श्रमिक युवावर्गमा यो अट्टहासलाग्दो विवशता सिर्जना गर्ने राज्यसत्ताको रूपमा कायम रहेको दलाल पुँजीवादका कारिन्दा नै हुन्, जो अहिले हाम्रो नेपाली समाजमा पनि यौवनकारी फूलजस्तै फक्रिरहेको छ । तर यसको मूल्य यो संवेदनाहीन समाजले एक दिन अवश्य चुकाउनुपर्ने छ । तर अबको युवा पुस्तालाई पनि राज्यसत्ताको गलत चरित्र र प्रवृत्तिका कारण उत्पन्न विषम परिस्थितिबाट भाग्ने सुविधा किमार्थ छैन । किनकि विद्यमान समाजमा मौजुद गलत संस्कृति र प्रवृत्तिका कारण उत्पन्न खराब परिस्थितिको विरुद्ध अहिलेका युवा पुस्ताले सम्झौताहिन सङ्घर्ष नगर्ने हो भने यो गलत प्रवृत्ति र संस्कृतिको शिकार अब आउने पुस्ता पनि हुने छन् ।

    एकातिर, श्रमप्रति हाम्रो सङ्कुचित मानसिकता यथावत छ भने अर्कातिर, हामीले विकास र समृद्धिको कुरा निकै जोडतोडले गरिरहेका छौँ र विभिन्न विकसित मुलुकहरू, जस्तै– चीन, जापान, अमेरिका, स्विटजरल्यान्ड र सिङ्गापुरको उदाहरण दिएर नेपाललाई पनि त्यस्तै बनाउने भनेर विभिन्न कालखण्डका विभिन्न नेताले भन्दै आएका छन् । तर यसरी भाषण गरिरहँदा हामीले के कुरा भुल्नु हुँदैन भने ती विकसित भनिएका मुलुकका नेताको स्पष्ट भिजन र जनताको प्रत्यक्ष योगदान र समर्पणबाट मात्र ती देशमा पनि भौतिक विकास र समृद्धि सम्भव भएको हो, जो अहिले भर्खर हामी नेपालीका निम्ति साझा सपनाको विषय बन्दै छ ।

    यदि अधिकांश ‘ठुलाबडा’ भनिने नेपालीजनले जस्तै श्रमलाई तुच्छ र श्रमिक वर्गलाई अपहेलित नजरले मात्र हेरिरहेको भए आज ती विकसित भनिएका मुलुकको आर्थिक अवस्था सायद हाम्रोभन्दा पनि दयनीय हुन्थ्यो होला । यद्यपि विभिन्न कोणबाट समृद्धि र विकासको शिखर चुमिरहेका मुलुकमा मजदुरमाथि प्रत्यक्ष्य÷अप्रत्यक्ष रूपमा नाङ्गो लुट र बर्बर दमन छैन भन्न खोजिएको होइन । यो त विद्यमान समाजमा व्याप्त भ्रष्टाचार, लुटपाट, विभिन्न जातपात र धर्मको नाममा हुने भेदभाव र छुवाछूतजस्ता जघन्य अपराधको अन्त्य गरी सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने हकको सुनिश्चित गर्दै, समानतामूलक समाजको निर्माण नगरेसम्म, सम्पूर्ण शोषित–उत्पीडित मजदुर वर्गले विभिन्न कालखण्डका शासक/प्रशासकद्वारा गरिब, किसान र श्रमिक वर्गमाथि मच्चाइरहेको नाङ्गो लुटको साम्राज्यको विरुद्ध भीषण आन्दोलन गर्दै आइरहेका छन् र ठोस रूपमा परिणाम प्राप्त नभएसम्म यो आन्दोलन भोलि पनि श्रमिकवर्गले निरन्तर जारी राख्ने छन् ।

    गरिब, किसान र मजदुरको परिचय केवल गरिबी र मजदुरीसँग मात्र जोडिँदैन, अहिलेसम्मको इतिहास र भोलिको सुन्दर भविष्य निर्माणसँग पनि जोडिएको हुन्छ । यस अर्थमा श्रमजीवी वर्गको इतिहास आत्मग्लानी र पश्चातापले होइन, सधँै गौरवले भरिएको हुन्छ र यदि हामी कसैले पनि आफ्नो व्यक्तिगत जीवन र समाजमा विकास र समृद्धि हेर्न चाहान्छौँ भने त्यो श्रमको माध्यमबाट मात्र सम्भव छ । त्यसैले श्रमिकमुखी र श्रममैत्री समाज निर्माण गर्न राज्य आफ्नो दायित्वबाट पन्छिरहे पनि नागरिक स्तरबाट बेलैमा यसको पहल वा सुरुवात गरौँ ।

    (लेखक अखिल नेपाल युवक सङ्घ १ नम्बर प्रदेशका नेता हुनुहुन्छ)

    बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.