काठमाडौँ । काठमाडौँ उपत्यकामा दोस्रो पटक लकडाउन हुने भएको छ । भोलि बुधबार राति १२ बजेदेखि एक सातासम्मका लागि उपत्यकामा लकडाउन हुने भएको हो ।
मङ्गलबार साँझ बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
केही दिनयता काठमाडौँमा तीव्र रूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्लाभित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको थियो ।
यसअघि सरकारले करिब चार महिना देशव्यापी लकडाउन गरेकोमा साउन ७ गते लकडाउन खुलेपछि देशब्यापी लकडाउन नगर्ने, बरु स्थानीय आवश्यकतानुसार सम्बन्धित जिल्ला वा स्थानीय तहमा लकडाउन गर्न सकिने बताएको थियो ।
यो पनि
अब लकडाउन जिल्लास्तरमा, सीडीओलाई कर्फ्यू लगाउनेसम्मको अधिकार