• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एकताको बल (लघुकथा)


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • कल्पना पौडेल ‘जिज्ञासु’
    गाउँमा एक किसान परिवार थियो । त्यो परिवारमा एक वृद्धा जोडीका पाँच भाइ छोरा थिए । खेतीकिसानीको भरमा पूरै परिवारको लालनपालन भएको थियो । बुढो किसान धेरै मिहिनेती थिए । कान्छो सन्तान जन्माउँदादेखि थला परेकी बुढीको पनि आफैले स्याहारसुसार गर्दै आइरहेका थिए ।

    Advertisement

    बुढाका पाँचै भाइ छोराहरू पनि निकै मिहिनेती त थिए । तर दाजुभाइ एकापसमा झगडा गरिरहन्थे । बिल्कुलै मेलमिलाप थिएन । यो कारणले दुवै दम्पति निकै चिन्तित रहन्थे । धेरै पटक सबै छोरालाई सँगै राखेर सम्झाउने प्रयास गरे । तर सफल हुन सकेनन् । बुबाको कुरा कुनै छोराले टेरेनन् । त्यसैगरी दिनहरू बित्दै गए । बुढो किसान झन् बुढो हुँदै गयो । तर छोराहरूको लडाइँ–झगडा उस्तै चलिरह्यो
    एक दिन बुढो किसानले एउटा जुक्ति सोेचेर छोराहरूको यस्तो झगडा सधैँका लागि अन्त्य गराउने उद्देश्यले सबै छोरालाई नजिक बोलाए । बुबाको आवाज सुनेर सबै जना नजिक आए । किन होला हामी सबै छोरालाई सँगै नजिक बोलाउनुभएको भन्ने जिज्ञासा बोकेर बुबाको छेउमा पिँढीको गुन्द्रीमा थचक्क बसे ।

    “भन्नुस बुबा, हामीलाई यहाँ किन बोलाउनुभएको हो ?” माइलो छोराले सोध्यो ।

    बुढो किसानले भन्यो– “ल केटा हो, आज म तिमीहरू सबैलाई एउटा काम दिन्छु, कसले त्यो काम राम्रोसँग गर्न सक्दो रहेछौ ?”

    यो सुनेर सबै छोराले एकै स्वरमा भने– “भन्नुस् बुबा, के काम हो ? हामी इमान्दारिता र मिहिनेतका साथमा पूरा गर्ने छौँ ।”

    छोराको यस्तो कुरा सुनेर बुढाले जेठो छोरालाई भने– “जा बाबु, बाहिर गएर केही दाउरा लिएर आइज ।” किसानले माइलो छोरालाई रसी लिएर आउन भने ।
    बाउको यति कुरा सुनेर एउटा छोरो दाउरा ल्याउन दगु¥यो त अर्काे रसी ल्याउन । एकै छिनमा रसी र दाउरा ल्याएर किसान सामुन्ने उभिए । बुढो किसानले ती सबै दाउरालाई एकै ठाउमा राखेर रसीले बाध्न लगायो । अब एउटा दाउराको भारी तयार भयो ।

    जेठो छोराले सोध्यो– “बुबा, अब यो भारीलाई के गरौँ ?”

    बुढो किसान मुस्कुराउँदै भन्यो– “बाबु, यो भारीलाई आफ्नो हातले भाँचेर दुई टुक्रा बनाऊ ।”

    यो कुरा सुनेर छोराले भन्यो– “यो त मेरो दाहिने हातको काम हो, तुरुन्तै भाँचिहाल्छु नि ।”

    माइलो छोराले पनि त्यसै भन्यो– “यति सजिलो काम मै गरिहाल्छु नि ।”

    साइलो–काइलो कान्छो सबै छोराले यो कामलाई सजिलोसँग भाच्न सकिने हिम्मत देखाउँदै कोसिश गरे । एउटाले मैले भाच्छु भन्यो । अर्काेले यो काम मबाहेक अरूले गर्न सक्दैन म सबैभन्दा बलियो छु भन्यो । यसैमा झगडा गर्दै सबैले पालोपालो कोसिश गरेर भएभरको जोड लगाए । तर कुनैले भाच्न सकेनन् ।

    उनीहरूको फेरि झगडा भएको देखेर किसानले भन्यो– “बाबु हो, तिमीहरूलाई यहाँ झगडा गर्न बोलाएको होइन, यो काम कसले राम्रोसँग गर्न सक्छौ भनेर बोलाएको हो । फेरि मौका दिन्छु कोशिस गर । पालैपालो भारी भाँचेर देखाऊ ।”

    जेठोले कोशिस ग¥यो । फेरि सकेन । हार खाएर माइलोको हातमा दियो । माइलोले भएभरको शक्ति लगायो, सकेन । साइलो, काइलो, कान्छो सबैले पुनः कोसिश गरे । कसैले सकेनन ।

    अन्त्यमा हार खाएर भुइँमा फ्याँकिदिए । किसानसामु आफ्नो हार स्वीकार गर्दै भने– “बुबा, हामी सबैले यो भारीलाई भाच्न सकेनौँ । माफी चाहन्छौँ, यो काम सम्भव नै छैन । बहुत कठिन र मुस्किलको काम रहेछ ।”

    छोराहरूको कुरा सुनेर बुढो किसान हास्यो र भन्यो– “बाबु हो, अब यो भारी फुकाऊ । एकएक दाउरालाई भाँच्ने कोशिस गर ।”

    यो सुनेर उनीहरूले दाउरा अलग गराए र एकएक दाउरा सजिलोसँग भाँचे । त्यसपछि बुढो किसानले भन्यो– “छोराहरू, तिमीहरू पनि यही दाउराजस्तै हौ । एकएक दाउराको भारी बनाएपछि जति कोशिस गर्दा पनि भाच्न सकेनौ । जब एकएक दाउरा अलग भए, सजिलै भाच्न सक्यौ । त्यसैले तिमीहरू झगडा गर्नुहुदैन । यिनै दाउरा झैँ एकसाथ एकताको डोरीमा बाँधिएर बस्यौ भने अरू कुनै शत्रुले तोड्न सक्दैनन् । झगडा गरेर अलग–अलग भए सबैले यिनै दाउराको जस्तो हालत बनाउने छन् ।”

    किसानको कुरा सबै छोराहरूले राम्रोसँग बुझे । आफ्नो गल्ती महशुस गरे र माफी माग्दै भने– “अबदेखि कहिल्यै झगडा नगर्ने बाचा गरे । एकता सबैभन्दा ठुलो तागत हो । यदि हामी एकापसमा एकजुट भएर बस्यौ भने कुनै पनि मुस्किल समस्याको सबै मिलेर सहजै समाधान गर्न सकिन्छ । यदि हामी एकापसमा लडाइ झगडा गरेर अलग–अलग बस्यौँ भने सानोतिनो समस्याले पनि जटिल अवस्था सिर्जना गर्दछ ।”

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.