• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

एच–१बी भिसा कार्यक्रम हटाउन भान्सको समर्थन


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १६ असोज । अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच–१बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताउनुभएको छ ।

    Advertisement

    सामाजिक सञ्जाल एक्समा भिडियोमार्फत धारणा सार्वजनिक गर्दै उहाँले प्रविधि, लेखा तथा अन्य क्षेत्रमा कम्पनीहरूले प्रणालीको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उच्च दक्ष विदेशी प्रतिभा भित्र्याउने र सस्तो श्रमका लागि भिसा प्रयोग गर्ने विषय फरक हुनुपर्ने उहाँको भनाइ थियो ।

    भान्सले एच–१बी भिसासम्बन्धी केही निवेदनमा लाग्ने एक लाख अमेरिकी डलर शुल्कको बचाउ गर्दै उक्त व्यवस्थाले कम्पनीलाई कम लागतको विदेशी श्रम प्रयोग गर्न निरुत्साहित गर्ने बताउनुभयो । प्रशासनले उच्च दक्षता र उच्च पारिश्रमिक भएका पदमा भर्तीलाई प्राथमिकता दिने नीति अघि बढाएको छ ।

    सेप्टेम्बर १८ को कार्यकारी निर्देशनले एच–१बी प्रायोजन गर्ने कम्पनीले अमेरिकी कामदारलाई असर पर्ने गरी कर्मचारी कटौती गरेको वा गर्न लागेको अवस्थासमेत आवेदन समीक्षा गर्दा मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । श्रम विभागलाई सम्भावित नियम उल्लङ्घनबारे पुराना आवेदन छानबिन गर्न पनि भनिएको छ ।

    भान्सले यी सुधारले प्रणालीका मूल समस्या समाधान नगर्न सक्ने बताउँदै एच–१बी कार्यक्रम ‘पूर्ण रूपमा बिग्रिएको’ दाबी गर्नुभयो । कार्यक्रम कायम रहेसम्म अमेरिकी कामदारको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

    यसैबीच, एक लाख डलर शुल्कसम्बन्धी व्यवस्था अदालतमा चुनौतीमा परेको छ । अक्टोबर १ मा एक सङ्घीय मजिस्ट्रेटले प्रशासनले आवश्यक प्रक्रिया पालना नगरेको ठहर गर्दै शुल्क कार्यान्वयनविरुद्ध आदेश दिएका थिए ।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.