• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

आइएसएसमा नयाँ चालक दल


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  • केप क्यानभेरल, १६ असोज । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ । नयाँ चालक दलले त्यहाँ करिब छ महिना बिताउनेछ ।

    Advertisement

    स्पेसएक्सको फाल्कन–९ रकेटले ‘क्रू–१३’ मिसनका सदस्यलाई लिएर स्थानीय समयअनुसार बिहान ११ः१० बजे फ्लोरिडाको केप क्यानभेरलबाट उडान भरेको थियो । सात घण्टा ५५ मिनेटपछि ड्र्यागन ‘ग्रेस’ क्याप्सुल आइएसएसमा जोडिएको नासाले जनाएको छ । नासाका अनुसार अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको यो सबैभन्दा छोटो यात्रा हो ।

    क्रू–१३ मा अमेरिकी अन्तरिक्षयात्री जेसिका वाटकिन्स र ल्युक डेलानी, क्यानाडाका जोशुआ कुट्रिक तथा रूसका सेर्गेई टेटेरिआटनिकोभ हुनुहुन्छ । आइएसएस पुगेपछि वाटकिन्सले त्यहाँ पुग्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । कुट्रिकले अन्तरिक्षमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

    क्रू–१३ ले आइएसएसमा रहेका अमेरिकी जेसिका मीर र ज्याक ह्याथवे, फ्रान्सकी सोफी एडेनोट तथा रूसका आन्द्रे फेडयेभबाट जिम्मेवारी लिनेछ । क्रू–१२ का सदस्यहरू सोमबार पृथ्वी फर्कने तयारीमा छन् । मौसमको अवस्थाअनुसार उहाँहरूको फिर्ती समय परिवर्तन हुनसक्ने बताइएको छ ।

    क्रू–१३ को प्रक्षेपण सेप्टेम्बरको मध्यतिर हुने तय भए पनि ड्र्यागनमा प्राविधिक त्रुटि देखिएपछि स्थगित गरिएको थियो । क्यानाडाका कुट्रिककी श्रीमतीले उहाँ अन्तरिक्षमा रहँदै गर्दा बच्चा जन्माउने अपेक्षा गरिएको छ ।

    आइएसएसमा करिब २५ वर्षदेखि निरन्तर मानव बसोबास गर्दै आएको छ । यसलाई सन् २०३० आसपास पृथ्वीको एउटा महासागरमा खसाल्ने गरी कक्षाबाट हटाउने योजना छ । रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य प्रभावित भए पनि अमेरिका र आइएसएसका साझेदारले रूससँग अन्तरिक्ष स्टेशनमा सहकार्य जारी राखेका छन् ।

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.