• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण


  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
  • काबुल, १५ असोज । अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण घाइते भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । पाकिस्तानले भने कारबाही आतङ्कवादी लुकेका स्थान र शिविरलाई लक्षित रहेको तथा प्रारम्भिक विवरणअनुसार २२ जना आतङ्कवादी मारिएको दाबी गरेको छ ।

    Advertisement

    दुवै पक्षका हताहतसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गर्दै आएको छ ।

    तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दक्षिणी हेल्मन्ड र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरमा हवाई आक्रमण भएको बताउनुभयो । उहाँका अनुसार तीनवटा घर ध्वस्त भएका छन् । उहाँले घटनाको निन्दा गर्दै यसलाई आक्रामक कार्य तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत सिद्धान्तको उल्लङ्घन भएको बताउनुभयो ।

    पाकिस्तानको सूचना मन्त्रालयले भने आतङ्कवादी लुकेका स्थान तथा शिविरलाई लक्षित गरी सुनियोजित हवाई कारबाही गरिएको जनाएको छ । मन्त्रालयका अनुसार लक्षित स्थानबाट ठूलो मात्रामा हतियार तथा गोलाबारुद फेला पारेर नष्ट गरिएको थियो । कारबाहीका क्रममा सर्वसाधारणलाई क्षति नहोस् भनेर अधिकतम सावधानी अपनाइएको पनि पाकिस्तानले दाबी गरेको छ ।

    पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) लगायतका समूहलाई अफगान भूमिबाट सञ्चालन गर्न र पाकिस्तानमा आक्रमण गर्न दिएको आरोप लगाउँदै आएको छ । अफगानिस्तानले भने टिटिपीलाई सुरक्षित आश्रय दिएको आरोप अस्वीकार गर्दै आएको छ ।

    यसैबीच, अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले यस वर्ष सीमापार हिंसाका कारण एक हजार एक सयभन्दा बढी अफगान नागरिकको मृत्यु तथा घाइते भएको जनाएको छ । पाकिस्तानले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै पाकिस्तानभित्र आक्रमण गर्ने आतङ्कवादीलाई मात्र निशाना बनाइएको बताउँदै आएको छ ।

    बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • २.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ३.
      वेदकालीन समाज

    • ४.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ५.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ६.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ७.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ८.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.