• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • ब्रसेल्स, १४ असोज । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ ।

    Advertisement

    ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको उक्त विश्लेषणमा युरोपमा विद्युतीय सवारीसाधनको प्रयोगतर्फको रूपान्तरणलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

    संस्थाले सबैका लागि समान रूपमा इन्धन कर घटाउनुको सट्टा न्यून आय भएका परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ । साथै, ऊर्जा कम्पनीबाट प्राप्त हुने अतिरिक्त करमार्फत सार्वजनिक यातायातको विकास तथा पुराना सवारीसाधन विस्थापन कार्यक्रमलाई सहयोग गर्न सकिने जनाएको छ ।

    संस्थाका वरिष्ठ निर्देशक एन्टोनी फ्रोगाटले हाल डिजेलको मूल्य उच्च रहेको अवस्थामा युरोप ऊर्जा संकटको संवेदनशील चरणमा रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकाबाट डिजेल निर्यातमा अवरोध उत्पन्न भएमा आपूर्ति अभावको जोखिमसमेत बढ्न सक्छ ।

    उहाँले दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधनको विस्तारले पेट्रोलियम पदार्थमा निर्भरता घटाउन सहयोग गर्ने बताउनुभयो । साथै, तत्कालका लागि उपभोक्ता र व्यवसायलाई राहत दिने आवश्यक उपायहरू पनि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    अध्ययनअनुसार यस वर्षको सुरुवातको तुलनामा अहिले ५० लिटर डिजेल भर्न करिब ३२ युरो बढी खर्च भइरहेको छ । यसमध्ये करिब १६ युरो बराबरको वृद्धि इन्धन प्रशोधनबाट हुने नाफामा आएको वृद्धिसँग सम्बन्धित रहेको बताइएको छ ।

    युरोपेली केन्द्रीय बैंकका अनुमानअनुसार डिजेलको प्रतिलिटर प्रशोधन नाफा फेब्रुअरीमा करिब ०.१० युरो रहेकोमा सेप्टेम्बर १४ आसपास ०.४१ युरो पुगेको थियो ।

    अध्ययनमा सवारीसाधनमा इन्धन भर्ने तथा विद्युतीय सवारी चार्ज गर्ने प्रत्यक्ष खर्चलाई मात्र तुलना गरिएको छ । यसका लागि डिजेल सवारीसाधनले १०० किलोमिटरमा औसत ६.९ लिटर इन्धन खपत गर्ने र ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनले सोही दूरीमा औसत २०.२ किलोवाट घण्टा विद्युत् खपत गर्ने आधार लिइएको छ ।

    विद्युत्को औसत मूल्य प्रतिकिलोवाट घण्टा ०.३४३ युरोका आधारमा गरिएको गणनाअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्ने खर्च डिजेलमा लाग्ने इन्धन खर्चभन्दा उल्लेखनीय रूपमा कम देखिएको हो ।

    संस्थाका अनुसार विद्युत् र ग्यासको मूल्यबीचको सम्बन्ध तथा घरायसी विद्युत् मूल्यमा देखिने ढिलो प्रभावलाई समेत अध्ययनमा समेटिएकाले चार्जिङ खर्चसम्बन्धी अनुमान वास्तविक खर्चको उच्च सीमातर्फ हुन सक्ने सम्भावना छ ।

    यसअघि गरिएको अर्को अध्ययनमा आठ ठूला तेल कम्पनीमध्ये छवटाले सन् २०२६ को दोस्रो त्रैमासिकमा युरोपेली संघभित्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी नाफा कमाएको उल्लेख गरिएको थियो ।

    त्यस्तै, सोमबार सार्वजनिक गरिएको अर्को अध्ययनले युरोपेली संघका नौ प्रमुख बजारमध्ये छवटा बजारमा ब्याट्रीबाट चल्ने विद्युतीय भारी ट्रकको कुल स्वामित्व खर्च डिजेल ट्रकको तुलनामा कम रहेको देखाएको छ । ती छवटा बजारले युरोपेली संघमा बिक्री हुने नयाँ भारी ट्रकको करिब ४६ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

    ऊर्जा तथा आवाससम्बन्धी युरोपेली संघका आयुक्त डान योर्गेन्सेनले सम्भावित रूपमा उच्च ग्यास मूल्यको प्रभाव कम गर्न सदस्य राष्ट्रहरूले ऊर्जा बचतसम्बन्धी उपायहरू अपनाउन विचार गर्नुपर्ने बताउनुभयो ।

    यसैबीच, ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले ऊर्जा संकटको प्रभाव ग्यासमा मात्र सीमित नभएकाले तेल र डिजेलको मूल्यवृद्धितर्फ पनि पर्याप्त ध्यान दिन युरोपेली आयोगलाई आग्रह गरेको छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • २.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ३.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ४.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ५.
      वेदकालीन समाज

    • ६.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ७.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ८.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.