• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

यमनमा बढ्दो हिंसाका कारण विस्थापन तीव्र


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घ,१३ असोज । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता निकायका अनुसार यमनमा बढ्दो हिंसाका कारण नागरिकहरू विस्थापित हुने क्रम बढेको छ भने रोग फैलिने जोखिमसमेत तीव्र भएको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै देशभर जारी हिंसाका कारण एक लाख ४२ हजार मानिस आफ्नो घर छाड्न बाध्य भएको जनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घ र उसका साझेदार संस्थाहरूले विस्थापित तथा प्रभावित समुदायलाई सहयोग गरिरहेका छन् । हालसम्म एक लाख १५ हजारभन्दा बढी मानिसलाई सहायता उपलब्ध गराइएको छ भने नयाँ विस्थापित परिवार र उनीहरूलाई आश्रय दिने समुदायका लागि करिब २ करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहायता परिचालन गरिएको छ ।

    मानवीय मामिला समन्वय कार्यालयका अनुसार जारी युद्धले पहिल्यै कमजोर रहेको यमनको स्वास्थ्य प्रणालीमाथि थप दबाब परेको छ । घाइतेहरूको उपचार गर्न केही अस्पतालले आकस्मिक प्रसूति सेवा समेत रोक्नुपरेको छ । स्वास्थ्य साझेदारहरूले २० भन्दा बढी घुम्ती स्वास्थ्य टोली परिचालन गर्नुका साथै आकस्मिक प्रतिक्रिया टोली सक्रिय गरेका छन् र करिब ६० मेट्रिक टन औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

    तर जीवनरक्षक स्वास्थ्य सामग्री तीव्र रूपमा घटिरहेको र धेरै प्रभावित क्षेत्रमा पुग्न अझै कठिनाइ रहेकाले थप आर्थिक सहयोग तत्काल आवश्यक रहेको कार्यालयले जनाएको छ ।

    हिंसा बढेसँगै रोग फैलिने जोखिमसमेत बढेको छ। यस वर्ष यमनभर सात हजार ८०० शङ्कास्पद हैजा र २२ हजारभन्दा बढी शङ्कास्पद दादुराका घटना रिपोर्ट भएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विस्थापित बस्तीमा अत्यधिक भीड, असुरक्षित पानी र कमजोर सरसफाइका कारण थप रोग फैलिने जोखिम बढेको छ । केही विस्थापन स्थलमा हैजाको चेतावनीसमेत जारी गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका अनुसार अगस्टको सुरुदेखि सेप्टेम्बर २६ सम्म ४२ जनाको मृत्यु र ११५ जना घाइते भएको प्रमाणित गरिएको छ । मृतकमध्ये आधा बालबालिका रहेका छन् भने घाइतेमध्ये करिब दुईतिहाइ महिला र बालबालिका छन् ।

    मानवीय मामिला समन्वय कार्यालयले यमनमा संलग्न सबै पक्षलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा मानवीय सहायता आवश्यक परेका मानिससम्म सुरक्षित र निर्बाध रूपमा पुग्ने वातावरण बनाउन आह्वान गरेको छ ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • २.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ३.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ४.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ५.
      वेदकालीन समाज

    • ६.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ७.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ८.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.