• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

फकल्यान्ड तेल परियोजनामा अर्जेन्टिनाको चेतावनी


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • ब्युनस आयर्स, १३ असोज । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिनुभएको छ ।

    Advertisement

    राष्ट्रपति मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानूनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले दुई साताभित्र परियोजना नरोके समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा जाने बताउनुभयो ।

    फकल्यान्ड टापुबाट करिब २२० किलोमिटर टाढा रहेको उक्त तेल क्षेत्रमा इजरायली कम्पनी नाभिटास र बेलायती कम्पनी रकहपरले काम गरिरहेका छन् । ती कम्पनीले बेलायतबाट वैध अन्वेषण अनुमतिपत्र प्राप्त भएकाले अर्जेन्टिनाको दाबी अस्वीकार गर्दै आएका छन् ।

    अर्जेन्टिना र बेलायतबीच फकल्यान्डलाई लिएर लामो समयदेखि विवाद छ । सन् १९८२ मा भएको १० साताको युद्धमा २५५ बेलायती सैनिक र ६४९ अर्जेन्टिनीको मृत्यु भएको थियो । अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।

    अर्जेन्टिनाले परियोजनाले संयुक्त राष्ट्रसङ्घको प्रस्ताव उल्लङ्घन गरेको दाबी गरेको छ भने बेलायतले फकल्यान्ड नजिकका प्राकृतिक स्रोत आफूले उपयुक्त ठानेअनुसार विकास गर्ने अधिकार रहेको बताउँदै आएको छ ।

    यसैबीच, फकल्यान्डका व्यापारिक प्रतिनिधिहरू दुई बन्दरगाहबीच समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न चिलीको पुन्टा एरेनास पुगेका छन् । आर्थिक विकासका उपनिर्देशक लुइस एलिसले नयाँ समुद्री मार्ग तेल परियोजनासँग सम्बन्धित नभएको बताउनुभयो । यस वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त मार्गबाट निर्माण सामग्री तथा खाद्य र पेय पदार्थलगायत सामग्री ढुवानी गरिनेछ ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • २.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ३.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ४.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ५.
      वेदकालीन समाज

    • ६.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ७.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ८.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.