• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • सियोल, १२ असोज । युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियामा हस्तान्तरण गरेको विषय सार्वजनिक गरेपछि दक्षिण कोरियाले असन्तुष्टि जनाएको छ । राष्ट्रपति ली जे म्युङले दुई देशबीचको गोपनीयता सम्झौता उल्लङ्घन गर्दै युक्रेनले एकतर्फी रूपमा विषय सार्वजनिक गरेको भन्दै आधिकारिक स्पष्टीकरण र माफी माग्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता दुई उत्तर कोरियाली सैनिक दक्षिण कोरियामा पठाइएको खुलासा गर्नुभएको थियो । उहाँले ती सैनिकलाई जीवितै पक्राउ गर्नु सहज नभएको बताउनुभएको थियो । त्यसपछि दक्षिण कोरियाले युक्रेनको कदमप्रति आपत्ति जनाएको हो ।

    दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ सचिव सेओङ घी–होङले युक्रेनी पक्षले गोपनीयता सम्झौता उल्लङ्घन गरी विषय एकतर्फी रूपमा सार्वजनिक गरेको बताउनुभएको छ । युक्रेनी राष्ट्रपतिको प्रेस कार्यालयले कुनै गोपनीयता सम्झौता नभएको जनाएकोप्रति पनि उहाँले आपत्ति जनाउँदै यसले दुई सरकारबीचको विश्वास र मैत्रीपूर्ण सम्बन्धमा क्षति पुर्‍याएको बताउनुभयो ।

    युक्रेनले गत वर्षको सुरुआतमा रुसका लागि लडिरहेका उत्तर कोरियाली सेनामध्ये दुई सैनिकलाई पक्राउ गरेको थियो । तीमध्ये एकले आफू १७ वर्षको उमेरमा सेनामा भर्ती भएको र जासुसीसम्बन्धी एकाइमा काम गरेको बताएका थिए । दक्षिण कोरियाका एक सांसदका अनुसार ती सैनिकले दक्षिण कोरियामा ‘सामान्य जीवन’ बिताउन चाहेका थिए ।

    इवा वुमन्स युनिभर्सिटीकी प्राध्यापक पार्क वोन–गोनले घटनाको सार्वजनिक खुलासाले उत्तर कोरियामा दक्षिण कोरियाप्रतिको शत्रुता बढाउन सक्ने बताउनुभएको छ । राष्ट्रपति लीले गत जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिनै उत्तर कोरियासँग वार्ताको प्रस्ताव अघि सार्नुभएको छ ।

    यस घटनाले युक्रेनलाई दक्षिण कोरियाबाट सैन्य सहयोग प्राप्त गर्ने प्रयासमा समेत असर पार्न सक्ने बताइएको छ । दक्षिण कोरियाले हालसम्म युक्रेनलाई घातक हतियार उपलब्ध गराएको छैन, तर उत्तर कोरियाले रुसलाई सहयोग गर्न सैनिक पठाएपछि रक्षात्मक हतियार उपलब्ध गराउने अनुरोधमाथि विचार गरिरहेको थियो ।

    क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले घटनाले दक्षिण कोरिया र युक्रेनबीचको विश्वासमा ठूलो धक्का पुगेको बताउनुभएको छ । उहाँका अनुसार विश्वास कमजोर भएपछि घातक वा गैरघातक हतियार उपलब्ध गराउने विषयमा दक्षिण कोरियाले थप सतर्कता अपनाउनुपर्ने अवस्था आउन सक्छ ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.