• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

स्टारशिपलाई पृथ्वीको कक्षामा पुर्‍याउने स्पेसएक्सको लक्ष्य


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १२ असोज । स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्‍याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ । चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका लागि विकास भइरहेको स्टारशिपलाई कक्षामा पुर्‍याउन सकिएमा यसको विकासमा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।

    Advertisement

    करिब १० घण्टा चल्ने अपेक्षा गरिएको परीक्षणमा स्टारशिपको माथिल्लो चरणलाई पृथ्वीको कक्षामा पुर्‍याएर २६ वटा नयाँ पुस्ताका स्टारलिङ्क उपग्रह तैनाथ गर्ने योजना छ । टेक्सासमा स्थानीय समयअनुसार बिहान ७ः१५ बजे अर्थात् १२ः१५ जीएमटीमा प्रक्षेपण हुने बताइएको छ । यसअघिका केही परीक्षण उडान विस्फोटमा समाप्त भएकाले यसपटकको परीक्षण पनि चुनौतीपूर्ण मानिएको छ ।

    स्पेसएक्सले सन् २०२३ देखि स्टारशिपलाई पूर्ण संरचनामा उडाउन थालेको हो । यसअघिका परीक्षणमा उपकक्षीय प्रक्षेपण मार्ग अपनाइएको थियो । यसपटक भने दोस्रोपटक इन्जिन प्रज्वलन गरी अन्तरिक्षयानलाई कक्षामा प्रवेश गराउने प्रयास गरिनेछ ।

    जर्जटाउन विश्वविद्यालयकी वरिष्ठ विश्लेषक क्याथलिन कर्लीले कक्षामा प्रवेश गराउनु परीक्षणको सबैभन्दा कठिन पक्ष भएको बताउनुभयो । उहाँका अनुसार त्यसका लागि थप शक्ति र जटिल गणनाको आवश्यकता पर्छ । स्पेसएक्सले पृथ्वीबाट करिब २७५ किलोमिटर माथि गोलाकार कक्षा हासिल गर्न करिब २८ हजार किलोमिटर प्रतिघण्टाको गति आवश्यक पर्ने जनाएको छ ।

    कक्षामा पुगेपछि अन्तरिक्षयानले स्टारलिङ्कका २६ उपग्रह तैनाथ गर्ने प्रयास गर्नेछ । त्यसपछि पृथ्वीलाई छ पटक परिक्रमा गरी प्रशान्त महासागरमा उडान समाप्त गर्ने योजना छ । ‘सुपर हेभी’ बुस्टर भने प्रक्षेपणपछि मेक्सिकोको खाडीमा खस्नेछ ।

    स्टारशिपलाई पूर्ण रूपमा पुनःप्रयोग गर्न सकिने अन्तरिक्षयान बनाउने लक्ष्य राखिएको भए पनि व्यावसायिक उडान तथा चन्द्रमा वा मङ्गल ग्रहसम्मका अभियानका लागि अझै प्राविधिक चुनौती बाँकी छन् । स्टारशिपको विकासमा ढिलाइ भइरहेका बेला चीनको एउटा कम्पनीले पनि पुनःप्रयोग गर्न सकिने रकेट विकासमा प्रगति गरेको छ ।

    स्पेसएक्सले भने आंशिक रूपमा पुनःप्रयोग गर्न सकिने फाल्कन रकेटका कारण विश्वव्यापी अन्तरिक्ष प्रक्षेपण बजारमा आफ्नो प्रभाव कायम राखेको छ । १४औँ परीक्षणपछि सोही साता कम्पनीले थप तीनवटा रकेट प्रक्षेपण गर्ने योजना बनाएको छ, जसमध्ये एउटा अन्तरिक्षयात्रीको टोलीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउनेछ ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.