• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कलाकारसँग जोडिएको नेपाली संस्कृति


  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
  • कहिलेकाहीँ बाल्यकालमा देखेभोगेका कुराहरू जब उमेर परिपक्क हुँदै जान्छ, विगतमा वास्ता नगरिएका कुरा उमेरको परिपक्वतासँग जोडिएर आउँदा रहेछन्, स्मृतिमा जीवित रहँदा रहेछन् । तिनलाई विश्लेषण गरेर त्यहाँभित्रको समाज, संस्कृति कस्तो थियो ? विगत र वर्तमानसँग तुलना गर्नु मद्दत पुग्दो रहेछ ।

    Advertisement

    यहाँ चर्चा गर्न खोजिएको के हो भने हाम्रो नजिक राष्ट्रियस्तरको पर्व तिज आइरहेको छ । यसको महत्त्व नेपाली समाजमा अरू पर्वभन्दा बेग्लै प्रकारको रहेको छ । तिजको समय छोटो छ, तर यसको मूल्य यति गहन र गहिरो छ कि त्यसलाई कुनै पनि पर्वले वा विचारले कमी देख्न मिल्दैन । तिजपर्व केवल नाचगान र खानपिनका लागि मात्र होइन, यसले नेपाली समाजलाई युगौँदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नवीन विशेषतातर्फ घच्घच्याइरहेको छ ।

    यसको मूल विशेषता के हो भने वर्षदिनभरि मनभित्र दबिएर रहेका भावनाहरू गीतका माध्यमबाट जेजस्ता छन्, ती सहज रूपमा पोख्नु र चेलीबेटीहरू भेटघाट भएको बेला आआफ्नो परिवेश र पारिवारिक स्थिति एकर्कासँग गीतका माध्यमबाट गुनासोको रूपमा होस् वा केही कुरा सिक्न होस्, त्यो साटासाट गर्न पाउँदा आन्तरिक रूपमा मन हलुङ्गो पार्दै एक प्रकारको सशक्तीकरणयुक्त चेतनाको विकास भएको हुन्छ ।

    तिजको समयमा गाइने गीतमा न कसैले हस्तक्षेप गर्न सक्छ, न कसैले कसैलाई दोष दिन सक्छ । स्वछन्द रूपमा प्रकृति, सामाजिक पारिवारिक, धार्मिक वर्णन उन्मुक्तिका भावना उराल्दै शब्दको साबुनपानीका माध्यमबाट मनका कसरमसर वा फोहरमैला पखालेर लिएको आनन्द बराबर संसारमा कुनै पनि आनन्दप्राप्तिको विषयवस्तु नहोला । यद्यपि तिजको समयमा यौनमूलक गीतलाई महत्त्व दिएको पाइन्न । तसर्थ तिजपर्व विशुद्ध रूपमा सामाजिक हो । तर हिजोआज यति सुन्दर पर्वलाई पुरुषको बढी हस्तक्षेप हुनु यौन उत्तेजक गीत गाएर व्यापारको रूपमा प्रयोग गर्नुबाट तिजपर्वको महत्त्वलाई गम्भीर रूपले क्षति पु¥याइएको छ भन्नुमा फरक नपर्ला ।

    तिजपर्वसँग जोडेर फेसबुक, युट्युब, टेलिभिजनजस्तो सञ्चारको सञ्जालमा नग्नचित्र एवम् उत्तेजक गीतहरू प्रचार प्रसार गर्नुमा कलाकार बढी जिम्मेवार देखिन्छन् । हरेक पर्वको आफ्नै महत्त्व छ । बिहेको बेला रत्यौलीमा खेलिने वा गाइने गीत सबै समयका लागि छुट छैन । तर कलाकारबाट तिजपर्वको गरिमा मेट्दै अनियन्त्रित एवम् मनपरी ढङ्गबाट सस्तो लोकप्रियता एवम् पैसाका लागि कोठामा बसेर सङ्कलन गरिएका आफ्नो मनका यौन कुण्ठा पोखेर नेपाली समाजलाई अल्मल्याउनुमा कलाकारको भूमिका उच्च रूपमा रहेको छ ।

    सबै पर्वको आआफ्नो महत्त्व हुन्छ । तिजको सँगसँगै गाइजात्रा पर्व पनि आफ्नो महत्त्वका साथ देखा पर्छ, जसमा आरम्भदेखि आजसम्म हास्यब्यङ्ग्य, छेडपेचको मात्र प्रचलन छ । यस्तै तिजको पर्वमा पनि आफ्नै प्रकृति, आफ्नै स्वरूपका गीत गाउने प्रचलन रहिआएको छ । तर कलाकारले संयमतापूर्वक आफ्नो तिजको पर्वमा देखाउने प्रतिभा देखाएमा तिजपर्वमाथि हिलो छ्यापेको ठहर्दैनथ्यो होला । तिजपर्व गाईजात्राको स्वभाव बोकेर आउँदैन, न त रत्यौलीको रूपमा आउछ । यसको बेग्लै किसिमको विशेषतामा रहेर कलाकारले गीत गाउँदामा के फरक पथ्र्यो र ? के पर्वलाई प्रयोग गरेर पर्वका मूल्यमान्यतालाई तिलाञ्जली दिएर भद्दा र अराजक प्रकृतिका कला प्रस्तुत गर्नु राम्रो हो र ? नयाँ पिँढीलाई सिकाउने कलाकार हुन् । कलाभित्र संस्कृति, संस्कार सुरक्षित हुनुपर्छ । समाजको पीडामा मलम लगाउनुपर्छ ।

    तर समाजको मन दुखाएर समाजको टुप्पीमा समातेर रिङाएर पर्वको बद्नाम गरेर कलाको पनि इज्जत रहलाजस्तो लाग्दैन । हाम्रो संस्कृतिमाथि चारैतर्फबाट आक्रमण भइरहेको बेला कलाकारहरूले पनि त्यसलाई मलजल गर्ने काम गरेमा पर्वको महत्त्व कहाँ पुग्ला ? हामी तिजपर्वलाई स्वछन्द रूपमा प्रयोग गर्नुभन्दा पर्वको केन्द्रियतामा रहेर यसको मर्यादा नखल्बलिने गरी गीत गायौँ भने कलाकारमाथि कसैले दोषारोपण गर्ने अवसर कसैले नपाउला ।

    तिजपर्वमा गाइने गीत विश्लेषण गरेर हेर्ने हो भने समाजको मर्म यति छ कि जसमा भावनाका छल्का विम्बात्मक रूपमा प्रस्तुत गरी जीवनदर्शनको यथार्थसँग अभिन्न रूपले गाँसिएका छन् । अब हामीलाई समस्या यहाँ परिरहेको छ कि पाका पुस्ता लोप हुँदै छन् । नयाँ पिँढीले पुरानाका कुरा नसुन्ने सस्तो लोकप्रियता र सुविधाभोगी हुने कुनै पनि विचारलाई गम्भीरतापूर्वक नलिने सञ्चारको साधनले आधुनिकताको नाममा समाजको मूल्यमान्यतालाई चटक्कै बिर्सिएर उम्रिन नपाउँदै तीनपात बन्ने परिपाटीले पर्वका ठोस मूल्यमान्यतालाई कहाँ पु¥याउने हो वा कसरी छिपाउने हो ? आधुनिक भन्नेले नै जानुन् । आधुनिक भन्दैमा कति कुरा आधुनिक हो र कति कुरा होइन । के भूत नभई कन वर्तमान यसै पलाएको हो त ? नेपाली कलाकारहरूले यसको जवाफ दिनै पर्छ ।

    तिजलाई भड्किलो र पूर्ण स्वछन्दताका दृष्टिले हेरियो भने यसको मौलिकता र गरिमा कहाँ पुग्ला समाजभन्दा पर पुगेर पर्वको सीमा नाघेर मनपरी ढङ्गले मैले जे गरे पनि राम्रै हुन्छ भन्ने सोचाइबाट प्रभावित भएर विचार नभएको कलाको प्रस्तुति पर्वको गरिमाबाट हेर्दा सुन्दर देखिएलाजस्तो लाग्दैन । ठोस रूपमा भन्ने हो भने उच्च घराना र कुलीन भन्नेले तिजलाई धर्मको साँघुरो परिधिभित्र राख्ने प्रयास नगरेका होइनन् । तर ठोस रूपमा तिजपर्व जोगाउने भनेको यहाँका जाति÷जनजाति पूर्व मेचीदेखि महाकालीसम्म नभई नेपालीका हरेक बस्तीले तिजपर्वलाई महत्त्व दिएका कुरा घामजस्तै उज्यालो छ ।

    आज आएर शहरिया रौनक र पाश्चात्य परम्पराको संस्कृति गीतका माध्यमबाट प्रवेश गराएर नेपाली समाजको आँखामा पट्टी लगाउने विचारमा धमिरो लगाउने तिता र टर्रा लय प्रयोग गरेर समाजभन्दा पृथक् रूप प्रदान गर्ने जिम्मा कलाकारले लिएजस्तो लाग्छ । हो, आज पैसा कमाइएला । तर भोलि यति विकराल र जटिलता उत्पन्न हुने छ कि आफैले छ्यापेको हिलोका छिटा आफ्नै सुटटाइ र अनुहारमा नपर्ला भनेर कसरी भन्न सकिन्छ र ?

    तिजपर्वमा जीवन छ, त्यसभित्र मानवता छ, विरेचनको प्रयोग छ । मनको आनन्द र मानवता छ । महिलाहरूका दुःखसुखका विचार छन्, कतै सामाजिक चेतनाको प्रवाह छ । समाज बदल्ने रहर छ, सङ्घर्षप्रतिका दृढ आस्था र विश्वास छन् । ती सबैलाई बिम्बका माध्यमबाट प्रस्तुत गरिनु तिजपर्व वा यस समयमा गाइने गीतकोे बेग्लै विशेषता हो । यति सुन्दर पर्वको अनुहारमा व्यापारी पाश्चात्य प्रभाव अराजकता असान्दर्भिक स्वछन्दता र नग्नताको हिलो छेप्नु कुनै कलाकारको दायित्वभित्र पर्दैन ।

    हामी तिजका गीतलाई सुन्दर एवम् भव्य रूपमा गाउँ नयाँ पिँढीलाई सही र साँचो रूपमा हस्तान्तरण गरौँ । यसमा भएका विकृति हटाउन हामी आफै सक्षम छौँ । कसैको संस्कृतिको सहारा लिएर कसैका गलत विचार सापट लिएर मौलिकतालाई ध्वस्त नपारौँ । आश्वयक सुधार गरी यसमा भएका विकृतिका कसरमसर हटाई महान् कृतिको रूपमा तिजपर्व मनाऊँ । यही मान्यतामा रहेर तिजका गीत गाउने कलाकार आफ्नो कला सही रूपमा प्रस्तुत गरुन्, सीमा नाघेर हिडियो भने हामी सही ठाउँमा पुग्दैनौँ भन्ने मान्यता कलाकारले बुझ्नुपर्छ ।

    निश्चितै रूपमा तिजपर्व कलासंस्कृतिसँग जोडिएको छ । यी एकापसका परिपूरक वा अभिन्न तत्त्वका रूपमा रहेका छन् । यिनको मौलिकतामा पाश्चात्य प्रभावको भिटामिन हाल्नुपर्दैैन ।

    सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.