• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

होर्मुज जलडमरूमध्य खोल्न इरान आफ्ना सर्तमा अडिग


  •   आइतबार, असोज ११, २०८३ मा प्रकाशित
  • तेहरान, ११ असोज । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरे पनि इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म जलडमरूमध्य नखोल्ने अडान दोहोर्‍याएको छ ।

    Advertisement

    विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य अहिले संयुक्त राज्य अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य केन्द्र बनेको छ । करिब सात महिनाअघि इरानमाथि भएको घातक सैन्य आक्रमणपछि यो द्वन्द्व थप चर्किएको हो ।

    इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार इरानको प्रस्तावमा लेबनानसहित सम्पूर्ण मध्यपूर्वमा जारी सबै सैन्य गतिविधि अन्त्य गर्नुपर्ने र केही महिनाअघि असफल भएको युद्धविराम सम्झौताका सर्तहरू कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।

    उक्त सम्झौतामा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, इरानी तेलमाथिका प्रतिबन्ध हटाउने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय समावेश थिए ।

    अराघ्चीले आइतबार इरानका सर्तहरू स्पष्ट रहेको र ती पूरा भएपछि मात्र होर्मुज जलडमरूमध्य खोल्ने प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले इरान कूटनीति र वार्ताबाट कहिल्यै पछि नहटेको, तर आफ्ना अधिकारबाट पनि पछि नहट्ने बताउनुभयो ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार युद्धविरामसम्बन्धी प्रस्ताव अस्वीकार गरेको बताउनुभएको थियो । उहाँका अनुसार इरानले जलडमरूमध्य तत्काल खोल्नुपर्ने अवस्थाका कारण सम्झौता गर्न चाहेको हो ।

    अराघ्चीका अनुसार अमेरिकी राष्ट्रपतिको प्रारम्भिक प्रतिक्रिया इरानले थाहा पाए पनि मध्यस्थकर्तामार्फत हालसम्म अमेरिकाको औपचारिक धारणा प्राप्त भएको छैन । उहाँले मध्यस्थकर्ताबाट अन्तिम धारणा प्राप्त भएपछि त्यसका आधारमा निर्णय गरिने बताउनुभयो ।

    सात दिनमा जलडमरूमध्य खोल्न सकिने इरानको दाबी

    संयुक्त राज्य अमेरिका र इरानले जुन महिनामा युद्ध अन्त्य गर्ने, होर्मुज जलडमरूमध्य खोल्ने र इरानको आणविक कार्यक्रमबारे वार्ता सुरु गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर केही समयपछि उक्त समझदारी भंग भएको थियो ।

    इरानले स्वीकृत मार्गबाट विचलित भएको आरोप लगाउँदै होर्मुज हुँदै जाने व्यावसायिक पानीजहाजमाथि कारबाही गरेपछि तनाव थप बढेको थियो ।

    इरानले सुरक्षा र आफ्नो सार्वभौमिकताको कारण देखाउँदै जलडमरूमध्यबाट आवतजावत गर्ने पानीजहाजले अनुमति लिनुपर्ने बताउँदै आएको छ । अनुमति पालना नगर्ने पानीजहाजमाथि नियमित रूपमा कारबाही हुने गरेको छ भने संयुक्त राज्य अमेरिकाले पनि त्यसको जवाफमा इरानी तटीय क्षेत्रमा समय–समयमा हवाई आक्रमण गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसंघमा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानले होर्मुज र बाब अल–मन्दबजस्ता महत्वपूर्ण जलमार्ग खुला राख्ने आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदाय असफल भएको आरोप लगाउनुभयो ।

    उहाँले कुनै पनि पक्षले यी महत्वपूर्ण जलमार्गलाई दबाब, धम्की वा अन्य देशको हितमा क्षति पुर्‍याउने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँका अनुसार यी जलमार्ग विश्वव्यापी ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छन् ।

    रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि आफ्नो देश अन्य जिम्मेवार राष्ट्रसँग मिलेर रणनीतिक रूपमा महत्वपूर्ण यस क्षेत्रमा स्थायित्व कायम गर्न रचनात्मक योगदान दिन तयार रहेको बताउनुभएको छ ।

    यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । उहाँले इरान वार्ताको टेबलबाट पछि नहटेको तर विगतका अनुभवका कारण संयुक्त राज्य अमेरिकामाथि विश्वास गर्न नसकेको बताउनुभयो ।

    अराघ्चीका अनुसार इरानले कतारमार्फत संयुक्त राज्य अमेरिकासमक्ष सात दिनको ठोस योजना प्रस्तुत गरेको छ । आवश्यक सर्त पूरा भएमा सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न र सामान्य समुद्री आवतजावत सुरु गर्न सकिने इरानको भनाइ छ ।

    उहाँले अब निर्णय गर्ने जिम्मेवारी संयुक्त राज्य अमेरिकाको रहेको बताउँदै इरानले दबाब, धम्की वा डर देखाउने कार्य स्वीकार नगर्ने र दबाबमा आफ्नो सार्वभौम अधिकार त्याग नगर्ने स्पष्ट पार्नुभयो ।

    इरानी क्रान्तिकारी रक्षक दलका प्रवक्ता होसेन मोहेबीले इरानका सातवटै सर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकाविरुद्धको कारबाही नरोकिने बताउनुभयो ।

    मोहेबीले यसअघि मंगलबार दिएको अन्तर्वार्तामा यमनमा जारी सैन्य गतिविधि अन्त्य गर्नु पनि तेहरानको मागमध्ये एक रहेको बताउनुभएको थियो ।

    आइतबार, असोज ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.