• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अन्तरविरोध


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • दुर्गानाथ खरेल
    प्रकृति, समाज, घटना र व्यवस्थामा, जहाँ पनि परस्पर विरोधी पक्षबिच एकता भएर अस्तित्व रहेको हुन्छ । परस्पर विरोधी पक्षको उद्देश्य परस्पर विरोधी नै हुन्छ । विरोधी गतिविधिबाट गति पैदा हुन्छ र परिवर्तन, विकास तथा पतन हुँदै नयाँको अस्तित्व स्थापित हुने गर्दछ । अन्तरविरोध बिना न गति पैदा हुन्छ, न त परिवर्तन, विकास, विनास भई नयाँ र उच्चस्तरको धेरै जीवन क्षमता भएको प्रगतिशील व्यवस्था नै अस्तित्व आउन सक्दछ ।

    Advertisement

    सामन्ती व्यवस्थालाई अन्तरविरोधबाट विस्थापित गर्दै आफ्नो अस्तित्व जमाएको पुँजीवादी व्यवस्थाको विरुद्ध आफ्नो प्रगतिशील अस्तित्व जमाउन कम्युनिस्ट व्यवस्थाको अस्तित्व भएको हो । कम्युनिस्ट व्यवस्थाका लागि कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । कम्युनिस्ट पार्टीका लागि सबैभन्दा पहिलो महत्त्व सिद्धान्तको हुन्छ । दोस्रो महत्त्व राजनीतिको र तेस्रो महत्त्व सङ्गठनको हुन्छ ।

    कम्युनिस्ट पार्टीभित्रका अन्तरविरोध उग्रवामपन्थी, दक्षिणपन्थी र मध्यपन्थी अवसरवादीका विरुद्ध क्रान्तिकारीले चलाउने अन्तरविरोध हुन्छ । उग्रवामपन्थीहरूले वस्तुगत परिस्थितिको ख्याल नगरिकन क्रान्तिकारिताको प्रदर्शन गर्दछन् । उनीहरूले कसैसित सम्झौता नगरी आफ्ना उग्र गतिविधि सञ्चालन गर्ने र सशस्त्र सङ्घर्षमा शक्ति देख्छन् । उनीहरूको संसार सून्य हुन्छ । उनीहरूमा लगन, सङ्गठन, अनुशासन र धैर्यता हुन्न । संसार सून्य र अँध्यारो भएपछि उनीहरूले अवसरको खोजी गर्दै जस्तासुकै दक्षिणपन्थी अवसरवादीसँग मात्र नभई दलाल शक्तिसँग सम्झौता मात्र होइन, दलालीसमेत गर्ने शक्तिमा परिणत हुन्छन् । दक्षिणपन्थी अवसरवादीले वर्गीय मुक्तिलाई नकार्ने गर्दछन् । शान्तिपूर्ण तरिकाबाट समाजवादसम्म पुग्न सकिन्छ भन्छन् । वर्गसङ्घर्षको सट्टा वर्गसमन्वयको तरिका प्रयोग गर्दछन् । उनीहरूले पुँजीपति वर्गको सेवा गर्छन् । आन्दोलन सबैथोक हो, अन्तिम उद्देश्य केही पनि होइन भन्छन् । क्रान्तिकारी नीति परिवर्तन गरिरहन्छन् । मध्यपन्थी क्रान्तिकारी र दक्षिणपन्थीका बिचका अवसरवादी हुन् । सङ्गठनको हिसाबले क्रान्तिकारी सङ्गठनमा हुन्छन्, व्यवहारमा दक्षिणपन्थी अवसरवादको तरिका लागु गर्छन् । क्रान्तिकारीको बहुमत हुँदासम्म क्रान्तिकारीको पक्ष लिन्छन् । तर दक्षिणपन्थीसँगको सम्बन्ध बढाइरहन्छन् । समयमा नै सच्चाउन नसक्ने हो भने उनीहरू सङ्गठनात्मक रूपले नै दक्षिणपन्थीसँग जान्छन् । यिनीहरू तीन वटै किसिमका अवसरवादीसँगको अन्तरविरोध क्रान्तिकारीले सामना गर्नैपर्छ ।

    अन्तरविरोध युगअनुसार फरक–फरक हुन्छ । दासयुगमा दासमालिक र दासबिचको अन्तरविरोध मुख्य अन्तरविरोध थियो । त्यतिखेरको राज्यसत्ताको काम दासलाई कज्याउने, भनेजस्तो काम नगर्ने दासलाई दण्ड–जरिवाना गर्ने मात्र नभई दास भगाउनेलाई समेत कारबाही गर्ने थियो । त्यही मुख्य अन्तरविरोधबाट उत्पीडनमा परेका दासले विद्रोह चर्काउँदै लगेर एक लाखको सङ्ख्यामा विद्रोही दास सडकमा निस्केर आन्दोलन गरेपछि दासव्यवस्था चल्नै नसकेर सामन्ती राज्यसत्ताको सुरुवात भएको थियो । त्यतिखेरका मालिकवर्ग र दासवर्ग दुवैको अस्तित्व समाप्त भई नयाँ राज्यसत्तामा नयाँ युग र नयाँ युगमा खेती गर्ने किसान र जग्गाका मालिक सामन्तको बिच अन्तरविरोध मुख्य अन्तरविरोध थियो ।

    दासव्यवस्थामा उत्पादनको साधन दासश्रम थियो । पेशा पशुपालन, कृषि र दस्तकारी सेवा थियो भने सामन्ती युगमा उत्पादनको साधन जमिन थियो । पेशा कृषि उत्पादन र घरेलु उत्पादन थियो । किसानहरू किनबेचेमा पर्दैनथे । उनीहरू व्यक्तिगत रूपमा स्वतन्त्र थिए । तर जग्गाको सामन्ती अधिकारका कारणले उनीहरूमाथि सामन्तले शोषणको बन्धन कस्दै जान्थे । जग्गाको स्वामित्व, तिरो, बेठबेगारी आदि शोषणका मुख्य औजार थिए । सामन्तको ठाटबाठ, धाकरवाफ र प्रतियोगीसँग लडाइ, सुन्दरीसँग प्रेम सबैको मूल्य किसानको श्रमबाट चुक्ता गर्नुपर्दथ्यो । सामन्तको लोभलाग्दो जीवनको नक्कल नगर्न÷नगराउनका लागि स्वर्ग र नर्क, त्यसमा थप अघिल्लो जुनी र पछिल्लो जुनी आदिका साथ धर्म र नैतिकताका कुरा समाजमा प्रचलित बनाइएका थिए । तिनी काल्पनिक कुराबाट चर्को अन्तरविरोध मत्थर पार्ने काम हुन्थ्यो । सामन्तको जीवनशैलीलाई स्वर्गको र गरिबको जीवनशैलीलाई नर्कको जीवनशैली बताउँदै अघिल्लो जुनीको कुकर्मको फल बताउने र अर्को जुनी सुधार्नलाई अन्याय सहनुपर्ने बताउँदै गरिबमा शोषण सहन सक्ने क्षमता बढाउने र सामन्तमा दमन बढाउन सक्ने क्षमताको विकास गराएर अन्तरविरोध चर्कन नदिने उपाय निकालिएको थियो । यो अध्यात्मवादी हतियारले जतिसुकै प्रयत्न गरे पनि किसानको मुक्ति गरेन । बेलाबेलामा अन्तरविरोध चर्कने गरे पनि किसानको व्यक्तिगत जीवनशैलीका कारण सङ्गठित शक्ति प्रदर्शन भई अन्तरविरोधको छिनोफानो हुन सकेको थिएन ।

    राज्यसत्ताको काम धर्मको प्रचार प्रसार गर्ने तथा सामन्तले बेलाबेलामा जनता जम्मा गरी धर्मकर्मका काम गरी जनताको समर्थन जुटाउने कामसमेत अन्तरविरोध समाधानका उपाय थिए । त्यही व्यवस्थाभित्र जब व्यापार र उद्योगको विकास भयो, तब पुँजीपति वर्ग नयाँ प्रगतिशील वर्गको रूपमा उदायो । उसले मजदुरलाई रोजगार बनाउने र उनीहरूका जल्दाबल्दा आवश्यकता पूरा गरिदिने भएकाले मजदुर वर्ग पुँजीपति वर्गको कार्यकर्ता भई काम गर्न लागे । उदाउँदो शक्ति पुँजीपति वर्ग र अस्ताउँदो शक्ति सामन्ती राज्यसत्ताबिच अन्तरविरोध बढ्दै गयो ।

    पुँजीवादको विकास हुँदै जाँदा किसानसमेत पुँजीपति वर्गको समर्थनमा, खासगरी मजदुर–किसान एकताको रूपमा पुँजीपति वर्गको नेतृत्व स्वीकार्य भई सामन्तसँगको अन्तरविरोधमा शक्ति निर्माण भयो । राज्यसत्ता ठुलो सङ्गठित शक्ति भए पनि उदीयमान वर्गले मरणासन्न वर्गमाथि विजय हासिल गर्न पुँजीपति वर्ग नेता र मजदुर कार्यकर्ता भई मजदुरले हतियार बोकेर सामन्ती सत्तालाई हराउँदै गए ।
    सामन्त र पुँजीपतिबिचको अन्तरविरोधमा पुँजीपति धर्मको विरोधी र विज्ञानको पक्षपाती थियो भने सामन्त धर्मको पक्षपाती र परम्परागत संस्कृतिको संरक्षक थियो । अर्कातिर, पुँजीपतिले नाफा कमाउन उत्पादन र पुनरुत्पादनमा जोड दिन्थ्यो भने सामन्तले किसानको चर्को शोषण गरेर ठाटबाट, धाकरवाफामा खर्च गर्ने तथा विलासी जीवन बिताउने गर्दथ्यो । त्यतिखेरको अवस्थामा पुँजीपति वर्ग सम्पूर्ण श्रमजीवी जनताको प्रतिनिधि र प्रगतिशील शक्ति थियो । सामन्तका विरुद्धको सङ्घर्षमा पुँजीपति विजयी बन्दै गयो र विजयपछि आवधिक चुनाव गराएर विजयी पार्टीले सत्ता चलाउने र हार्ने प्रतिपक्ष बन्ने प्रगतिशील चुनावी संसदीय व्यवस्था लागु गर्दै गयो । यस्तो किसिमको अन्तरविरोध सन् १६४० देखि १८४८ सम्म चलिरह्यो । संसारको धेरै देशमा पुँजीपति वर्ग सत्तासिन भए । संसारका देशमा पुँजीपति वर्ग शासित वर्गबाट शासक वर्गको रूपमा स्थापित भयो ।

    करिब २०० वर्षको अवधिमा संसदीय व्यवस्था र पुँजीपति वर्ग बिना विकल्प प्रगतिशील शक्तिको रूपमा स्थापित भएकै अवस्थामा कम्युनिस्ट घोषणापत्र १८४८ मा प्रकाशित भएपछि अन्तरविरोधको स्थितिमा परिवर्तन आयो । मजदुरको मुक्ति मजदुरबाहेक अरू कसैले गर्न सक्दैन, त्यसैले संसारका मजदुर एक हौँ भन्ने कुरा घोषणापत्रमा उल्लेख भएर पुँजीपति वर्ग तथा मजदुर वर्ग दुवैले बुझेपछि पुँजीपति वर्गको नेतृत्व मजदुरका लागि स्वीकार्य भएन ।

    उता, पुँजीपति वर्गले आफू शोषक भएको स्वीकार गरी पुरानो शोषक र पुरानो शासक सामन्तसँग सम्झौता गर्ने नीति लियो । एकातिर शोषक, अर्कातिर शोषित भई वर्गीय अन्तरविरोध सुरु भयो । त्यति मात्र नभई संसारका मजदुर एक हौँ भने पनि उनीहरूका खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य, रोजगारका जल्दाबल्दा समस्याका कारण संसारका मजदुरहरू अहिलेसम्म एक हुन सकेका छैनन् । तर संसारका पुँजीपति भने १९०० तिर नै एक भएर साम्राज्यवादी शोषण बढाउन सुरु गरे । मजदुर र किसानबिच एकता कायम गरेर पुँजीवादी शोषणका विरुद्ध विद्रोह सफल पार्दै रुसमा ४० वर्ष र चीनमा २७ वर्ष शासनको बागडोर आफ्नो हातमा लिएर सञ्चालन पनि गरे ।

    पुँजीपति वर्ग र सामन्त वर्गको लामो समयसम्मको शासक भई दमन गरेको अनुभव र किसान–मजदुरको शासकीय अनुभवको कमी आदि कारणले गर्दा सत्तासिन भई आफ्नो वर्गीय मुक्तिको गति तीव्र बनाउन सकेका छैनन् । सामन्तसँगको सम्झौतापछि पुँजीपति वर्गले धर्मको बारेमा समेत आफ्नो विरोधलाई नाफा हुने हदसम्म मात्र विरोध गर्ने, नाफा गर्न सकिने भए प्रचार प्रसारसमेत गर्ने गरेको छ । उसको विरोध या समर्थन नाफाघाटाको आधारमा निश्चित हुने गरेको छ । राज्यसत्ता आफ्नो भएको, धनसम्पत्ति आफ्नो स्वामित्वमा भएको, प्रचार सामग्री र सङ्गठनसमेत आफैले उपयोग गर्ने हदसम्मका लागि वैधानिकता दिएको अवस्थाले गर्दा श्रमजीवी वर्गले सङ्गठित प्रयत्नका लागि धेरै मिहिनेत गर्नुपरेको छ । तर पनि राज्यसत्ता कब्जा गर्न श्रमजीवी वर्गको सङ्गठित प्रयत्न दिनदिनै बढेर अनुशासित भई अगाडि बढिरहेको छ ।

    साम्राज्यवादी देशले अर्को देशमा गएर शासन गर्ने अवस्थामा त्यो देशका जनता र त्यो विदेशी शासकबिच राष्ट्रिय स्वाधीनताको अन्तरविरोध हुने गर्दथ्यो । एकातिर, साम्राज्यवादी शासकवर्ग र अर्कातिर, त्यो देशका जनताबिच प्रधान अन्तरविरोध हुने गर्दथ्यो । त्यही सिलसिलामा १९० वर्षे बेलायती शासन विरुद्ध सङ्घर्ष गरेर भारत १९४७ मा स्वाधीन भएको थियो । अहिले त्यस्तो औपनिवेशिक युगको अस्तित्व नभए पनि आफ्नो इशारामा चल्ने त्यही देशको शासक बनाएर त्यो देशका साधनश्रोत आफूले उपयोग गर्ने चलन छ । आफ्ना दलाल मार्फत् शोषण चर्को बनाउने तरिका अर्धऔपनिवेशिक अवस्था व्यवहारमा चालु छ । त्यस्ता देशमा राष्ट्रिय पुँजीको विकास हुन पाउन्न । एकातिर, विदेशीको इशारामा चल्ने शासक हुने, अर्कातिर, दलाल र नोकरशाही पुँजीपतिको शोषण चर्को हुने त्यस्तो अवस्थालाई अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था भन्दछन् । त्यस्तो अवस्था अहिले प्रचलनमा रहेको अवस्था हो । त्यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनताका लागि र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि त्यो देशका जनता राष्ट्रिय पुँजीपति वर्गसमेतका शोषित–उत्पीडित जनता एकातिर र अर्काेतिर दलाल नोकरशाही पुँजीपति वर्ग र तिनीहरूका मालिक सामन्त र वैदेशिक शक्ति भई अन्तरविरोध अगाडि बढ्छ । यस्तो अवस्थामा जनवादी व्यवस्था स्थापना गर्न सर्वहारा वर्गको नेतृत्वको कम्युनिस्ट पार्टीले सञ्चालन गरेको राजनैतिक आन्दोलन विजयी बन्नुपर्छ ।

    कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि राजनैतिक क्रान्तिको नेतृत्व गर्न नसक्ने र नगर्ने भएको हुनाले कम्युनिस्ट पार्टीले पुँजीवादी क्रान्तिको नेतृत्व गर्नुपरेको हो । यो आमूल परिवर्तनको नेतृत्व भएकाले सर्वहारा वर्गको नेतृत्व अनिवार्य हुन्छ । यो राजनैतिक आन्दोलनको विजय भएपछि राज्यसत्ताका दुई वटा मुख्य काम हुन्छन् ः एउटा– सर्वहारा वर्ग उत्पादन गर्ने र दोस्रो– सरकारी र सहकारी स्वामित्वको अर्थतन्त्र विकास गर्ने । त्यसो गर्दै स्थायी पुँजीको विकास भएपछि समाज सोझै समाजवादमा पुग्छ । त्यसको आधार तयार गर्ने बेलामा नै कम्युनिस्ट पार्टीका कार्यकर्ता आफू मुक्त भइसकेको हुनुपर्दछ । जनताको मुक्ति भने समाजवादी राज्यसत्ता निर्माणसँगै सुरु हुने हो । त्यसैले कम्युनिस्ट पार्टीको सुरुवात भने सर्वहारा विश्वदृष्टिकोणबाट मात्र सुरु हुन्छ ।

    समाजवादी र पुँजीवादी व्यवस्था परस्पर विरोधी व्यवस्था हुन् । पुँजीवादी व्यवस्थामा मुख्य अन्तरविरोध पुँजीपति वर्ग र सर्वहारा वर्गबिच हुन्छ । समाजवादमा पनि सर्वहारा वर्ग र पुँजीपति वर्गबिच नै मुख्य अन्तरविरोध हुन्छ । फरक त्यत्ति हो, पुँजीवादी व्यवस्थामा राज्यसत्ता पुँजीपति वर्गको हातमा हुन्छ भने समाजवादमा सर्वहारा वर्गको हातमा हुन्छ । त्यस्तो भए पनि समाज ठ्याक्कै सर्वहारा र पुँजीपति वर्ग मात्रै भएको हुन्न, यिनीहरू त परस्पर विरोधी झगडिया हुन् । फैसला गर्ने न्यायाधीशले हो । राजनैतिक पार्टीका न्यायाधीश जनता हुन् ।

    धेरैजसो राजनैतिक पार्टीले जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम गर्छन् । कम्युनिस्ट पार्टीले गर्ने काम जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर सही फैसलाका लागि उनीहरूलाई जिम्मा लगाउने नै हो । त्यसो गर्दा मुख्य अन्तरविरोध धर्मसँग पर्छ । आदर्शवादी चेतनाका विरुद्ध भौतिकवादी चेतनाका कारण निम्न पुँजीवादी विश्वदृष्टिकोेण विरुद्ध सर्वहारा विश्वदृष्टिकोणले जित्नुपर्छ । त्यो काम एकैदिन वा छिट्टै पूरा हुन्न । निम्न पुँजीवादी विश्वदृष्टिकोणलाई सर्वहारा विश्वदृष्टिकोणको डण्डाले लगातार हिर्काइरहनुपर्छ ।

    धर्मको विरोधी नभइकन मुक्त हुन नसकिने र जनतालाई धर्मको नसाले लट्ठ पारेको हुने हुनाले सबैभन्दा पहिले धर्मबाट मुक्त गराउनुपर्छ । धर्म, राजनीति दुवै उपरी संरचना भनिए पनि सामाजिक अस्तित्वका कारणले यिनीहरूले विश्वदृष्टिकोण निर्माण र सर्वहाराकरणमा महत्त्वपूर्ण कारक तत्वका रूपमा काम गर्छन् ।

    कम्युनिस्ट पार्टीमा काम गर्ने भनेको पहिले विश्वदृष्टिकोणमा सर्वहाराकरण हुने र त्यसपछि भौतिक रूपमा सर्वहाराकरण हुने हो । त्यसकारण धर्म र राजनीतिको महत्त्वपूर्ण भूमिका हुन्छ । समाजवादी समाजमा पनि गाउँ र शहरबिच, मजदुर र किसानबिच, शारीरिक काम र बौद्धिक कामबिच अन्तरविरोध हुने भए पनि क्रमशः कम पार्दै लगिएको हुन्छ । मान्छेमान्छेबिचको अन्तरविरोध घटाउँदै मान्छे र प्रकृतिबिचको अन्तरविरोध बढाएर समाधान गर्नेतिर ध्यान केन्द्रित हुँदै गएको हुन्छ ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.