• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • मधुकर अधिकारी, न्युयोर्क ।

    Advertisement

    संयुक्त राष्ट्र सङ्घको एकासिऔँ महासभा आज सेप्टेम्बर ८, २०२६ देखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ ।

    यसपटकको महासभाका लागि ‘विश्वासको पुन:स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्र सङ्घ’ नारा तय गरिएको छ ।

    महासभाको सबैैभन्दा महत्त्व पूर्ण कार्यक्रम सेटेम्बर १८ देखि २८ सम्मलाई मानिन्छ । सो अवसरमा विश्वभरको चासो, विश्व स्वास्थ्यदेखि शान्ति, सुरक्षा, मानवीय सहायतालगायतका विविध विषयमा माथि छलफल हुन्छ ।

    सेप्टेम्बर २२ देखि २६ तारिखसम्म विश्वभरका सदस्य राष्ट्रका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाको महŒवपूर्ण कार्यक्रममध्ये सेप्टेम्बर १८ का दिन दिगो विकासका लक्ष्यको बारेमा छलफल हुनेछ, जहाँ समुदाय, राष्ट्र र क्षेत्रीय रूपमा भइरहेका मानव तथा भौतिक विकास र विश्वव्यापी रूपमा भइरहेका कार्यप्रगतिको समीक्षासमेत गरिन्छ ।

    सेप्टेम्बर २३ का दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ । यस सम्मेलनमा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, त्यसमा विकसित राष्ट्रको भूमिका, प्रभावित देशको अवस्था, ऊर्जा उत्पादन तथा उपभोक्ता अधिकारलगायका विविध विषयमा मजबुत सहकार्यको लागि आह्वान गर्नुहुने राष्ट्रसङ्घले जनाएको छ ।

    जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्र सङ्घमा प्राथमिकताका साथ उठाउने भएको छ । खासगरी जलवायु न्याय र जलवायु असरले मानव जीवन, प्राकृतिक सम्पदा, ऊर्जालगायतका क्षेत्रमा पारेको असर, क्षति र क्षतिपूर्तिको मागको विषयमा नेपालको ध्यान केन्द्रित रहने बुझिएको छ ।

    करिब एक दशकदेखि राष्ट्रसङ्घीय महासभाको समाचार सम्प्रेषण गर्दै आएको एक सञ्चारकर्मीको अनुभवका आधारमा जलवायु परिवर्तनको प्रभाव, क्षतिपूर्ति, अत्यधिक कार्बन उत्सर्जन गर्ने देशको भूमिका, तापक्रम वृद्धि, जलवायु न्याय, दिगो विकासलगायतका विषयलाई राष्ट्रसङ्घीय मञ्चमा नेपालले उच्च प्राथमिकताका साथ विश्व समुदायमाझ आवाज उठाउँदै आएको देखिन्छ ।

    जलवायु परिवर्तनको चपेटामा समग्र विश्व समुदाय पर्दै गएको, तापक्रम वृद्धि, समुद्रको सतह वृद्धिलगायतका समस्याले कैयौँ देश प्रभावित भइरहेको अवस्थामा विश्वको साझा समस्या सम्बोधन गर्न वार्षिक रूपमा आयोजना हुने यस महासभाले विश्वको ध्यान खिचेको छ, साथै विश्वका विभिन्न भूगोल तथा क्षेत्रमा जारी रहेका विविध किसिमका युद्धले मानव जीवनमा आर्थिक भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले पनि यस महासभामा यी विषयमा आवश्यक छलफल एवम् परामर्श हुने अपेक्षा गरिएको छ ।

    राष्ट्रसङ्घीय महासभा सञ्चालनसम्बन्धी कार्यसूचीअनुसार यसपटकको एकासिऔँ सेसनको अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्नेछन् ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने
    पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.