काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको भेटमा भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार, राहत, पुनर्निर्माण र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ।
Advertisement
भेटमा चोले नेपालमा जलवायु परिवर्तनका कारण भएको जनधन तथा पूर्वाधार क्षतिका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाए। उनले जलवायु क्षतिका लागि नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय वित्तीय सहयोगका विषयमा दक्षिण कोरियाले पनि पहल गर्ने बताए।