• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • लाएम चाबाङ, २१ भदौ । नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँचदिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ ।

    Advertisement

    करिब पाँच हजार अमेरिकी नौ सैनिकसहितको जहाज बुधबार बैङ्ककनजिकैको रिसोर्ट सहर पटायाबाट करिब आधा घण्टाको दूरीमा रहेको लाएम चाबाङ बन्दरगाह पुगेको थियो । मध्यपूर्वमा लामो समयको तैनाथीपछि नौसैनिकहरूलाई आराम तथा मनोरञ्जनका लागि थाइल्याण्ड ल्याइएको थियो ।

    एएफपीका पत्रकारहरूले जहाज आइतबार बिहान करिब ११ः०० बजे (स्थानीय समय) लाएम चाबाङ बन्दरगाहबाट प्रस्थान गरेको देखेका थिए ।

    नौसैनिकहरूको आगमनलाई ध्यानमा राख्दै पटायामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनीहरू आउनुअघि अधिकारीहरूले यौनकर्मीविरुद्ध कारबाहीसमेत गरेका थिए । यद्यपि, स्थानीय मेयरले उक्त कारबाहीलाई अमेरिकी नौसैनिकको भ्रमणसँग प्रत्यक्ष रूपमा जोड्न अस्वीकार गर्नुभएको छ ।

    पटाया प्रहरी प्रमुख अनेक स्राथोङ्युका अनुसार पाँचदिने भ्रमणका क्रममा कुनै ठूलो अप्रिय घटना भएन । उहाँका अनुसार भ्रमणको पहिलो दिन अमेरिकी नौसैनिकहरूबीच भएको सामान्य विवादबाहेक कुनै ठूलो झगडा वा गिरफ्तारी भएको छैन ।

    यसअघि बिहीबार बिहान पटायाको प्रसिद्ध ‘वाकिङ स्ट्रिट’ नजिकै मदिरा सेवनपछि भएको विवादमा सङ्लग्न दुई अमेरिकी नौ सैनिकलाई जहाजमै फिर्ता पठाइएको थियो । प्रहरीले उक्त घटनालाई सामान्य झडपका रूपमा वर्णन गरेको थियो ।

    पर्यटनको ‘लो सिजन’ चलिरहेका बेला अमेरिकी नौसैनिकहरूको आगमनले पटायाका व्यवसायीलाई राहत दिएको स्थानीय अधिकारीले बताएका छन् ।

    पटायाका मेयर पोरामासे न्गाम्पिचेसका अनुसार अमेरिकी नौसैनिकहरूले भ्रमणका क्रममा करिब १० करोड थाई भाट (लगभग ३० लाख अमेरिकी डलर) खर्च गरेको अनुमान छ ।

    नौ सैनिकहरूले किनमेल, पर्यटकीयस्थलको भ्रमण र अन्य मनोरञ्जनात्मक गतिविधिमा समय बिताएको उनले बताए । साथै, जहाजका लागि टुथपेस्टलगायत विभिन्न दैनिक उपभोग्य सामग्री बिक्रीबाट पनि स्थानीय व्यवसायीले आम्दानी गरेको उनले बताए ।

    “उनीहरूले आफ्ना परिवारलाई सम्झिरहेका छन् र परिवारका लागि केही स्मृति चिन्ह किन्न चाहन्छन्”, मेयरले भन्नुभयो ।

    ‘लिङ्कन’ को थाइल्याण्ड भ्रमण त्यस्तो समयमा भएको हो, जब जहाजभित्रका जीवनयापनका अवस्थाबारे प्रश्न उठेका थिए ।

    गत महिना अमेरिकी डेमोक्र्याटिक सांसदहरूले जहाजमा खाद्यान्नको अभाव, बिग्रिएको प्लम्बिङ तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको रिपोर्ट सार्वजनिक भएपछि अवस्थाबारे छानबिन गर्न माग गरेका थिए ।

    मिडिया रिपोर्टहरूमा लामो तैनाथीका क्रममा केही समयमा नौसैनिकहरू टुथपेस्ट, डिओडोरन्ट र साबुनजस्ता आधारभूत सामग्रीको अभावमा समेत परेको उल्लेख गरिएको थियो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जहाजभित्रको अवस्थासम्बन्धी चिन्तालाई अस्वीकार गर्नुभएको थियो ।

    लिङ्कन लामो समय मध्यपूर्वमा तैनाथ रहे पनि पछिल्लो समय त्यहाँ यसको स्थान युएसएस जर्ज वासिङ्टन ले लिएको छ ।

    थाइल्याण्डको पाँचदिने भ्रमणपछि लिङ्कन पुनः समुद्री तैनाथीतर्फ अघि बढेको छ ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.