• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

कोचिनमा मूल प्रवाहको शोकसभा

बेङ्गलोरमा श्रद्धाञ्जली सभा

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ८. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

नौ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • लाएम चाबाङ, २१ भदौ । नौ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँचदिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ ।

    Advertisement

    करिब पाँच हजार अमेरिकी नौ सैनिकसहितको जहाज बुधबार बैङ्ककनजिकैको रिसोर्ट सहर पटायाबाट करिब आधा घण्टाको दूरीमा रहेको लाएम चाबाङ बन्दरगाह पुगेको थियो । मध्यपूर्वमा लामो समयको तैनाथीपछि नौसैनिकहरूलाई आराम तथा मनोरञ्जनका लागि थाइल्याण्ड ल्याइएको थियो ।

    एएफपीका पत्रकारहरूले जहाज आइतबार बिहान करिब ११ः०० बजे (स्थानीय समय) लाएम चाबाङ बन्दरगाहबाट प्रस्थान गरेको देखेका थिए ।

    नौसैनिकहरूको आगमनलाई ध्यानमा राख्दै पटायामा सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनीहरू आउनुअघि अधिकारीहरूले यौनकर्मीविरुद्ध कारबाहीसमेत गरेका थिए । यद्यपि, स्थानीय मेयरले उक्त कारबाहीलाई अमेरिकी नौसैनिकको भ्रमणसँग प्रत्यक्ष रूपमा जोड्न अस्वीकार गर्नुभएको छ ।

    पटाया प्रहरी प्रमुख अनेक स्राथोङ्युका अनुसार पाँचदिने भ्रमणका क्रममा कुनै ठूलो अप्रिय घटना भएन । उहाँका अनुसार भ्रमणको पहिलो दिन अमेरिकी नौसैनिकहरूबीच भएको सामान्य विवादबाहेक कुनै ठूलो झगडा वा गिरफ्तारी भएको छैन ।

    यसअघि बिहीबार बिहान पटायाको प्रसिद्ध ‘वाकिङ स्ट्रिट’ नजिकै मदिरा सेवनपछि भएको विवादमा सङ्लग्न दुई अमेरिकी नौ सैनिकलाई जहाजमै फिर्ता पठाइएको थियो । प्रहरीले उक्त घटनालाई सामान्य झडपका रूपमा वर्णन गरेको थियो ।

    पर्यटनको ‘लो सिजन’ चलिरहेका बेला अमेरिकी नौसैनिकहरूको आगमनले पटायाका व्यवसायीलाई राहत दिएको स्थानीय अधिकारीले बताएका छन् ।

    पटायाका मेयर पोरामासे न्गाम्पिचेसका अनुसार अमेरिकी नौसैनिकहरूले भ्रमणका क्रममा करिब १० करोड थाई भाट (लगभग ३० लाख अमेरिकी डलर) खर्च गरेको अनुमान छ ।

    नौ सैनिकहरूले किनमेल, पर्यटकीयस्थलको भ्रमण र अन्य मनोरञ्जनात्मक गतिविधिमा समय बिताएको उनले बताए । साथै, जहाजका लागि टुथपेस्टलगायत विभिन्न दैनिक उपभोग्य सामग्री बिक्रीबाट पनि स्थानीय व्यवसायीले आम्दानी गरेको उनले बताए ।

    “उनीहरूले आफ्ना परिवारलाई सम्झिरहेका छन् र परिवारका लागि केही स्मृति चिन्ह किन्न चाहन्छन्”, मेयरले भन्नुभयो ।

    ‘लिङ्कन’ को थाइल्याण्ड भ्रमण त्यस्तो समयमा भएको हो, जब जहाजभित्रका जीवनयापनका अवस्थाबारे प्रश्न उठेका थिए ।

    गत महिना अमेरिकी डेमोक्र्याटिक सांसदहरूले जहाजमा खाद्यान्नको अभाव, बिग्रिएको प्लम्बिङ तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याको रिपोर्ट सार्वजनिक भएपछि अवस्थाबारे छानबिन गर्न माग गरेका थिए ।

    मिडिया रिपोर्टहरूमा लामो तैनाथीका क्रममा केही समयमा नौसैनिकहरू टुथपेस्ट, डिओडोरन्ट र साबुनजस्ता आधारभूत सामग्रीको अभावमा समेत परेको उल्लेख गरिएको थियो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जहाजभित्रको अवस्थासम्बन्धी चिन्तालाई अस्वीकार गर्नुभएको थियो ।

    लिङ्कन लामो समय मध्यपूर्वमा तैनाथ रहे पनि पछिल्लो समय त्यहाँ यसको स्थान युएसएस जर्ज वासिङ्टन ले लिएको छ ।

    थाइल्याण्डको पाँचदिने भ्रमणपछि लिङ्कन पुनः समुद्री तैनाथीतर्फ अघि बढेको छ ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
    सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
    कोचिनमा मूल प्रवाहको शोकसभा
    बेङ्गलोरमा श्रद्धाञ्जली सभा
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    भवन भत्किँदा छ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

    • २.
      सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      कोचिनमा मूल प्रवाहको शोकसभा

    • ४.
      बेङ्गलोरमा श्रद्धाञ्जली सभा

    • ५.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • ६.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ७.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.