काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्। आसन्न महाधिवेशन, बाढीपछिको राहत तथा पुनर्निर्माणलगायत विषयमा छलफल भएको बताइएको छ।
Advertisement
खड्कासँग शनिबार र कोइरालासँग आइतबार भेट भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। खड्का र कोइरालासँग संवाद जारी राख्न वडा तहको अधिवेशन एक साता सार्ने तयारी गरिएको छ भने केन्द्रीय महाधिवेशनको मिति यथावत् राखिने बताइएको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले प्रस्ताव गरेको मंसिरमा महाधिवेशन गर्ने कार्यतालिकाप्रति खड्का र कोइराला असहमत देखिएका छन्।