• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

किएभमा चौबीसै घण्टा रुसी आक्रमण


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • किएभ । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ । यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएभवासीको दैनिकी चौबीसै घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ ।

    Advertisement

    रुसले तीव्र गतिमा उड्ने जेट–सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो । हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब सहरको दैनिक जीवनकै हिस्सा बनेका छन् । साइरन बज्दा मल, बैंक, विद्यालय तथा अन्य व्यवसायका काम रोक्नुपर्ने र सर्वसाधारण सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ ।

    आक्रमणका कारण यातायातसमेत प्रभावित भएको छ । हवाई चेतावनीका कारण रेलहरू बाटोमै रोकिने र यात्रुहरू सामान बोकेर पैदल हिँड्नुपर्ने अवस्था आएको छ । ड्रोनका कारण जीपीएस सङ्केत अवरुद्ध हुँदा ट्याक्सी सेवासमेत प्रभावित भएको छ ।

    भोलोदिमर बोभ्सुनोभ्स्कीले करिब चार वर्षीया छोरीका लागि कपडा किन्न मल पुग्दा २० मिनेटमै हवाई आक्रमणको चेतावनी बजेको र धुवाँ देखिएपछि खाली हात फर्किनुपरेको बताउनुभयो । “विगत सात दिनमा धेरै परिवर्तन भएको छ”, उहाँले भन्नुभयो । उहाँ परिवारलाई केही समय सुरक्षित र शान्त वातावरण दिन किएभ छाड्नेबारे समेत सोचिरहनुभएको छ ।

    युद्धले व्यक्तिगत जीवनका महत्त्वपूर्ण क्षणसमेत प्रभावित पारेको छ । इरिना बारानोभा र इभहेन मित्सिकले हवाई आक्रमणकै बीच विवाह गर्नुभएको थियो । मित्सिकले यस्तो अवस्थामा जीवन र परिवारको महत्त्व अझ बढी महसुस हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान उठेपछि त्यस दिनको अधिकतम उपयोग गर्नुपर्छ, किनभने अर्को मौका नहुन सक्छ ।”

    टेट्याना सेभचेन्कोले ध्यानले लगातारको साइरन र विस्फोटबीच आफूलाई शान्त रहन मद्दत गरेको बताउनुभयो । तर हवाई आक्रमणकै कारण सरकारी कार्यालयमा आफ्नो पालो गुमाएर लामो प्रक्रिया दोहो¥याउनुपरेको उहाँको अनुभव छ ।

    लगातारको आक्रमणले केही बासिन्दालाई सहर छाड्ने सोच्न बाध्य बनाएको छ । आइटी कर्मचारी इभान दात्सिभको अपार्टमेन्टमा रुसी ड्रोन ठोक्किँदा क्षति पुगेपछि उहाँले शान्त र सुरक्षित अर्को सहरमा बसाइँ सर्ने विचार गरिरहनुभएको छ । बारम्बार साइरन बज्ने भएकाले आश्रयस्थलमा जाने र फर्किने समयसमेत नपुग्ने उहाँले बताउनुभयो ।

    बोभ्सुनोभ्स्कीकी छोरी जाने गरेको बालविकास केन्द्रमा पनि हवाई आक्रमणको चेतावनी बज्दा बालबालिकालाई आश्रयस्थलमा लैजानुपर्छ । “त्यहाँ कुनै स्थिरता छैन”, उहाँले भन्नुभयो ।

    रातमा सीमित रहेको रुसी हवाई आक्रमण दिनको समयमा समेत फैलिँदा किएभवासीले युद्धको त्राससँगै काम, यात्रा, शिक्षा र पारिवारिक जीवनलाई निरन्तरता दिन सङ्घर्ष गरिरहेका छन् ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.