• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

जाइरोङ नाकामा खोज–उद्धार जारी


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • बेइजिङ । नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि चिनियाँ उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिएका छन् । अगस्ट २६ को घटनामा २१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ ।

    Advertisement

    चिनियाँ अधिकारीका अनुसार करिब पाँच हजार २०० मिटर उचाइमा रहेको लाङटाङ लिरुङ हिमालको हिमनदीको ठूलो भाग खसेपछि बरफ र चट्टान तीव्र गतिमा तल झरेको थियो । करिब चार हजार मिटर तल पुग्दा त्यसले पहाडको माटो तथा अन्य सामग्री बगाउँदै ठूलो लेदोको बाढीको रूप लिएको र करिब २२ किलोमिटर तल रहेको जाइरोङ नाकासम्म पुगेको थियो ।

    घटनापछि दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मी परिचालन गरिएको छ । करिब १५ लाख ९० हजार वर्गमिटर क्षेत्रमा खोजीका विभिन्न चरण पूरा गरिएका छन् भने मुख्य प्रभावित क्षेत्रमा ३३६ उद्धारकर्मीले विस्तृत खोजी गरिरहेका छन् । बुधबार दिउँसोसम्म मृतक तथा बेपत्तासँग सम्बन्धित हुन सक्ने ८४७ व्यक्तिगत सामग्रीसमेत बरामद गरिएको छ ।

    बन्दरगाहतर्फको स्थलमार्ग मूल रूपमा सञ्चालनमा आएपछि अवरोध हटाउन ठूला मेसिन परिचालन गरिएको छ । सडक सुदृढीकरण तथा उद्धारका लागि भारी उपकरण पठाइएको छ भने राज्य स्वामित्वका उद्यमले कर्मचारी र मेसिन परिचालन गरी विद्युत् आपूर्ति तथा राहत कार्यमा सहयोग गरिरहेका छन् ।

    यसैबीच, चीनले नेपालमा राहत तथा उद्धार सहयोग जारी राखेको छ । चिनियाँ राहत सामग्री र डिएनए विज्ञहरूको अर्को टोली बिहीबार हवाई मार्गबाट काठमाडौँ आइपुगेको छ । टोलीले मृतक तथा बेपत्ताको पहिचानमा सहयोग गर्ने बताइएको छ ।

    कठिन भौगोलिक अवस्था र थप प्राकृतिक विपद्को जोखिमबीच जाइरोङ नाकामा सम्भावित जीवित व्यक्तिको खोजी तथा मृतक र बेपत्ताको पहिचानका लागि उद्धार कार्य जारी रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • २.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ३.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ४.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ५.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ६.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ७.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • ८.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.